झापाको दोमुखामा मुत्तीनाथ झै १०८ ढुङ्गेधारा निमार्ण हुने

झापा। धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा१०८ वटा मानव निर्मित जलधाराहरु निर्माण गरिने भएको छ। दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाले धार्मिक पर्यटकीय अवधारणा अनुरुप दोमुखालाई विकास र प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार पत्रकार सम्मेलन गरि ८५ लाख लागतमा ढुङ्गेधारा निर्माण गरिने समितिका अध्यक्ष धनप्रसाद लावतीले जानकारी दिए।

पूर्वी ‘नेपालको झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नं. १० मा अवस्थित दोमुखा पूर्वकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो ।कन्काई माई नदीले यो दोमुखालाई अझ प्राकृतिक रुपमा मनोरम बनाएको छ ।

ढुङ्गा कुँदेर निर्माण गर्न लागिएको १०८ जलधारा निर्माणका लागि सरकारी सहयोगबाहेक जनसहभागिताका आधारमा निर्माण गर्ने लक्ष्य राखिएको छ ।परिवार वा वंशको नाम राख्ने गरी एउटा धारा निर्माणका लागि ५१ हजार रुपैयाँ लिइने,व्यक्तिगत नाम राखेर धारा निर्माण गर्ने भए ३५ हजार रुपैयाँ तिर्नु पर्ने व्यवस्था मिलाइएको छ ।

आर्थिक स्रोत व्यवस्थापनका लागि सप्ताहव्यापी श्रीमद्भागवत महापुराण र धार्मिक तथा सांस्कृतिक महोत्सव आयोजना गरिने सचिव ढकालले जानकारी दिए । नेपालकै प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथ धामको पाँच दिवसीय अवलोकन भ्रमणपछि दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाले मुक्तिनाथ धामको शैलीमा १०८ धारा निर्माण गरिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

जलधारा निर्माणका लागि आवश्यक योजना अनुसार यही बैशाख १७ गते भूमि पूजन गरी सवा लाख बत्ती बालेर काम थालिने संस्थाका अध्यक्ष लावतीले बताए ।उनले भूमि पुजन र जलधारा निर्माणका लागि मुक्तिनाथ स्थित काली गण्डकीको जल समेत ल्याएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

झापाको दोमुखामा मुत्तीनाथ झै १०८ ढुङ्गेधारा निमार्ण हुने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

झापाको दोमुखामा मुत्तीनाथ झै १०८ ढुङ्गेधारा निमार्ण हुने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

झापाको दोमुखामा मुत्तीनाथ झै १०८ ढुङ्गेधारा निमार्ण हुने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

झापाको दोमुखामा मुत्तीनाथ झै १०८ ढुङ्गेधारा निमार्ण हुने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

झापाको दोमुखामा मुत्तीनाथ झै १०८ ढुङ्गेधारा निमार्ण हुने

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

झापाको दोमुखामा मुत्तीनाथ झै १०८ ढुङ्गेधारा निमार्ण हुने

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.