कान्तिलोकपथको जितपुर भञ्ज्याङ–सिमात खण्ड अत्यन्त जोखिमपूर्ण, अतिक्रमणले बढायो दुर्घटना

हेटौंडा,चैत २७ गते । कान्तिलोकपथ अन्तर्गत जितपुर भञ्ज्याङदेखि सिमातसम्मको सडक खण्ड अत्यन्त जोखिमपूर्ण बन्दै गएको भन्दै स्थानीय तहमा चिन्ता व्यक्त गरिएको छ। सेवा सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जालमार्फत यस क्षेत्रको अवस्था सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

उनका अनुसार पछिल्लो ३–४ वर्षमा सडकको पिचबाट १ मिटरदेखि १०–१५ मिटरको दूरीमै ३० भन्दा बढी घरटहरा निर्माण भएका छन्। ती संरचनामध्ये कतिपय सवारी दुर्घटनामा एकै स्थानमा तीन पटकसम्म भत्किँदा क्षतिपूर्ति समेत लिइएको उल्लेख गरिएको छ।

उक्त सडक खण्डमा हालसम्म दर्जनौँले ज्यान गुमाइसकेको र करिब ५० भन्दा बढीको मृत्यु भइसकेको दाबी गरिएको छ। कान्तिलोकपथकै सबैभन्दा खतरनाक खण्डको रूपमा चिनिएको यस क्षेत्रमा सवारी साधन बिग्रिँदा सुरक्षित रूपमा साइड लगाउन मिल्ने स्थानहरू समेत अतिक्रमणमा परेकाले जोखिम झन् बढेको बताइएको छ।

जंगल क्षेत्र मासेर दिनदहाडै संरचना निर्माण गरिँदा सम्बन्धित निकायले बेवास्ता गरेको आरोप पनि लगाइएको छ। धेरै उजुरी परेपछि डिभिजन वन कार्यालयले हटाउन सूचना जारी गरेको भए पनि दबाब र चलखेलका कारण कार्यान्वयन रोकिएको स्थानीयको गुनासो छ।

यसैबीच, उक्त क्षेत्र मदिरा सेवन गर्ने थलो तथा घरेलु मदिरा उत्पादन केन्द्रको रूपमा समेत प्रयोग हुन थालेको आरोप लगाइएको छ। गुराँसका रुख कटान गरी वन विनाश भएको र हाल गुराँस लोपोन्मुख अवस्थामा पुगेको भन्दै जनगुनासो बढ्दो छ।

हालै केही संरचना हटाउने कार्य सुरु भएकोप्रति स्वागत गर्दै अभियान्ता महतले दीर्घकालीन समाधानको खाँचो औँल्याएका छन्। उनले जिल्ला वन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई यस विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

कान्तिलोकपथको जितपुर भञ्ज्याङ–सिमात खण्ड अत्यन्त जोखिमपूर्ण, अतिक्रमणले बढायो दुर्घटना

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

कान्तिलोकपथको जितपुर भञ्ज्याङ–सिमात खण्ड अत्यन्त जोखिमपूर्ण, अतिक्रमणले बढायो दुर्घटना

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

कान्तिलोकपथको जितपुर भञ्ज्याङ–सिमात खण्ड अत्यन्त जोखिमपूर्ण, अतिक्रमणले बढायो दुर्घटना

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

कान्तिलोकपथको जितपुर भञ्ज्याङ–सिमात खण्ड अत्यन्त जोखिमपूर्ण, अतिक्रमणले बढायो दुर्घटना

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

कान्तिलोकपथको जितपुर भञ्ज्याङ–सिमात खण्ड अत्यन्त जोखिमपूर्ण, अतिक्रमणले बढायो दुर्घटना

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

कान्तिलोकपथको जितपुर भञ्ज्याङ–सिमात खण्ड अत्यन्त जोखिमपूर्ण, अतिक्रमणले बढायो दुर्घटना

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.