हेटौँडा, फागुन ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका पूर्वसभापति भरत पराजुलीले नेपाली कांग्रेस प्रवेश गरेका छन्। सोमबार बिहान गगन कुमार थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा आयोजित कार्यक्रममा पराजुलीलाई टीका, माला र खादा लगाएर पार्टीमा औपचारिक रूपमा स्वागत गरेका हुन्।

कांग्रेस प्रवेशसँगै मकवानपुरको राजनीतिक समीकरणमा नयाँ तरंग देखिएको छ। पराजुलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निराजन बर्तौलाले पनि कांग्रेसमै फर्किने निर्णय गरेका छन्।

नवप्रवेशी नेताहरूले कांग्रेसको विचार, संगठन र भविष्यको राजनीतिक यात्रामा विश्वास व्यक्त गर्दै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। कांग्रेस नेतृत्वले उनीहरूको प्रवेशले स्थानीय तहमा पार्टी संगठन थप सुदृढ हुने अपेक्षा गरेको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 161














