हेटौंडा सडक विस्तारबारे भ्रम नहोस् भनेर भैरव समूह संयोजक दिभेष शाक्यद्वारा धारणा स्पष्ट

हेटौडा, पुस २४ गते । हेटौंडामा मंसिर २० गते भएको सडक विस्तारसम्बन्धी विषयलाई लिएर विभिन्न किसिमका बुझाइ सार्वजनिक भइरहेका बेला भैरव समूहका संयोजक दिभेष शाक्यले आफ्नो धारणा स्पष्ट गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै संयोजक शाक्यले उक्त विषयमा आफ्नो चासो कुनै राजनीतिक स्वार्थ, दलगत उद्देश्य वा व्यक्तिगत लाभका लागि नभएको प्रष्ट पारेका छन्। हेटौंडा आफ्नो जन्मथलो भएको उल्लेख गर्दै उनले मानवता, सहानुभूति र स्थानीय हितको भावनाबाट प्रेरित भएर आफ्नो विचार राखेको बताएका छन्।

शाक्यले मंसिर १८ गतेतिर सम्बन्धित निकायबाट आएको अभिव्यक्तिपछि प्रतिक्रिया जनाउने क्रममा शब्द चयनमा पर्याप्त संयमता नपुग्न गएको हुनसक्ने स्वीकार गर्दै, आफ्नो अभिप्राय कहिल्यै पनि कानुनविपरीत कार्य, अराजकता, असहयोग वा कुनै निकायको अपमान गर्ने नभएको स्पष्ट गरेका छन्।

उनले सधैं कानुन, विधि, प्रशासनिक प्रक्रिया र संस्थागत मर्यादाको सम्मान गर्दै शान्तिपूर्ण तथा संवादमुखी बाटोमा विश्वास राख्दै आएको उल्लेख गरेका छन्। सार्वजनिक सरोकारका विषयमा सबै पक्षबीच समझदारी र समाधान खोजिनु दीर्घकालीन हितमा हुने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

हेटौंडाको हितसँग जोडिएका विषयमा कानुन र विधिको सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको बताउँदै संयोजक शाक्यले सकारात्मक सोच, आपसी सम्मान र सहकार्यका आधारमा हेटौंडाको उज्ज्वल भविष्यका लागि शान्तिपूर्ण ढंगले हातेमालो गर्दै अघि बढ्न सबैसँग आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा सडक विस्तारबारे भ्रम नहोस् भनेर भैरव समूह संयोजक दिभेष शाक्यद्वारा धारणा स्पष्ट

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौंडा सडक विस्तारबारे भ्रम नहोस् भनेर भैरव समूह संयोजक दिभेष शाक्यद्वारा धारणा स्पष्ट

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौंडा सडक विस्तारबारे भ्रम नहोस् भनेर भैरव समूह संयोजक दिभेष शाक्यद्वारा धारणा स्पष्ट

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडा सडक विस्तारबारे भ्रम नहोस् भनेर भैरव समूह संयोजक दिभेष शाक्यद्वारा धारणा स्पष्ट

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडा सडक विस्तारबारे भ्रम नहोस् भनेर भैरव समूह संयोजक दिभेष शाक्यद्वारा धारणा स्पष्ट

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडा सडक विस्तारबारे भ्रम नहोस् भनेर भैरव समूह संयोजक दिभेष शाक्यद्वारा धारणा स्पष्ट

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.