अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह सम्पन्न

झापा। झापाको अर्जुनधारा स्थित जलेश्वरधामले बुधबार १९ जोडी नव दुलाह–दुलहीको सामूहिक विवाह सम्पन्न गरेको छ। धामका अध्यक्ष नविन गट्टानीको २५ औं जन्मोत्सव तथा सनातनी धर्मको प्रवर्द्धनका लागि आयोजित उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो।

सामूहिक विवाहका प्रमुख अतिथि संघीय सांसद तथा सभामुख देवराज घिमिरे थिए। उनले नवविवाहित जोडीलाई शुभकामना दिँदै मानव जीवनको सुरुवातसँगै आएको महत्वपूर्ण दिनलाई सुनौलो बनाउन प्रेरित गरे। सभामुख घिमिरेले जलेश्वरधामको चौतर्फी विकास आवश्यक रहेको उल्लेख गर्दै यसलाई वैज्ञानिक ढंगबाट अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे।

आर्थिक रूपमा कमजोर परिवारलाई विवाहमा सहजता प्रदान गर्न धामको अगुवाइमा अध्यक्ष गट्टानीले विशेष पहल गरेका थिए। मुख्य अर्चक अग्नी सिग्देलका अनुसार केही सनातनी पद्धति र केही परम्परागत रीतिरिवाज अनुसार नव जोडीलाई विवाह बन्धनमा बाँधिएको थियो।

कार्यक्रममा नव दुलाह–दुलहीलाई संगीत प्रस्तुतिले मनोरञ्जन प्रदान गरिएको थियो। साथै, विभिन्न विशिष्ट अतिथिहरूले नवविवाहित जोडीलाई आशिर्वाद तथा उपहारसमेत प्रदान गरेका थिए।

सामूहिक विवाह कार्यक्रमको सञ्चालन कृष्ण पौडेलले गरेका थिए। कार्यक्रम धाम अध्यक्ष नविन गट्टानीसहित कार्यसमितिका अन्य सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह सम्पन्न

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह सम्पन्न

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह सम्पन्न

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह सम्पन्न

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह सम्पन्न

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह सम्पन्न

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.