Breaking News 1

अर्जुन शाहीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण, युवाआन्दोलनले उठायो संवैधानिक सवाल

अर्जुन शाहीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण, युवाआन्दोलनले उठायो संवैधानिक सवाल

काठमाडौं, पुस १९ गते । जेन–जी आन्दोलनका अगुवा तथा अन्तरिम सरकार निर्माण प्रक्रियाका सह–संयोजक अर्जुन शाहीको पक्राउ गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण भएको दाबी गर्दै आज सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण (Habeas Corpus) को निवेदन दायर गरिँदैछ। शाहीलाई तथ्यहीन र मनगढन्ते मुद्दा लगाएर पक्राउ गरिएको भन्दै उनका समर्थक, कानुन व्यवसायी तथा नागरिक अधिकारकर्मीहरू आक्रोशित छन्। उनीहरूको भनाइमा लोकतन्त्र, सुशासन र युवाको नेतृत्व स्थापित गर्ने अभियानमा सक्रिय भूमिकामा रहेका शाहीलाई कानुनी प्रक्रिया र संविधानको मर्मविपरीत हिरासतमा राखिएको हो। कानुनविद्हरूले यो गिरफ्तारीले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार र निष्पक्ष न्यायको हकमा गम्भीर चोट पुगेको बताएका छन्। उनीहरू सर्वोच्च अदालतबाट तत्काल…
Read More
५० करोडको हेटौँडा धुलो दूध कारखाना अलपत्र राख्नु अपराध सरह : विशाल राज महत

५० करोडको हेटौँडा धुलो दूध कारखाना अलपत्र राख्नु अपराध सरह : विशाल राज महत

हेटौँडा, पुस १८ गते । करिब ५० करोड रुपैयाँ सार्वजनिक लगानीमा निर्माण गरिएको हेटौँडा धुलो दूध कारखाना आजसम्म सञ्चालनमा नआउनु स्पष्ट निर्णयहीनता र गम्भीर लापरबाही भएको सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले बताएका छन्। महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा निर्माण सम्पन्न भई परीक्षण उत्पादन समेत भइसकेको परियोजना वर्षौँसम्म अलपत्र राखिनु करदाताको पैसा माथिको अन्याय र किसान प्रतिको धोका भएको उल्लेख गरेका छन्। मन्त्री फेरिँदा योजना फेरिने तर निर्णय नहुने प्रवृत्तिले प्रदेश सरकारको कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको उनको भनाइ छ। उनले अब पनि धुलो दूध कारखानाको सञ्चालन मोडेल टुंगो नलगाइए यसलाई सार्वजनिक सम्पत्ति माथिको…
Read More
रम्भामा खेलकुदको उत्सव: राष्ट्रपति रनिङ शिल्डमा ५९२ खेलाडी, २५८ पदकको प्रतिस्पर्धा

रम्भामा खेलकुदको उत्सव: राष्ट्रपति रनिङ शिल्डमा ५९२ खेलाडी, २५८ पदकको प्रतिस्पर्धा

पाल्पा, पुस १८ गते । पाल्पाको रम्भा गाउँपालिका अहिले खेलकुदको रंगले रौनकिएको छ। शुक्रबारदेखि गाउँपालिकामा १७ औँ राष्ट्रपति रनिङ शिल्ड तथा सातौँ रम्भा गाउँपालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता औपचारिक रूपमा सुरु भएको हो। हुँगीस्थित असेर्दी खेलमैदानमा भव्य समारोहबीच प्रतियोगिताको उद्घाटन गरिएको छ। तीन दिनसम्म सञ्चालन हुने यस खेलकुद महोत्सवमा गाउँपालिका भित्रका विद्यालयहरूको उल्लेख्य सहभागिता देखिएको छ। ८ वटा माध्यमिक विद्यालय र १ गुरुकुलमबाट सहभागी विद्यार्थीहरूले विभिन्न खेल विधामा आफ्नो क्षमता प्रदर्शन गर्नेछन्। प्रतियोगितामा ५ सय ९२ जना छात्र–छात्रा सहभागी छन् भने १५ फरक–फरक खेल विधामा प्रतिस्पर्धा हुनेछ। शिक्षा शाखा प्रमुख मीना आचार्यका अनुसार यस वर्षको रनिङ शिल्डमा कुल २ सय ५८…
Read More
विद्युत महसुल नबुझाउनेमाथि प्राधिकरणको कडाइ, विराटनगरमा २४९ उपभोक्ताको लाइन विच्छेद

विद्युत महसुल नबुझाउनेमाथि प्राधिकरणको कडाइ, विराटनगरमा २४९ उपभोक्ताको लाइन विच्छेद

विराटनगर,पुस १८ गते । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले विद्युत महसुल नतिर्ने उपभोक्ता माथि कडाइ गरेको छ । प्रथम चौमासिक अवधिसम्म विद्युत महसुल नबुझाएका २४९ जना उपभोक्ताको लाइन काटिएको प्राधिकरणले जनाएको छ । वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार सो अवधिसम्म उपभोक्ताबाट ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ विद्युत महसुल बक्यौता उठ्न बाँकी छ । बक्यौता रकममध्ये मंसिर मसान्तसम्म १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ किस्ता बन्दी मार्फत असुल गरिएको उनले जानकारी दिए । प्राधिकरणले बाँकी बक्यौता रहेका उपभोक्ताको लाइन काट्ने प्रक्रिया निरन्तर जारी राखेको जनाएको छ । वितरण केन्द्र प्रमुख शाहले समयमै विद्युत…
Read More
सुनसरीमा गोलीकाण्डपछि तनाव घट्दै: छानबिनदेखि क्षतिपूर्तिसम्म पाँच बुँदे सहमति

सुनसरीमा गोलीकाण्डपछि तनाव घट्दै: छानबिनदेखि क्षतिपूर्तिसम्म पाँच बुँदे सहमति

सुनसरी, पुस १७ गते । सशस्त्र प्रहरीको गोली लागेर स्थानीय युवक विजय साहको ज्यान गएपछि उत्पन्न तनाव नियन्त्रणतर्फ उन्मुख भएको छ। प्रशासन र पीडित पक्षबीच बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट घटनाको सत्यतथ्य पत्ता लगाउने र पीडित परिवारलाई राहत दिने विषयमा पाँच बुँदे सहमति जुटेको हो। सहमतिअनुसार घटनाको निष्पक्ष र पारदर्शी छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिनेछ। साथै मृतक साहको परिवारलाई उपयुक्त आर्थिक क्षतिपूर्ति उपलब्ध गराइने र परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ। दोषी देखिएका व्यक्तिलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाइने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्। घटना बिहीबार बिहान करिब १ बजे भएको…
Read More
राक्सिराङमा रैथाने उत्पादनको बजारीकरणका लागि कृषि हाटबजार पुनः सञ्चालन

राक्सिराङमा रैथाने उत्पादनको बजारीकरणका लागि कृषि हाटबजार पुनः सञ्चालन

राक्सिराङ, पुस १५ गते । राक्सिराङ गाउँपालिकामा स्थानीय स्तरमा उत्पादन हुने रैथाने कृषि तथा कृषिजन्य वस्तुको उचित व्यवस्थापन, प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले आजदेखि कृषि हाटबजार पुनः सञ्चालनमा आएको छ। शिक्षा, स्वास्थ्य, कृषि, विद्युत, पर्यावरण र पूर्वाधार भन्ने मूल नाराका साथ सुरु गरिएको राक्सिराङ कृषि हाटबजार प्रत्येक महिनाको १ र १५ गते नियमित रूपमा सञ्चालन हुने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए। अध्यक्ष मल्लका अनुसार स्थानीय कृषकहरूको उत्पादनलाई सहज रूपमा बजारमा पुर्‍याई आयआर्जनमा वृद्धि गर्ने, उपभोक्तालाई सुपथ मूल्यमा ताजा तथा स्वास्थ्यकर स्थानीय उत्पादन उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले यो प्रयास थालेको हो। हाटबजारमा स्थानीय चेपाङ तथा तामाङ समुदायका परम्परागत खानेकुरा तथा…
Read More
“सेलिब्रेटीको ग्ल्यामरले होइन, गहिरो जिम्मेवारीले देश चल्छ” — विशाल राज महत

“सेलिब्रेटीको ग्ल्यामरले होइन, गहिरो जिम्मेवारीले देश चल्छ” — विशाल राज महत

हेटौंडा, पुस १५ गते । सेवा–सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले हाल नेपाली राजनीतिमा बढ्दो सेलिब्रेटी प्रभावप्रति गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो विचारमा उनले कलाकार, खेलाडी र सञ्चारकर्मीहरूको राजनीतिमा बढ्दो प्रवेशलाई लोकतन्त्रको “टेस्ट ड्राइभ” का रूपमा व्याख्या गर्दै जनतालाई सचेत निर्णय गर्न आग्रह गरेका छन्। उनले लेखेका छन्— अभिनय गर्नु र देश हाँक्नु एउटै कुरा होइन। पर्दाको हिरो र जीवनको लिडरबीच मौलिक फरक हुन्छ। राजनीतिलाई व्यक्तिगत लोकप्रियताको खेल नभई नीति निर्माण, संगठन सञ्चालन र दीर्घकालीन दृष्टिको गम्भीर प्रक्रिया भएको उल्लेख गर्दै महतले तयारीबिनै संसद पुग्ने प्रवृत्तिप्रति खबरदारी गरेका छन्। महतका अनुसार सेलिब्रेटीहरूसँग…
Read More
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरद्वारा समानुपातिक उम्मेदवार सिफारिस

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरद्वारा समानुपातिक उम्मेदवार सिफारिस

हेटौंडा,पुस १४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला समिति मकवानपुरले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ। पार्टीको मकवानपुर जिल्ला सचिवालय बैठकको निर्णयअनुसार २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न समावेशी समूहबाट चार जनाको नाम सिफारिस गरिएको हो। सिफारिस सूचीअनुसार आदिवासी जनजाति समूहबाट डिलबहादुर थिङ (पेमा), महिलातर्फ सुशीला स्याङतान (ज्योति), खस–आर्य समूहबाट मोहन भट्टराई (भट्ट) र दलित समूहबाट रमेश सुनाम (नर ब) लाई समानुपातिक उम्मेदवारका रूपमा अघि सारिएको छ। पार्टीले समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी नाम सिफारिस गरिएको जनाएको छ। उम्मेदवारको अन्तिम टुंगो भने पार्टीको केन्द्रीय नेतृत्वबाट लगाइने बताइएको…
Read More
‘दलविरुद्ध हुँकार गर्नेहरू दलमै जुट्नु लोकतन्त्रको जित’ — एमाले नेता नवीन सिग्देल

‘दलविरुद्ध हुँकार गर्नेहरू दलमै जुट्नु लोकतन्त्रको जित’ — एमाले नेता नवीन सिग्देल

हेटौंडा,पुस १३ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमालेका नेता एवं केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले आफूलाई स्वतन्त्र बताउँदै दलहरूलाई गाली गर्दै आएका समूहहरू अन्ततः दल नै बनाएर राजनीतिमा सक्रिय हुन खोज्नु लोकतन्त्र र दल प्रणालीको जीत भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सिग्देलले “स्वतन्त्र भनेर दलहरूलाई गाली गर्दै हुँकार गर्नेहरू दल बनाएर जुट्न खोज्नु लोकतन्त्र र दलहरूको जीत हो” भन्दै टिप्पणी गरेका छन्। उनले राजनीतिक अभ्यासमा नयाँ देखिनेहरूबारे व्यङ्ग्य गर्दै “नयाँ जोगीले धेरै खरानी घस्छ” भन्ने उखान प्रयोग गरेका छन्। उनको स्टाटसमा अहिले “खरानीको कमी नरहेको” उल्लेख गर्दै सिंहदरबार, सर्वोच्च अदालतलगायत राज्यका विभिन्न संवैधानिक निकायसम्म…
Read More
६ महिनापछि खुल्यो रसुवागढी नाका

६ महिनापछि खुल्यो रसुवागढी नाका

रसुवा, पुस १३ गते । बाढीका कारण विगत ६ महिनादेखि बन्द रहेको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ। गत असारमा ल्हेन्देखोलाको बाढीले मितेरी पुल बगाएपछि ठप्प भएको यो नाका चीनतर्फ बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आज बिहान ७ बजेदेखि खुलेको हो। ​नाका खुलेलगत्तै नेपाली ट्रक र चालकहरू सामान लिन केरुङतर्फ प्रस्थान गरेका छन्। लामो समयको अवरोधले गर्दा करिब २० अर्ब रुपैयाँ राजस्व नोक्सानी भएको भन्सार कार्यालयले जनाएको छ। बाढीले सडक र निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत क्षति पुर्‍याएको थियो। चिनियाँ अधिकारीहरूसँगको समन्वयपछि नाका सुचारु भएसँगै सीमा क्षेत्रको व्यापारिक चहलपहल पुनः सुरु भएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.