Day: २०८२ कार्तिक २६, बुधबार २२:४३

हेटौडामा जेन जि आन्दोलनका पाँच सदस्य पक्राउ, ३ जनामाथि लुटपाट मुद्दामा म्याद थप

हेटौडामा जेन जि आन्दोलनका पाँच सदस्य पक्राउ, ३ जनामाथि लुटपाट मुद्दामा म्याद थप

हेटौडा, कात्तिक २६ गते । जेन जि आन्दोलनका नाममा तोडफोड र आगजनी गरेको आरोपमा मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेकामध्ये तीन जनालाई अपराधिक उपद्र र लुटपाट मुद्दामा अदालतबाट म्याद थप गरिएको छ। प्रहरीले बाँकी दुई जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले हेटौडा क्षेत्रमा पछिल्ला दिनमा भएका तोडफोड र आगजनीका घटनामा यी व्यक्तिहरूको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको बताएको छ। जिल्ला प्रहरी कार्यालयका अधिकारीका अनुसार शान्ति सुरक्षा कायम गर्न थप सुरक्षाकर्मी परिचालन गरिएको छ र आन्दोलनका नाममा हिंसात्मक गतिविधि सह्य नहुने चेतावनी पनि दिइएको छ।
Read More
भारतसँगको विद्युत् सम्झौतामा अनियमितता : जेन जि मुभमेन्टको सरकारलाई कडा चेतावनी

भारतसँगको विद्युत् सम्झौतामा अनियमितता : जेन जि मुभमेन्टको सरकारलाई कडा चेतावनी

काठमाडौं, कात्तिक २६ गते । जेन जि मुभमेन्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालमाथि भारतको कम्पनी पीटीसी इन्डिया सँग गैरकानुनी विद्युत् खरिद सम्झौता गरेको आरोप लगाउँदै ती दुबै जनाविरुद्ध कडा कारबाहीको माग गरेको छ। मुभमेन्टका अनुसार करिब ४३ करोड रुपैयाँ बराबरको यो सम्झौता विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको र यसले “राष्ट्रिय स्वाधीनता तथा सार्वजनिक हितमाथि प्रत्यक्ष प्रहार” गरेको छ। सङ्गठनले सार्वजनिक गरेको प्रेस वक्तव्यमा भनिएको छ, “मन्त्री र प्राधिकरण प्रमुखको मिलेमतोमा गरिएको यो सम्झौता राष्ट्रघाती र भ्रष्टाचारको स्पष्ट उदाहरण हो।” वक्तव्यमा यो घटनालाई “देशको स्वार्थ बेच्ने आपराधिक कदम” भन्दै…
Read More
नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट अलग, नयाँ राजनीतिक पुनर्संरचनाको संकेत

नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट अलग, नयाँ राजनीतिक पुनर्संरचनाको संकेत

काठमाडौं, कात्तिक २६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समाजवादी मोर्चाबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेको छ। पार्टीका महासचिव विप्लवसीले बुधबार जारी वक्तव्यमा मोर्चाको औपचारिक समाप्तिसँगै नेकपा अलग भएको जानकारी दिएका हुन्। २०८० सालमा राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण, जन जीविकाको संरक्षण र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने उद्देश्यका साथ बनेको समाजवादी मोर्चाले केही महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरे पनि, अपेक्षित गति लिन नसकेको नेकपाको निष्कर्ष वक्तव्यमा उल्लेख गरिएको छ। वक्तव्यमा भनिएको छ, “जिन जि विद्रोहपछि नेपालको राजनीतिक परिवेशमा व्यापक रूपान्तरण आएको छ। नयाँ राजनीतिक बहस र एकताको आवश्यकता तीव्र रूपमा महसुस भएको अवस्थामा समाजवादी मोर्चाको औपचारिक भूमिका समाप्त भएको हाम्रो…
Read More
प्रधानमन्त्री शुशिला कार्कीको सरकार जेन जि समर्थकमाथि एकतर्फी कारबाही गर्दैछ : नेकपा नेता रामसीको आरोप

प्रधानमन्त्री शुशिला कार्कीको सरकार जेन जि समर्थकमाथि एकतर्फी कारबाही गर्दैछ : नेकपा नेता रामसीको आरोप

हेटौँडा, कात्तिक २६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामसीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको सरकारप्रति तीव्र आलोचना गरेका छन्। उनले हालको सरकार जेन जि आन्दोलनको जगमा बनेको भए पनि सोही आन्दोलनका युवा र समर्थकमाथि “एकतर्फी मुद्दा र दमन” चलाइएको आरोप लगाएका हुन्। रामसीले आफ्नो स्टाटसमा लेखेका छन्, “लुटपाट र हत्याका घटना बाहेक आक्रोशमा गरिएको आगजनी र तोडफोडलाई बिद्रोहको हिस्सा मानिनु पर्छ, अपराध होइन। सरकारको अहिलेको कदम राजनीतिक समस्यालाई कानुनी बाटो देखाएर अन्याय गर्न खोज्नु हो।” उनले घटनामा यथार्थ दोषी राज्य पक्ष र तत्कालीन नेतृत्वमाथि छानबिनको माग गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…
Read More
त्रिवि किर्तिपुरमा २५ दिनको श्रमदानपछि जंगल सफा — मन्त्री डा. महावीर पुनको पहलमा सुन्दर पार्क बन्ने तयारी

त्रिवि किर्तिपुरमा २५ दिनको श्रमदानपछि जंगल सफा — मन्त्री डा. महावीर पुनको पहलमा सुन्दर पार्क बन्ने तयारी

काठमाडौं, कात्तिक २६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत त्रिभुवन विश्वविद्यालय, किर्तिपुर परिसरभित्र करिब ३५० रोपनी क्षेत्रफलमा फैलिएको जंगल क्षेत्रमा श्रमदान गर्न स्थानीय बासिन्दा र विश्वविद्यालयका विद्यार्थीहरुलाई आह्वान गरेका छन्। उहाँको आह्वानपछि सुरू गरिएको श्रमदान अभियान अन्तर्गत करिब २५ दिनको निरन्तर प्रयासमा श्रमदाताहरूद्वारा त्यहाँको झाडी लगभग पूर्ण रूपमा फडानी गरिएको छ। अभियानमा सहभागी हुने अधिकांश श्रमदाताहरू बाहिरी जिल्लाबाट आएका स्वयंसेवक रहेका छन्। डा. पुनका अनुसार अब उक्त क्षेत्रलाई हरियाली, सफाइ र सार्वजनिक उपयोगका लागि सुन्दर पार्कका रूपमा विकास गर्ने योजना बनिरहेको छ। यस परियोजनाबाट विश्वविद्यालय परिसरभित्रको वातावरण सुधार हुनुका साथै विद्यार्थी र स्थानीय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.