हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

हेटौँडा, जेठ ५ गते। हेटौडा उपमहानगरपालिका वडा नं. १४ मा विशेष चियापान तथा छलफल कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र लामा (योञ्जन), उपाध्यक्ष उत्तम गोम्जा, नगर कमिटी अध्यक्ष रमेश श्रेष्ठ तथा उपाध्यक्ष जीवन पाख्रिन को गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा उज्यालो अभियानका विविध पक्ष तथा समसामयिक सामाजिक विषयहरूमा व्यापक छलफल गरिएको थियो। सहभागीहरूले संगठनात्मक एकता, आपसी सहकार्य तथा आगामी सामाजिक योजनाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा सकारात्मक विचार आदानप्रदान गरेका थिए।

उक्त अवसरमा वक्ताहरूले समाज विकास, जनसहभागिता तथा संगठनलाई थप सशक्त बनाउँदै लैजान यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.