Breaking News 1

पुराना नेताहरू र नयाँ पुस्ताबीचको निर्णायक भिडन्त

पुराना नेताहरू र नयाँ पुस्ताबीचको निर्णायक भिडन्त

सुर्खेत, पुस २८ गते । प्रतिनिधिसभा निर्वाचन क्षेत्र सुर्खेत–१ यसपटक असाधारण राजनीतिक रोमाञ्चको केन्द्र बिन्दु बन्ने देखिन्छ। यहाँ नेपाली कांग्रेसका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका धुर्वबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर राना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमाल आमनेसामने चुनावी मैदानमा उत्रिएका छन्। देशकै स्थापित दलका शीर्ष नेता देखि ‘जेनजी आन्दोलन’ मार्फत नयाँ पुस्ता प्रतिनिधित्वको प्रतीक बनेका रवि किरण हमालसम्मको उपस्थितिले सुर्खेत–१ निर्वाचनलाई अझै रोचक बनाएको छ। राजनीतिक पृष्ठभूमिको दृष्टिले पनि यो क्षेत्र ऐतिहासिक महत्व राख्दछ। बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएदेखि कांग्रेस र एमालेले यहाँ वर्चस्व जमाउँदै आएका थिए। २०६४ सालको निर्वाचनमा समेत माओवादीले यहाँ…
Read More
हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा, स्वच्छ पिउने पानीप्रति उपमहानगरको प्रतिबद्धता दोहोरियो

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा, स्वच्छ पिउने पानीप्रति उपमहानगरको प्रतिबद्धता दोहोरियो

हेटौँडा, पुस २८ गते । हेटौंडा उपमहानगरपालिकाले स्वच्छ, गुणस्तरीय र सफा पिउने पानी उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। संघीय सरकारअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्माण गरिएको अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा आएको हो। उपमहानगरपालिका प्रमुख मिना लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै स्वच्छ पिउने पानीप्रति उपमहानगरपालिकाको प्रतिबद्धता निरन्तर रहेको उल्लेख गरेको छ। उनका अनुसार नयाँ प्रयोगशालाले पानीको गुणस्तर नियमित र वैज्ञानिक रूपमा परीक्षण गर्न सहज बनाउनेछ, जसले नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। मेयर लामाले सबै नागरिकलाई स्वच्छ र सफा पानी प्रयोगप्रति सचेत हुन आग्रह गर्दै गुणस्तरीय पानी सुनिश्चित गर्न…
Read More
प्रतिबद्धता बिना भोट हुँदैन : मकवानपुरमा सचेत मतदाता निर्माणका लागि जनजागरण अभियान घोषणा

प्रतिबद्धता बिना भोट हुँदैन : मकवानपुरमा सचेत मतदाता निर्माणका लागि जनजागरण अभियान घोषणा

हेटौँडा, पुस २८ गते । व्यापक भ्रष्टाचार, अनियमितता र जिम्मेवारीविहीन नेतृत्वका कारण जनजीवन झनै दयनीय बन्दै गएको तितो यथार्थलाई ध्यानमा राख्दै सेवा, सहयोग र आवाज संस्थाले मकवानपुरभरि सचेत मतदाता निर्माणका लागि जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। संस्थाका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार अब मकवानपुरवासीले झुटा आश्वासन र आकर्षक नाराभन्दा माथि उठेर तथ्य, पात्रको इमानदारी, कर्म र जनसेवामा गरेको योगदानको आधारमा प्रतिनिधि छनोट गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। उनले पटक–पटक फरक–फरक दललाई जिताएर पठाउँदा पनि जनजीवन र देशको अवस्था सुधार हुन नसक्नुको मुख्य कारण उत्तरदायी नेतृत्वको अभाव रहेको उल्लेख गरेका छन्।…
Read More
हेटौंडाको जनहित, सुशासन र दिगो विकासलाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा दिभेष शाक्य

हेटौंडाको जनहित, सुशासन र दिगो विकासलाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा दिभेष शाक्य

हेटौंडा, पुस २७ गते । भैरव समूहका संयोजक दिभेष शाक्यले हेटौंडाको जनहित, सुशासन र दिगो विकासलाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेको संकेत गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा हेटौंडावासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक अभिवादन गर्दै आफ्नो राजनीतिक यात्राबारे धारणा राखेका हुन्। शाक्यले सार्वजनिक जीवनमा पूर्ण निर्दोष व्यक्ति नहुने यथार्थलाई विनम्रतापूर्वक स्वीकार गर्दै, अनुभव, सिकाइ र सुधारका अवसरलाई आत्मसात गरेर अझ जिम्मेवार, पारदर्शी र उत्तरदायी भूमिकामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो यात्रालाई कुनै दबाब वा विवादले होइन, जनताबाट प्राप्त माया, भरोसा र विश्वास तथा स्पष्ट एजेन्डाले प्रेरित गरेको उल्लेख गरेका छन्। उनले…
Read More
हेटौंडालाई साहित्यिक केन्द्र बनाउने प्रतिबद्धता : मेयर मिना लामाद्वारा सडक सार्वजनिक निःशुल्क पुस्तकालय निर्माणको घोषणा

हेटौंडालाई साहित्यिक केन्द्र बनाउने प्रतिबद्धता : मेयर मिना लामाद्वारा सडक सार्वजनिक निःशुल्क पुस्तकालय निर्माणको घोषणा

हेटौंडा, पुस २६ गते । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले हेटौंडालाई नेपाली साहित्यको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। ३९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित साहित्य सङ्गम मकवानपुर तथा तेस्रो राष्ट्रिय पर्याकविता उत्सव–२०८२ का सन्दर्भमा आफ्नो सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गर्दै उनले साहित्य, कविता र स्रष्टाप्रति गहिरो सम्मान प्रकट गरेकी हुन्। मेयर लामाले कविता साहित्यको सबैभन्दा जेठो विधा मात्र नभई आजको समयमा सबैभन्दा बढी लेखिने र पढिने विधा भएको उल्लेख गर्दै कविताले जीवन, समाज, देश र भविष्यलाई समग्र रूपमा प्रतिबिम्बित गर्न सक्नुपर्ने धारणा राखेकी छन्। सरलताका नाममा मनलाग्दी र अटिलताका नाममा अर्थहीन कविता लेखिनु साहित्यका लागि भ्रम सिर्जना…
Read More
भावनात्मक तस्बिरभन्दा अगाडि बढेर जनस्वास्थ्य र बालअधिकारमा निर्णायक बन्न मेयरलाई सामाजिक अभियन्ता विशाल राज महतको आग्रह

भावनात्मक तस्बिरभन्दा अगाडि बढेर जनस्वास्थ्य र बालअधिकारमा निर्णायक बन्न मेयरलाई सामाजिक अभियन्ता विशाल राज महतको आग्रह

हेटौडा, पुस २५ गते । हेटौंडा उपमहानगरपालिकाकी मेयरले मृत्युको मुखमा पुगेर बाँच्न सफल एक अनाथ शिशुलाई काखमा लिएको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा प्रशंसा भइरहेको बेला, सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सो तस्बिरप्रति सम्मान जनाउँदै नेतृत्वको दायित्वबारे गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक स्टाटसमार्फत उनले उक्त कार्यलाई मानवीय र प्रशंसनीय भनेका छन्। तस्बिरमा जनप्रतिनिधिको जिम्मेवारीसँगै एक आमाको ममतामय भावना झल्किएको भन्दै मेयर धन्यवादको पात्र भएको उल्लेख गरेका छन्। तर उनले नेतृत्व केवल भावनात्मक तस्बिर र क्षणिक संवेदनामा सीमित हुन नहुने स्पष्ट पारेका छन्। अभियन्ता महतले हेटौंडा उपमहानगरका हजारौँ बालबालिका, गर्भवती महिला र…
Read More
८ वर्षपछि संगीतमा पुनरागमन : मकवानपुरे गायक सोयल लामाको नयाँ गीत बजारमा

८ वर्षपछि संगीतमा पुनरागमन : मकवानपुरे गायक सोयल लामाको नयाँ गीत बजारमा

हेटौडा, पुस २४ गते । लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत मकवानपुरे गायक सोयल लामा आठ वर्षपछि पुनः संगीत क्षेत्रमा सक्रिय भएका छन्। मकवानपुर जिल्लाको बकैया गाउँपालिका–३, हात्तिसुडे स्थायी निवासी लामा नयाँ गीतसहित दर्शक–श्रोतामाझ फर्किएका हुन्। उनको नयाँ गीत चर्चित गायिका जितु लोप्चनसँगको सहकार्यमा बजारमा आइसकेको छ। हाल यु.ए.ई.लाई कर्मथलो बनाउँदै आएका लामा सानै उमेरदेखि आफ्नो कला, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर लागिपरेका कलाकारका रूपमा चिनिन्छन्। आउँदो ल्होछारको अवसरलाई लक्षित गर्दै उनले आधा दर्जनभन्दा बढी नयाँ गीत सार्वजनिक गर्ने तयारी पूरा भइसकेको जानकारी दिएका छन्। दर्शक–श्रोताका लागि छिट्टै नयाँ–नयाँ सांगीतिक कोसेली ल्याउने तयारीमा रहेको उनको भनाइ छ। लामो…
Read More
हेटौंडा सडक विस्तारबारे भ्रम नहोस् भनेर भैरव समूह संयोजक दिभेष शाक्यद्वारा धारणा स्पष्ट

हेटौंडा सडक विस्तारबारे भ्रम नहोस् भनेर भैरव समूह संयोजक दिभेष शाक्यद्वारा धारणा स्पष्ट

हेटौडा, पुस २४ गते । हेटौंडामा मंसिर २० गते भएको सडक विस्तारसम्बन्धी विषयलाई लिएर विभिन्न किसिमका बुझाइ सार्वजनिक भइरहेका बेला भैरव समूहका संयोजक दिभेष शाक्यले आफ्नो धारणा स्पष्ट गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै संयोजक शाक्यले उक्त विषयमा आफ्नो चासो कुनै राजनीतिक स्वार्थ, दलगत उद्देश्य वा व्यक्तिगत लाभका लागि नभएको प्रष्ट पारेका छन्। हेटौंडा आफ्नो जन्मथलो भएको उल्लेख गर्दै उनले मानवता, सहानुभूति र स्थानीय हितको भावनाबाट प्रेरित भएर आफ्नो विचार राखेको बताएका छन्। शाक्यले मंसिर १८ गतेतिर सम्बन्धित निकायबाट आएको अभिव्यक्तिपछि प्रतिक्रिया जनाउने क्रममा शब्द चयनमा पर्याप्त संयमता नपुग्न गएको हुनसक्ने स्वीकार गर्दै, आफ्नो अभिप्राय कहिल्यै पनि कानुनविपरीत कार्य,…
Read More
नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) मकवानपुरद्वारा २०८२ फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) मकवानपुरद्वारा २०८२ फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

हेटौडा, पुस २३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) मकवानपुर जिल्ला समितिले आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ गतेका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। पार्टीको जिल्ला सचिवालय बैठकको निर्णयअनुसार मकवानपुर जिल्लाका क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ का लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिने नेताहरूको नामावली सार्वजनिक गरिएको हो। जिल्ला समितिका अनुसार क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रस्तावित उम्मेदवारहरूमा महेश नेपाली (आरोह), राम स्याङतान (अल्टर), बिर माया दोङ तथा साजन योन्जन रहेका छन्। त्यसैगरी, क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ प्रस्तावित उम्मेदवारहरूमा राम घलान (वाटर), सूर्य बहादुर (अर्जेल), विवेक घलान ‘सुभाष’ (जेन जि), सूर्य बहादुर गोले (जिन जि) तथा…
Read More
हेटौंडा–७ र ८ मा ‘मनपरी मेला’ भन्दै स्थानीय आक्रोशित, ध्वनि प्रदूषण र मापसे–लापसेको जोखिमबारे सामाजिक अभियन्ता महतको कडा आपत्ति

हेटौंडा–७ र ८ मा ‘मनपरी मेला’ भन्दै स्थानीय आक्रोशित, ध्वनि प्रदूषण र मापसे–लापसेको जोखिमबारे सामाजिक अभियन्ता महतको कडा आपत्ति

हेटौंडा, पुस १९ गते । हेटौंडा उपमहानगरपालिका–७ र ८ मा सञ्चालन भइरहेको एक मेलालाई लिएर स्थानीयवासीहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। राति १० बजे नाघिसक्दा पनि मेला क्षेत्रमा चर्को आवाजमा बाइकको माइक तथा साउण्ड सिस्टम प्रयोग भइरहँदा ध्वनि प्रदूषण बढेको र सम्भावित दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ। सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत यस विषयमा कडा प्रतिक्रिया जनाउँदै यसलाई “मेला होइन, खुलेआम कानुनी उल्लङ्घन”को संज्ञा दिएका छन्। उनले युवाहरूमा मापसे–लापसे (मादक पदार्थ सेवन गरी सवारी चलाउने) को जोखिम बढेको उल्लेख गर्दै यसले जनताको शान्ति कुण्ठित गरेको बताएका छन्। महतले उक्त मेला कसको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.