हेटौंडा–४ वडा कार्यालयद्वारा आधुनिक राष्ट्रिय माविलाई २७० कुर्सी सहयोग, शैक्षिक पूर्वाधार सुदृढ हुँदै

हेटौंडा,चैत २७ गते । हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौंडा–४ को शैक्षिक सभाहलका लागि २ सय ७० वटा कुर्सी हस्तान्तरण गरेको छ।

शुक्रबार आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्ष नवीन सिग्देलको विशेष उपस्थितिमा कुर्सी हस्तान्तरण गरिएको हो। करिब ५ लाख रुपैयाँ बराबरका कुर्सी सहयोग गरिएको वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईंले जानकारी दिए।

कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, वडा सचिव रामप्रसाद गुरागाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महमद समिम, विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईं, समाजसेवी भवानी शर्मा, टोल विकास नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, विद्यालय व्यवस्थापन समितिकी सदस्य रेणुका फुँयाल तथा पीटीए अध्यक्ष केदार ढोडरीलगायतको उपस्थिति रहेको थियो।

कुर्सी व्यवस्थापनसँगै विद्यालयको सभाहल सञ्चालनमा सहजता आएको विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईंले बताए।

यस अवसरमा वडा अध्यक्ष नवीन सिग्देलले विद्यालयको भौतिक पूर्वाधार सुधार, विज्ञान प्रयोगशाला विकास तथा विभिन्न शैक्षिक गतिविधिमा वडा कार्यालयले निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे। उनले वडा कार्यालयले समग्र शैक्षिक विकासलाई प्राथमिकता दिँदै नियमित रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा–४ वडा कार्यालयद्वारा आधुनिक राष्ट्रिय माविलाई २७० कुर्सी सहयोग, शैक्षिक पूर्वाधार सुदृढ हुँदै

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौंडा–४ वडा कार्यालयद्वारा आधुनिक राष्ट्रिय माविलाई २७० कुर्सी सहयोग, शैक्षिक पूर्वाधार सुदृढ हुँदै

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौंडा–४ वडा कार्यालयद्वारा आधुनिक राष्ट्रिय माविलाई २७० कुर्सी सहयोग, शैक्षिक पूर्वाधार सुदृढ हुँदै

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडा–४ वडा कार्यालयद्वारा आधुनिक राष्ट्रिय माविलाई २७० कुर्सी सहयोग, शैक्षिक पूर्वाधार सुदृढ हुँदै

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडा–४ वडा कार्यालयद्वारा आधुनिक राष्ट्रिय माविलाई २७० कुर्सी सहयोग, शैक्षिक पूर्वाधार सुदृढ हुँदै

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडा–४ वडा कार्यालयद्वारा आधुनिक राष्ट्रिय माविलाई २७० कुर्सी सहयोग, शैक्षिक पूर्वाधार सुदृढ हुँदै

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.