समाचार

रसुवा बाढीको छैटौँ दिनसम्म ११ हजार ३७९ जनाको उद्धार, ९३९ शव फेला : प्रधानमन्त्री शाह

रसुवा बाढीको छैटौँ दिनसम्म ११ हजार ३७९ जनाको उद्धार, ९३९ शव फेला : प्रधानमन्त्री शाह

काठमाडौं , भदौ १५ गते । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनमा निरन्तर सक्रिय रहेको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत बाढी आएको छैटौँ दिनसम्मको पछिल्लो अवस्थाबारे जानकारी दिँदै प्रभावित क्षेत्रमा परिचालित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवक संस्था तथा आम नागरिकको भूमिका प्रशंसनीय रहेको बताएका हुन्। उनले विपद्को समयमा प्रदेश तथा स्थानीय सरकारले संघीय सरकारलाई दिएको साथ र सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै मित्रराष्ट्र, स्वदेशी तथा विदेशी संघसंस्था, सञ्चारमाध्यम र अन्य सरोकारवालाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन्। राहत व्यवस्थापनतर्फ, काठमाडौंल गायत…
Read More
रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा चितवनमा भोलि श्रद्धाञ्जली सभा हुँदै

रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा चितवनमा भोलि श्रद्धाञ्जली सभा हुँदै

चितवन , भदौ १५ गते । विनाशकारी रसुवा बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा जिल्ला प्रशासन कार्यालय चितवनले श्रद्धाञ्जली तथा शोकसभा आयोजना गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भोलि साँझ ६ बजे भरतपुर महानगरपालिका–१, देवीघाटस्थित शव व्यवस्थापन स्थलमा श्रद्धाञ्जली तथा शोकसभा आयोजना गर्न लागिएको हो। बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन इच्छुक संघ–संस्था, नागरिक तथा सम्बन्धित सबैलाई उपस्थितिका लागि अनुरोध गरेको छ। कार्यक्रममा सहभागी भई विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्न…
Read More
नारायणगढ–मुग्लिन सडकमा त्रिशूलीको कटान, नाम्सीखोला क्षेत्रमा सुरक्षा संकेत राखियो

नारायणगढ–मुग्लिन सडकमा त्रिशूलीको कटान, नाम्सीखोला क्षेत्रमा सुरक्षा संकेत राखियो

चितवन, भदौ १५ गते । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सीखोला पुलनजिक त्रिशूली नदीले सडक छेउको भाग कटान गरेपछि सडक डिभिजन भरतपुरले सुरक्षा सतर्कता अपनाएको छ। सडक डिभिजन भरतपुरका अनुसार नाम्सीखोला पुलबाट करिब १ किलोमिटर नारायणगढतर्फ (Ch 31+050) त्रिशूली नदीले सडक छेउबाट खोलातर्फ करिब ४.५ मिटर बाहिर र करिब ३० मिटर लम्बाइमा कटान गरेको हो। कटान भएको स्थानको सडक डिभिजन भरतपुरका डिभिजन प्रमुखको नेतृत्वमा इन्जिनियरसहितको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणपछि सवारी चालक तथा यात्रुलाई सम्भावित जोखिमबारे सचेत गराउन उक्त स्थानमा कोन तथा रिफ्लेक्टिभ स्टिकर राखिएको सडक डिभिजनले जनाएको छ। सडक डिभिजनका अनुसार तत्काल उक्त स्थानमा यात्रा गर्दा ठूलो जोखिम नरहे पनि…
Read More
भोटेकोशी बाढीमा ९ हजार ४३५ जनाको उद्धार, ७८१ शव फेला परेको प्रधानमन्त्री शाहको भनाइ

भोटेकोशी बाढीमा ९ हजार ४३५ जनाको उद्धार, ७८१ शव फेला परेको प्रधानमन्त्री शाहको भनाइ

काठमाडौं, भदौ १४ गते । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई युद्धस्तरमा अघि बढाइरहेको बताएका छन्। प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तरको जोखिमका बाबजुद प्रभावित नागरिकको जीवनरक्षाका लागि राज्य संयन्त्र परिचालन गरिएको उल्लेख गरेका छन्। उनका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। राहत तथा उद्धारका लागि सो दिन थप ७२ सहित हालसम्म ३९४ उडान सञ्चालन भइसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी…
Read More
कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा बन्द

कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा बन्द

चितवन, भदौ १४ गते । त्रिशूली नदीमा आएको बाढीका कारण मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत धादिङ जिल्लाको कृष्णभीरमा सडक भासिएपछि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज बिहान त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिन गएको हो। सडकको अवस्था जोखिमपूर्ण बनेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि आवागमन बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–काठमाडौं सडकखण्ड भएर यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सवारीचालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचना मार्फत सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रुहरूले आवश्यक सावधानी अपनाउन तथा वैकल्पिक मार्गबाट…
Read More
रसुवा बाढीपछि ७ हजार ५१४ जनाको उद्धार, ६७५ शव फेला; उद्धारदेखि पुनःस्थापनासम्म सरकारको उच्च प्राथमिकता

रसुवा बाढीपछि ७ हजार ५१४ जनाको उद्धार, ६७५ शव फेला; उद्धारदेखि पुनःस्थापनासम्म सरकारको उच्च प्राथमिकता

काठमाडौं, भदौ १४ गते । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएपछि सरकारले उद्धार, खोजी, उपचार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट आज साँझ साढे पाँच बजेसम्म हवाई तथा स्थलमार्गबाट ७ हजार ५१४ जनाको सफल उद्धार गरिएको छ। विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको र बाँकी प्रभावित क्षेत्रमा समेत खोजी तथा उद्धार कार्य जारी रहेको सरकारले जनाएको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको…
Read More
रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ, भदौ १३ गते । रसुवा, नुवाकोट र धादिङका नदी किनारका क्षेत्रमा २०८३ भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यन्त जरुरी सूचना जारी गरेको छ। काठमाडौँ जिल्लाभित्र रहेका विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिकस्तरबाट कपडा, भाँडाकुँडा तथा अन्य आवश्यक सामग्री राहतस्वरूप संकलन गरी उपलब्ध गराउन इच्छुकलाई प्रशासनले समन्वय गर्न आग्रह गरेको छ। काठमाडौँमा संकलन हुने राहत सामग्रीहरू एकद्वार प्रणालीमार्फत जिल्ला प्रशासन कार्यालयमा संकलन गरिनेछ। त्यसपछि सम्बन्धित जिल्लाका सुरक्षा निकाय, राहत तथा उद्धारमा प्रत्यक्ष रूपमा खटिएका काठमाडौँस्थित सुरक्षा निकायहरू तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वय र निर्देशनमा…
Read More
रसुवा बाढीमा संकलित २२९ पहिचान नभएका शव जमिनमुनि व्यवस्थापन गरिने

रसुवा बाढीमा संकलित २२९ पहिचान नभएका शव जमिनमुनि व्यवस्थापन गरिने

चितवन, भदौ १३ गते । विनाशकारी रसुवा बाढीमा परी चितवनमा हालसम्म संकलन गरिएका २३३ शवमध्ये पहिचान भएका चार शव सम्बन्धित परिवारलाई बुझाइएको छ भने बाँकी २२९ शव होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा राखिएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार जारी गरेको सूचनाअनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका शव तथा अवशेषहरू लामो समयसम्म राखिँदा सडगल्ने अवस्थामा पुगेका छन्। शवहरू दुर्गन्धित बन्दै गएकाले संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषणका आधारमा तत्काल व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ। यसै परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको भदौ १३ गतेको निर्णयअनुसार…
Read More
गरिमा चौधरी हत्या प्रकरणमा दोषीलाई उन्मुक्ति नदिन प्रचण्डको माग

गरिमा चौधरी हत्या प्रकरणमा दोषीलाई उन्मुक्ति नदिन प्रचण्डको माग

काठमाडौं, भदौ ६ गते। बाराको सिमरामा बलात्कारपछि विभत्स रूपमा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको घटनाप्रति पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक एवं प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर दुःख र आक्रोश व्यक्त गरेका छन्। प्रचण्डले सामाजिक सञ्जालमार्फत गरिमाको हृदयविदारक घटनाले आफूलाई स्तब्ध र आक्रोशित बनाएको बताएका छन्। उनले यस्ता जघन्य अपराध सभ्य र संवेदनशील समाजका लागि कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने उल्लेख गरेका छन्। गरिमाका लागि न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको प्रचण्डले बताएका छन्। उनले गरिमामाथिको अपराध एउटा परिवारमाथिको पीडा मात्र नभई राज्य, समाज र न्याय प्रणालीमाथिकै गम्भीर प्रश्न…
Read More
सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ सार्वजनिक

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ सार्वजनिक

काठमाडौं, भदौ ६ गते । लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति ‘मोरे सैया’ सार्वजनिक भएको छ। सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वरमा रहेको गीतमा प्रेमभावसँगै नेपाली मौलिक संस्कृति र परिवेशलाई समेत प्रस्तुत गरिएको छ। नेत्र अर्यालको शब्दरचना रहेको गीतमा खेम सेन्चुरीले संगीत तथा हुकलाइन तयार गरेका छन्। गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका हुन् भने संगीत संयोजन एचबीएन किस्मतले गरेका छन्। सुनिल बीकेको निर्देशनमा तयार भएको गीतको भिडियोमा गरिमा शर्मा र खेम सेन्चुरी मुख्य भूमिकामा देखिएका छन्। नेपाली मौलिक पहिरनसँगै चितवनको पर्यटकीय गन्तव्य सौराहाको प्राकृतिक सुन्दरतालाई भिडियोमा समेटिएको छ। प्राकृतिक परिवेश र सांस्कृतिक पहिरनको संयोजनले गीतको भावलाई थप आकर्षक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.