भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

भरतपुर। भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्ने उद्देश्यले अन्तर्जातीय विवाह गरेका १५ दम्पतीलाई नगदसहित सम्मान गरेको छ। महानगरले दलित र गैर-दलितबीच विवाह गर्ने प्रत्येक जोडीलाई एक-एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो।

महानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा मेयर रेनु दाहालले जातीय विभेद न्यूनीकरणमा यस्ता सम्मानले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले सामूहिक प्रयासबाट मात्रै जातीय विभेदलाई हटाउन सकिनेमा जोड दिइन्।

उपमेयर चित्रसेन अधिकारीले सामाजिक रूपान्तरणका लागि अन्तरजातीय विवाहको भूमिका महत्वपूर्ण रहेको बताए। महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जातीय विभेद दण्डनीय भए पनि पूर्ण रूपमा हटाउन अझै चुनौती रहेको बताए।

महानगरले आर्थिक वर्ष २०७७/०७८ देखि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.