प्रधानमन्त्री शुशिला कार्कीको सरकार जेन जि समर्थकमाथि एकतर्फी कारबाही गर्दैछ : नेकपा नेता रामसीको आरोप

हेटौँडा, कात्तिक २६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामसीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको सरकारप्रति तीव्र आलोचना गरेका छन्। उनले हालको सरकार जेन जि आन्दोलनको जगमा बनेको भए पनि सोही आन्दोलनका युवा र समर्थकमाथि “एकतर्फी मुद्दा र दमन” चलाइएको आरोप लगाएका हुन्।

रामसीले आफ्नो स्टाटसमा लेखेका छन्, “लुटपाट र हत्याका घटना बाहेक आक्रोशमा गरिएको आगजनी र तोडफोडलाई बिद्रोहको हिस्सा मानिनु पर्छ, अपराध होइन। सरकारको अहिलेको कदम राजनीतिक समस्यालाई कानुनी बाटो देखाएर अन्याय गर्न खोज्नु हो।”

उनले घटनामा यथार्थ दोषी राज्य पक्ष र तत्कालीन नेतृत्वमाथि छानबिनको माग गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, तथा बिद्रोह पक्षका बालेन शाह, सुदन गुरुङ र मिरज ढुंगानालगायतलाई छानबिन र कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन्।

रामसीका अनुसार, “राज्यपक्षका दोषीहरू खुल्याम चुनौती दिइरहेका बेला जेन जि युवाहरू र समर्थकमाथि देशभर मुद्दा चलाउनु समाजिक र राजनीतिक चुनौती हो।”

उनले राजनीतिक समस्याको समाधान कानुनी कारबाहीबाट होइन, संवाद र सहमतिको बाटोबाट खोजिनुपर्ने उल्लेख गर्दै सरकारलाई सचेत बन्न आग्रह गरेका छन्।

रामसीले अन्त्यमा भनेका छन्, “दन्द स्वाभाविक हो, तर यसको व्यवस्थापन गर्नुपर्छ। सरकार र नागरिक दुबै सचेत बनौं।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रधानमन्त्री शुशिला कार्कीको सरकार जेन जि समर्थकमाथि एकतर्फी कारबाही गर्दैछ : नेकपा नेता रामसीको आरोप

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

प्रधानमन्त्री शुशिला कार्कीको सरकार जेन जि समर्थकमाथि एकतर्फी कारबाही गर्दैछ : नेकपा नेता रामसीको आरोप

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

प्रधानमन्त्री शुशिला कार्कीको सरकार जेन जि समर्थकमाथि एकतर्फी कारबाही गर्दैछ : नेकपा नेता रामसीको आरोप

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

प्रधानमन्त्री शुशिला कार्कीको सरकार जेन जि समर्थकमाथि एकतर्फी कारबाही गर्दैछ : नेकपा नेता रामसीको आरोप

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

प्रधानमन्त्री शुशिला कार्कीको सरकार जेन जि समर्थकमाथि एकतर्फी कारबाही गर्दैछ : नेकपा नेता रामसीको आरोप

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

प्रधानमन्त्री शुशिला कार्कीको सरकार जेन जि समर्थकमाथि एकतर्फी कारबाही गर्दैछ : नेकपा नेता रामसीको आरोप

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.