समाचार

लाहानमा जारी कर्फ्यु हटाइयो, आज बिहान १० बजेदेखि आदेश समाप्त

लाहानमा जारी कर्फ्यु हटाइयो, आज बिहान १० बजेदेखि आदेश समाप्त

सिरहा, साउन १६ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले लाहान नगरपालिका क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम लागू गरिएको कर्फ्यु आदेश आज (साउन १६) बिहान १० बजेदेखि हटाइएको हो। प्रशासनले सुरक्षा निकायको प्रतिवेदन तथा जिल्लाको समग्र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु हटाउने निर्णय गरिएको जनाएको छ। यससँगै लाहान नगर क्षेत्रमा सर्वसाधारणको आवतजावत तथा दैनिक जनजीवन पुनः सामान्य हुने अपेक्षा गरिएको छ। यद्यपि प्रशासनले सबै नागरिकलाई कानुनको पालना गर्न, सामाजिक सद्भाव कायम राख्न तथा शान्ति–सुरक्षा बिग्रिने कुनै पनि गतिविधिमा…
Read More
साम्प्रदायिक हिंसा रोक्न संयम र सद्भाव कायम राख्न श्रम संस्कृति पार्टीको अपिल

साम्प्रदायिक हिंसा रोक्न संयम र सद्भाव कायम राख्न श्रम संस्कृति पार्टीको अपिल

काठमाडौं, साउन १५ गते । श्रम संस्कृति पार्टीले सुनसरीको देवानगञ्जबाट सुरु भई सिराहा लगायतका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक हिंसाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका प्रवक्ता सत्य गुरुद्वारा जारी प्रेस विज्ञप्तिमा हिंसात्मक घटनाले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिमा गम्भीर असर पुर्‍याएको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार सुनसरीको देवानगञ्जका जयप्रकाश मेहता र ओमप्रकाश मेहता तथा सिराहाको गोलबजारका गणेश यादवको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। पार्टीले साम्प्रदायिक हिंसा वा कुनै पनि प्रकारका हिंसात्मक गतिविधिबाट कुनै पनि समाज वा राष्ट्रले दिगो शान्ति,…
Read More
सुनसरी घटनापछि बढ्दो तनावप्रति पत्रकार महासंघको चिन्ता, संयमता र निष्पक्ष अनुसन्धानको माग

सुनसरी घटनापछि बढ्दो तनावप्रति पत्रकार महासंघको चिन्ता, संयमता र निष्पक्ष अनुसन्धानको माग

काठमाडौं, साउन १५ गते । नेपाल पत्रकार महासंघले सुनसरीसहित विभिन्न जिल्लामा भएका प्रदर्शन तथा झडपका क्रममा तीन जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। महासंघले जारी गरेको विज्ञप्तिमा ज्यान गुमाएका तीनै जनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। महासंघले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय विविधताले सम्पन्न मुलुक भएकाले यही विविधताबीचको एकता, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान नेपाली समाजको मौलिक पहिचान र राष्ट्रिय शक्तिको आधार भएको उल्लेख गरेको छ। यस्तो सामाजिक संरचनालाई कमजोर…
Read More
सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

काठमाडौँ, साउन १२ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले घटनामा घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई न्याय दिलाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई यसै देशका एक नागरिकका रूपमा पनि सुनसरीका घटनाक्रमबाट अत्यन्त दुःखी भएको उल्लेख गरेका छन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचार र प्रभावित परिवारलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराइने बताएका छन्। प्रधानमन्त्री शाहले घटनामा सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु तथा अन्य नागरिक घाइते हुनु कुनै पनि…
Read More
लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

लमजुङ, साउन १० गते । आज राति ११:१४ बजेदेखि गएको तीन घण्टाको अवधिमा लमजुङको घरेढुङ्गा क्षेत्रमा ९५.२ मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वानुमान शाखाका अनुसार उक्त क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेकाले स्थानीय बासिन्दा तथा नदी–खोला आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। शाखाले जारी गरेको पछिल्लो जानकारीअनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षा निरन्तर रहने सम्भावना रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा पहिरो र भूक्षय तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने जोखिम रहेको मौसमविद्ले बताएका छन्। यस्तै, वर्षाका…
Read More
मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

चितवन, साउन ९ गते । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत गाईघाट (18+00) नजिक आज बिहान ६:४५ बजेदेखि माथिबाट ढुंगा खस्दा सडकमा सवारी आवागमन एकतर्फी सञ्चालन गरिएको छ। ढुंगा खसेपछि सडकको एक लेन अवरुद्ध भएकाले सुरक्षा सतर्कता अपनाउँदै सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको हो। सडक खुलाउन सम्बन्धित निकायले घटनास्थलमा तत्काल मेशिन परिचालन गरिसकेको र ढुंगा तथा अवरोध हटाउने कार्य जारी रहेको रोड डिभिजन भरतपुरले जनाएको छ। सडक प्रयोग गर्ने चालक तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन, ट्राफिक प्रहरी तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न र सम्भव भएसम्म धैर्यपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।
Read More
चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

चितवन, साउन ३ गते । लगातार वर्षा भइरहेको तथा आगामी घण्टामा वर्षा अझ बढ्ने मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले आज राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म नारायणघाट–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार धादिङलगायत छिमेकी जिल्लाहरू तथा चितवनका विभिन्न स्थानमा वर्षा भइरहेका कारण रातिको समयमा सडक यात्रा जोखिमपूर्ण हुन सक्ने भएकाले यात्रुको सुरक्षा प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको हो। प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन नगर्न सबै सरोकारवालालाई अनुरोध गरेको छ। साथै, यात्रु तथा सर्वसाधारणमा पर्न गएको असुविधाप्रति जिल्ला सुरक्षा समिति…
Read More
जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

भरतपुर, साउन ३ गते । सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा आइतबार बिहानदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न दिएको अनुमति लगत्तै जलविरे क्षेत्रमा भएको सवारी दुर्घटनाले सडक पुनः अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान करिब ७:१५ बजे जलविरे क्षेत्रमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा करिब ३० जना घाइते भएका छन्। दुर्घटनापछि सडक अवरुद्ध भएको र उद्धार तथा सडक खुलाउने कार्य जारी रहेको जनाइएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षाको कारण देखाउँदै शनिबार राति १०:०० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। सो रोक आइतबार बिहानदेखि हटाइएपछि सवारी सञ्चालन सुरु भएको…
Read More
भोलिदेखि फेरि पूरा १४.२ केजी एलपी ग्यास सिलिन्डर बिक्री सुरु, मूल्य रु २,०६०

भोलिदेखि फेरि पूरा १४.२ केजी एलपी ग्यास सिलिन्डर बिक्री सुरु, मूल्य रु २,०६०

काठमाडौं , असार ३० गते । नेपाल आयल निगमले भोलि (बुधबार)देखि १४.२ किलोग्राम तौल भएको पूरा एलपी ग्यास सिलिन्डर बिक्रीवितरण पुनः सुरु गर्ने जनाएको छ। मध्यपूर्वमा उत्पन्न तनावका कारण एलपी ग्यासको आपूर्तिमा समस्या आएपछि निगमले २०८२ साल फागुन २९ गतेदेखि ७.१ किलोग्राम तौल भएको आधा भरिएको खाना पकाउने ग्यास सिलिन्डर मात्र वितरण गर्दै आएको थियो। निगमका अनुसार हाल बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने ग्यास लोडिङको अवस्थामा सुधार आएको र उपभोक्ताबाट पूरा सिलिन्डरको उच्च माग देखिएकाले फेरि १४.२ किलोग्राम तौल भएको पूरा सिलिन्डर वितरण गर्ने व्यवस्था मिलाइएको हो। निगमले पूरा भरिएको एलपी ग्यास सिलिन्डरको उपभोक्ता मूल्य रु २,०६० तोकेको जनाएको छ।…
Read More
गौरीगञ्जमा २१३औँ भानुजयन्ती विविध साहित्यिक कार्यक्रमका साथ सम्पन्न

गौरीगञ्जमा २१३औँ भानुजयन्ती विविध साहित्यिक कार्यक्रमका साथ सम्पन्न

झापा, असार २९ गते । साहित्य चौतारी गौरीगञ्ज, झापाको आयोजनामा २१३औँ भानुजयन्ती विविध साहित्यिक कार्यक्रमका साथ सम्पन्न भएको छ। गौरीगञ्ज माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर प्रमुख अतिथि तथा गौरीगञ्ज गाउँपालिका–३ का वडाध्यक्ष श्रवण गिरी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको सभापतित्व प्रवेश श्रेष्ठले गरेका थिए भने सञ्चालन अभिषेक राजवंशीले गरेका थिए। सहयोगी मन ठेकिटोला सह–आयोजकका रूपमा रहेको थियो। कार्यक्रमको उद्घाटन विद्यालय परिसरमा रक्तचन्दनको बिरुवा रोपेर गरिएको थियो। त्यसपछि आयोजित साहित्यिक गोष्ठीमा गौरादह बहुमुखी क्याम्पसका प्राध्यापक खगेन्द्र न्यौपाने, साहित्यकार अर्जुन दङ्गाल तथा गौरीगञ्ज बहुमुखी क्याम्पसका प्राध्यापक केदार रिमालले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व, कृतित्व तथा नेपाली…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.