नेपालमा फेसबुक मोनेटाइजेशन सुरु, डिजिटल क्रिएटरहरूलाई ठूलो अवसर

हेटौंडा, भदौ १७ गते । अब नेपालमा पनि फेसबुक मोनेटाइजेशन सुविधा लागू भएको छ। यसअघि ‘Stars’ र ‘In-stream ads for Live’ जस्ता केही सिमित सुविधामात्र उपलब्ध भए पनि अब धेरैजसो क्रिएटरहरूका लागि थप विकल्पहरू खुल्न थालेका छन्।

फेसबुकबाट कमाई गर्नका लागि प्रयोगकर्ताले निश्चित मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। तीमध्ये प्रमुख शर्तहरूमा व्यक्तिगत प्रोफाइलमा ‘Professional Mode’ अन गरिएको वा पेज प्रयोग गरिएको हुनुपर्नेछ। साथै, पेज वा प्रोफाइलमा आवश्यक संख्यामा फलोअर, पर्याप्त वाचटाइम, कम्तीमा पाँच सक्रिय भिडियो र फेसबुकको नीतिहरूको पालना अनिवार्य छ।

विशेषगरी, ‘In-stream ads’ को लागि पछिल्ला ६० दिनमा कम्तीमा ६०,००० मिनेट भिडियो हेरिएको हुनुपर्ने र प्रयोगकर्ताको उमेर १८ वर्ष पूरा भएको हुनुपर्ने शर्त राखिएको छ।

यी सबै मापदण्ड पूरा गरेपछि प्रयोगकर्ताले ‘फेसबुक क्रिएटर स्टुडियो’ मार्फत आफ्नो योग्यता जाँच गरी मोनेटाइजेशनका लागि आवेदन दिन सक्नेछन्।

नेपालमा यो सुविधा सुरु हुनु डिजिटल क्रिएटरहरूका लागि नयाँ अवसरका रूपमा आएको छ। यसले उनीहरूलाई आफ्नै सामग्रीमार्फत आम्दानी गर्ने मात्र नभई डिजिटल अर्थतन्त्रलाई समेत सुदृढ बनाउन सहयोग गर्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेपालमा फेसबुक मोनेटाइजेशन सुरु, डिजिटल क्रिएटरहरूलाई ठूलो अवसर

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

नेपालमा फेसबुक मोनेटाइजेशन सुरु, डिजिटल क्रिएटरहरूलाई ठूलो अवसर

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

नेपालमा फेसबुक मोनेटाइजेशन सुरु, डिजिटल क्रिएटरहरूलाई ठूलो अवसर

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

नेपालमा फेसबुक मोनेटाइजेशन सुरु, डिजिटल क्रिएटरहरूलाई ठूलो अवसर

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

नेपालमा फेसबुक मोनेटाइजेशन सुरु, डिजिटल क्रिएटरहरूलाई ठूलो अवसर

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

नेपालमा फेसबुक मोनेटाइजेशन सुरु, डिजिटल क्रिएटरहरूलाई ठूलो अवसर

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.