समाचार

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भोलि बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थपियो

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भोलि बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थपियो

काठमाडौँ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँमा जारी गरिएको कर्फ्युको समय पुनः थप गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भोलि बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको जानकारी गराएको हो। आन्दोलनकारी राजावादी प्रदर्शनकारीहरूले चलाएको जनलहर प्रदर्शन उग्र हिंसात्मक हुँदै गइसकेपछि काठमाडौँको तिनकुने सहितका क्षेत्रलाई निषेधित क्षेत्र बनाएर आज राति १० बजेसम्म गरिएको कर्फ्युको समयलाई थप गरी भोलि बिहान ७ बजेसम्मको लागि थपिएको छ। शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थानलाई तोकेर कर्फ्युको समय तोकिएको छ। कर्फ्युको समय अवधि थपिएको जानकारी भने प्रहरीले माइकिङद्वारा गराएको थियो। कर्फ्यु समय लागू भइसके पनि प्रदर्शनकारीहरूले काठमाडौँका विभिन्न ठाउँहरूमा तोडफोड र आगजनी भने गर्न छोडेका…
Read More
पत्रकार दिनेश गौतममाथि कुटपिट

पत्रकार दिनेश गौतममाथि कुटपिट

काठमाडौँ। शुक्रबार रिपोर्टिङका लागि काठमाडौँको तिनकुने स्थित प्रदर्शनको भएको स्थलमा पुगेका अनलाइन खबरका पत्रकार दिनेश गौतममाथि कुटपिट भएको छ। राजावादीले गरेको प्रदर्शन आन्दोलनलाई रिपोर्टिङ गर्न पुगेका पत्रकार गौतममाथि कुटपिट भएका हुन्। आन्दोलनकारी राजावादी प्रदर्शनकारीहरूले प्रहरीको अश्रुग्याँस हान्ने हतियार खोसेका बेला पत्रकार गौतमले उक्त फोटो खिचेका थिए। यो एउटा सिआईडी हो भन्दै पत्रकार गौतममाथि उक्त प्रदर्शनकारीहरू उनीमाथि जाई लागेका थिए। पत्रकार गौतम भन्छन्; प्रदर्शनकारीहरूले प्रहरीको बन्दुक खोसेर कापमा बोकेर हिँडेको बेला मैले सो फोटो खिचेका थिए। त्यसपछि उनीहरू सिधा ममाथि यो एउटा सीआइडी हो भन्दै तिनकुने चौरको डिलमा मलाई धकेलेर लडाइदिएका थिए। त्यस पछि ममाथि कुटपिट गरे। कुटपिटमा उत्रेका प्रदर्शनकारीहरूले उनको साथमा…
Read More
प्रतिगमनका विरुद्ध गणतन्त्रको पक्षमा समाजवादी मोर्चा नेपालद्वारा विशाल जनसभा

प्रतिगमनका विरुद्ध गणतन्त्रको पक्षमा समाजवादी मोर्चा नेपालद्वारा विशाल जनसभा

काठमाडौँ । काठमाडौँमा समाजवादी मोर्चा नेपालको आयोजनामा आज गणतन्त्रको पक्षमा विशाल जनसभा भएको छ । राजतन्त्र भन्दा प्रगतिशील व्यवस्था गणतन्त्रको सम्बर्द्धन गर्दै समाजवाद स्थापनाका लागि अथक प्रयास गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि आयोजना गरिएको जनसभमा मोर्चामा आवद्ध सबै पार्टीले जनमास केन्द्रित गरेको हो । शुक्रबार भएको जनप्रदर्शनमा भृकुटीमण्डप वरपराका विभिन्न क्षेत्रबाट र्‍याली सहित सुरु भएको जनप्रदर्शन भृकुटीमण्डपमा पुगेर जनसभामा परिणत भएको हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी), एकीकृत समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी सहित चार दलिय समाजवादी मोर्चाद्वारा आयोजित जनसभामा हजारौं जनताको सहभागीता रहेको छ । कार्यक्रमको सम्बोधन गर्दै नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा…
Read More
राजावादी कार्यकर्ताहरूले गरेको आन्दोलन साह्रै नै निन्दनीय खेतपूर्ण छ; अध्यक्ष थापा

राजावादी कार्यकर्ताहरूले गरेको आन्दोलन साह्रै नै निन्दनीय खेतपूर्ण छ; अध्यक्ष थापा

काठमाडौँ। अन्नपूर्ण मिडिया नेटवर्क प्रा.लीका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले राजावादी कार्यकर्ताहरूले गरेको आन्दोलन साह्रै नै निन्दनीय खेतपूर्ण अनि आतंकवादी गतिविधि रहेको कुरा बताएको छ। उनले आफ्नो कार्यालयमा गरेको तोडफोड र आगजनीको घटनाप्रति उदृत गर्दै यस्तो कुरा बताएको हो। संविधानीय प्रवद्ध अधिकारभित्र रहेर गरिएको कुनै पनि आन्दोलन भएको खण्डमा सबैको साथ र समर्थन नै हुन्छ। तर आज जसरी अन्नपूर्ण नेटवर्क र अन्य व्यवसायी प्रतिष्ठानहरूमा यो घटना भयो। यो एउटा सरासर आतङ्कवादी गतिविधि भएको जस्तै देखियो,उनले भने। अन्नपूर्ण मिडिया नेटवर्क कार्यालयमा रहेका पत्रकार साथीहरू र अन्य कर्मचारीहरूलाई ज्यान मार्ने उद्देश्यका साथ एउटा हमला भएको अध्यक्ष थापाले सञ्चारकर्मीहरूमाझ जानकारी दिए। अध्यक्ष थापा भन्छन्; "अन्नपूर्ण…
Read More
रूपन्देहीमा घुससहित प्रहरी सई रंगे हात पक्राउ

रूपन्देहीमा घुससहित प्रहरी सई रंगे हात पक्राउ

रूपन्देही। रूपन्देही जिल्लाको प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी नायक निरीक्षक (सई) खिमबहादुर खड्का आर्थिक लेनदेन घुस सहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले रकम ३० हजार लिइरहेको बेला रङ्गे हात पक्राउ गरिएको हो। भारतबाट दुर्गौलिया नाका हुँदै अवैध रूपमा भन्सार छलेर भित्र्याएका सामानहरूलाई घरायसी प्रयोजनको लागि सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीहरुबाट घुस लिएको उनीमाथि उजुरी परेको थियो। उक्त सूचनाको आधारमा आज उनलाई अख्तियारको टोलीले मायादेवी गाउँपालिका ६ बाट नियन्त्रणमा लिए कारबाही गर्न अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।
Read More
ललितपुरमा सार्वजनिक जग्गालाई अनैतिक ढङ्गबाट हिनामिना गरेको आरोपमा ८ जना व्यक्ति पक्राउ

ललितपुरमा सार्वजनिक जग्गालाई अनैतिक ढङ्गबाट हिनामिना गरेको आरोपमा ८ जना व्यक्ति पक्राउ

ललितपुर। ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका ४ स्थित इमाडोलमा पर्ने कर्मनासा खोला किनारको सार्वजनिक जग्गालाई अनैतिक ढङ्गबाट हिनामिना गरेको आरोपमा आठ जना व्यक्तिलाई पक्राउ गरेका छन्। सार्वजनिक जग्गालाई अनैतिक तरिकाले किर्ते कागज बनाएर जग्गाको साइजलाई पाँच आना बढी बनाएर एक रोपनी २५ आना बढी कायम दर राखी किनबेच गरेको आरोपमा ती व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरिएको छ। पक्राउ परेका आठैजना व्यक्तिलाई अनुसन्धान अघि बढाउन प्रक्रिया अगाडि थालिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। जग्गा प्रकरणमा पक्राउ परेका व्यक्तिहरूको नाम भने प्रहरीले खुलासा गरिएको छैन। यसै केससँग सम्बन्धित रहेर अन्य थप नयाँ व्यक्तिहरू पक्रिने पर्ने भएको हुनाले यस प्रकरणमा जोडिएको व्यक्तिहरूको नाम भने…
Read More
सर्वोच्च अदालतमा कुलमानको रिट दर्ता

सर्वोच्च अदालतमा कुलमानको रिट दर्ता

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई मनमानी गैरकानुनी रुपमा पदमुक्त गरिएको भन्दै बिहीबार सर्वोच्च अदालतमा पेश गरेको रिट दर्ता भएको छ। सरकारले गरेको निर्णय बदर गरी आफ्नो कार्यकाल अवधिभरिसम्म आफूले गरिरहेका संस्थानको कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने माग उनको रहेको छ। अहिले उनले दिएको निवेदन रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,ऊर्जामन्त्री दीपक खड्का एवंम् आफूले सम्हालेको मन्त्रालय नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाखेलाई विपक्षी बनाएका छन्। आफू सोपदमा रहेसम्म जहिले पनि इमानदारीको साथ काम गरिरहेको र बिना गल्ती त्रुटि नगरेको अवस्थामा पनि सरकारको बदनियतका साथ अर्थात् सरकारको स्वार्थअनुसार आफू सो माध्यममा चल्न नसक्दा अनि…
Read More
काभ्रेको नालामा बुवाले चलाएको ट्रकले किचेर छोरीको मृत्य

काभ्रेको नालामा बुवाले चलाएको ट्रकले किचेर छोरीको मृत्य

काभ्रे। काभ्रे जिल्लाको नालामा बुवाले चलाएको ट्रकले किचेर छोरीको मृत्यु भएको छ। बनेपा नगरपालिका वडा नम्बर ४ मा बा ४ ख ८५९२ नम्बरको ट्रकले किच्दा वर्ष ३ की समीक्षा बरालको मृत्यु भएको हो। उक्त ट्रक गाडी भने उनकै बाबु सरोज बरालले चलाइरहेको अवस्थामा सो दुर्घटना भएको बताएको छ। सिन्धुली गोलन्जोर गाउँपालिका वडा नम्बर १ घर भएका बराल भने नालामा परिवारसहित बस्दै आइरहेका थिए। स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोटमा बस्दै आएका बरालले खाली ट्रकलाई ब्याक गर्ने क्रममा छोरी समीक्षालाई ट्रकले कुल्चिन पुगेको थियो। ब्याक गर्ने क्रममा कुल्चिएकी तीन वर्षीय समीक्षा भने घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ। घटना…
Read More
सरकारले घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्यो

सरकारले घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्यो

काठमाडौँ। आज सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारणी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। ओली सरकारद्वारा अथक प्रयास गरिरहँदा आज बल्ल यो निर्णयमा पुग्न सफल भएको हो। आज बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई हटाउन निर्णय सहित बर्खास्त गरिएको बैठकमा संलग्न एक मन्त्रीले सञ्चारकर्मीहरूलाई जानकारी दिए। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारिणी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार उनी उक्त पदमा रहन दोस्रो कार्यकालको लागि प्राधिकरणमा नियुक्त हुन सफल भएका थिए। प्राधिकरणको कार्यकारणी निर्देशकको समय अवधि सकिनु अगाडि नै सरकारले उनलाई आज हटाएको हो। घिसिङको ओली सरकारबीच खासै निकट सम्बन्ध भने भइरहेका थिएन।…
Read More

‘ए ङाला ह्राङ्बा माया’ को हृदयविदारक गीत सार्वजनिक

मकवानपुर । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाईटल गीत सार्वजनिक भएको छ । चर्चित नायक तथा निर्देशक हुत्त सञ्जय लामाको प्रमुख भूमिका रहेको यस चलचित्रको शिर्ष गीतमा हृदयविदारक कथा समावेश गरिएको छ । गीतको म्यूजिक भिडियो ह्याङ्ला म्हारम्हेन्दो मिडिया प्रालिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । शिर्ष गीतमा बिछोडिँदै गरेको दुई प्रेमीको कथा छ । अर्पण थिङको संगीत, एरेञ्ज र आवाजमा तयार भएको यस गीतलाई सागर दोङ तामाङ र हुत्त संजय लामाले लेखेका हुन् । चलचित्रमा हुत्त सञ्जय लामा, तारा थोकर, विक्रम लामा, प्रज्मी बोम्जन, हेमकुमार तितुङ, हिराबहादुर मोक्तान, गोकुल तामाङ, कुमार मोक्तान, अनिल ब्लोन, राजकुमार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.