Breaking News 2

फेरि राजा चाइयो रे

फेरि राजा चाइयो रे

दमन कम भयो दमन चाइयो हामीलाई । एक लौटे  शासन थियो जनवादी राज्य सत्ता आयो अब हामीलाई फेरि राजा चाइयो रे । राजाका नातेदारले जे गर्दा नि बोल्न, लेख्न मिल्दैनथ्यो । अहिले जे पनि बोल्न मिल्छ जनताको श्रम शोषण गरिन्थ्यो नाङ्गो नाच हेर्न, मोजमस्ती गर्न लाखौं खर्च गरिन्थ्यो अहिले पाइला पाइलामा सचेत हुनुपर्छ त्यसैले हामिलाई फेरि राजा चाइयो रे । राजखान्दानले अपराध गरे कानुन लाग्दैनथ्यो अहिले जोकोहिलाई पनि लाग्न सक्छ राजतन्त्रमा जनताले आवाज उठाउन पाउँदैनथ्यो गणतन्त्रमा पाइन्छ त्यसैले हामिलाई फेरि राजा चाइयो रे । जनताका छोराछोरीले राम्रो पढे जिब्रो काटिन्थ्यो राम्रो लेखे औंला काटिन्थ्यो । तल्लो वर्गका श्रीमती, छोरी राम्रो…
Read More
नेपाल शिक्षक महासंघद्वारा अनिश्चितकालीन आन्दोलन सुरु

नेपाल शिक्षक महासंघद्वारा अनिश्चितकालीन आन्दोलन सुरु

काठमाडौँ । नेपाल शिक्षक महासङ्घको काठमाडौँ केन्द्रीत माइतीघर मण्डलामा अनिश्चितकालिन सडक आन्दोलन सुरु भएको छ । शिक्षकहरूको माग सम्बोधन गरेर विद्यालय शिक्षा ऐन ल्याउनु पर्ने मागसहित दोस्रो चरणको आन्दोलन अन्तर्गत आजदेखि सडक आन्दोलन सुरु गरेको हो । महासङ्घ र सरकारबिच विगतमा भएको सहमति सम्बोधन गरेर गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन दबाबका लागि आन्दोलन गर्नु परेको महासङ्घले जनाएको छ । ‘कि जितिन्छ, कि बितिन्छ’ भन्ने मूल नारासहित शिक्षकहरू सडकमा उत्रिएका छन् । देशैभरी बाट ठूलो सङ्ख्यामा शिक्षक कर्मचारीहरू आन्दोलनमा सहभागी भएका छन् । स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी करार, प्राविधिक…
Read More
सामुदायिक वनको भवन शिलान्यास

सामुदायिक वनको भवन शिलान्यास

हेटौंडा। सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समुहको भवनको जगको शिलान्यास गरिएको छ। हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडास्थित शहिद स्मारक हाताभित्र समुहको भवन निर्माण हुन लागेको हो। भवनको शिलान्यास उपमहानगर पालिकाका उपमेयर राजेश बानियाले गरेका हुन् । भवन शिलान्यास गरेपछि उनलेे शिलान्यास र सम्पन्न आफ्नै कार्यकालमा गर्ने प्रतिबद्धता जनाए । भवन निर्माणमा ५ र १० लाख गरि उपमहानगरले आर्थिक सहयोग गरेको यसको सम्पन्न जिम्मामा पनि उपमेयर बानियाँले ले प्रतिबद्धता जनाउनु भएको योजना अध्यक्ष तथा नवलपुर सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समुहकि सचीव सुभद्रा बर्तौलाले जानकारी दिइन्। अहिले ट्वाइलेट , बाथ्रुम सहितको ६ कोठे भवन बन्ने सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष…
Read More
भाटभटेनीका सुरक्षागार्ड लाई सम्मान

भाटभटेनीका सुरक्षागार्ड लाई सम्मान

काठमाडौ। बुधबार काटेश्वर भाटभटेनीमा आयोजित एक कार्यक्रमबीच भाटभटेनीका सञ्चालक गुरुङले सुरक्षागार्ड (कृष्ण) पराजुलीलाई पाँच लाख एक हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरे । त्यस्तै पराजुलीलाई पाँच ग्रेड बढुवा गरिएको छ । लुटपाटका क्रममा भाटभटेनीका सुरक्षा गार्ड पराजुलीले लुटेराहरूको प्रतिकार गर्दै लखेटेका थिए । सम्मान ग्रहण गदै सुरक्षागार्ड पराजुलीले काटेश्वर भाटभटेनीमा आएर लुटपाट गरेपछि सबै सुरक्षा टोलीले मिलेर प्रतिकार गरेको बताएका छन् ।
Read More
पौडी खेल्ने क्रममा इन्द्रसरोवर गाउँपालिकामा तीन बालक पानीमा डुबेर मृत्यु

पौडी खेल्ने क्रममा इन्द्रसरोवर गाउँपालिकामा तीन बालक पानीमा डुबेर मृत्यु

हेटौंडा। मकवानपुरको गाउँपालिका ३ स्थित उत्तरी क्षेत्रमा पर्ने सिस्नेरी खोलामा आज ३ बालक डुबेर मृत्यु भएको छ। काभ्रे जिल्ला घर भई हाल सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एकजना बालकको सिस्नरी बजार पछाडि अवस्थित खोलामा पौडी खेल्ने क्रममा आज दिउँसो मृत्यु भएको हो। तिनै जना बालक आज अपरान्ह करिब साढे ४ बजेतिर खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जानकारी दिए। मृत्यु हुनेहरूमा इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा वर्ष १४ का सुशान्त आचार्य, काभ्रेको फुलबारी दाप्चा घर भएका वर्ष १४ का प्रमेश घोरासैनी र वर्ष ११ का प्रमाध घोरासैनी रहेका छन्। ती तीनैजना खोलामा नुहाउने…
Read More
एमाले उर्लाबारीको उपाध्यक्षमा योगराज लिम्बूको चर्चा

एमाले उर्लाबारीको उपाध्यक्षमा योगराज लिम्बूको चर्चा

मोरङ। नेकपा एमाले उर्लाबारीको दोस्रो नगर अधिवेशन नजिकिँदै जाँदा एमाले वृत्तमा चर्चा-परिचर्चा तीव्र बनेको छ। यही चैत २६ गते हुने अधिवेशनका लागि नगर कमिटीमा रहेर काम गर्ने इच्छुक युवा नेताहरू तयारीमा जुटेका छन्। यसैबिच उर्लाबारी-५ निवासी योगराज लिम्बू नगर कमिटीको उपाध्यक्ष पदका लागि बलियो दाबेदारको रूपमा अघि सरेका छन्। पार्टी शुद्धीकरण, युवाको प्रभावकारी भूमिका स्थापित गर्ने र उर्लाबारीको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्यसहित उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन्। लिम्बू अहिले एमालेका नेता तथा कार्यकर्ताहरूसँग निरन्तर छलफल र भेटघाटमा सक्रिय छन्। वि.सं २०६७ सालदेखि एमालेको तत्कालिन भातृ संगठन युथ फोर्स (हालको राष्ट्रिय युवा संघ) हुँदै आफ्नो राजनीतिक यात्रा…
Read More
नाबालिकालाई जबर्जस्ती करणी गर्ने एक ब्यक्ति पक्राउ

नाबालिकालाई जबर्जस्ती करणी गर्ने एक ब्यक्ति पक्राउ

इलाम। ११ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गर्ने इलाम चुलाचुली –६ तोरीबारी बस्ने ५१ वर्षीय हेमबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।चैत १३ गते अन्दाजी दिउँसो ४ बजे किराना पसलमा सामान किन्न गएको बेला एक्लै मौका पारी उनले नाबालिकालाई जवर्जस्ती करणी गरेको आरोप लागेको हो । आज बिहान पीडितका दाजुले घटनाबारे जानकारी गराउनसाथ प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी टोली खटिएर पीडकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इलाममा राखी थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिएका छन्।
Read More
कटहरिया नगरपालिकामा हाकिम बिर बहादुर साह हाजिर

कटहरिया नगरपालिकामा हाकिम बिर बहादुर साह हाजिर

रौतहट। हाकिम विहीर रहेको कटहरिया नगरपालिकामा हाकिम हाजिर भएको छ । रौतहट जिल्लाको कटहरिया नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा बिर बहादुर साह लहेरी कार्यालयमा हाजिर हुनु कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले जानकारी दिए। कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवाल , सहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा आईतबार साहलाई कार्यालयमा हाजिर गराएको हो। कार्यालयमा नगर प्रमुख जैसवालले साहलाई फुलमाला टीका लगाई खादा ओढाई स्वागत गरेका थिए। कार्यालयमा हाजिर भएपछि साहले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताए। नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख साहले कर्मचारीहरूलाई निर्देशन दिने बताए। यस…
Read More
अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती

अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई एक चुनौती दिएका छन्। उनले शनिबार बसेको कार्य सम्पादन समितिको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकार सञ्चारकर्मीहरूमाझ यस्तो कुरा बताएको हो। सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले पूर्व राजालाई पक्राउ गरेर देखाउन राज्यलाई चुनौती दिएका हुन्। हामीले राजाको नाम लिएर अब आउने ८४ मा आउने चुनावलाई सजिलो बनाउन राजाको नाम चाहेको होइन उनले बताए। उनी भन्छन्; राजालाई हामीले मात्र बोकेको होइनन् जसले पनि बोक्न सक्छन्। यसमा हामीले कुनै पनि व्यक्तिगत फाइदा र व्यक्तिको स्वार्थ प्रयोजनको लागि राजसंस्थाको पुनर्बहाली माग गरेको होइन। राजा ल्याउने सन्दर्भमा टिकाटिप्पणी गर्नु कुनै पनि विवादमा राजालाई…
Read More
पत्रकार सुरेश रजकको आगलागीको कारण पूर्व सञ्चारकर्मी एनी कुँवरले गरिन खुलासा

पत्रकार सुरेश रजकको आगलागीको कारण पूर्व सञ्चारकर्मी एनी कुँवरले गरिन खुलासा

काठमाडौँ। पत्रकार एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन रहेका सुरेश रजक शुक्रबार राजावादी प्रदर्शनकारीहरूले लगाएको आगोमा जलेर निधन हुनुअघि उनको कोठा नजिकै देखिएकी युवती भने पूर्व सञ्चारकर्मी अनिता कुँवर (एनी) रहेको खोलेको छ। उक्त घटनापछि उनले आफूले आगो निभाउन हरदम प्रयास गरेको र सुरक्षाका निकायलाई बारबार खबर गरेको बताइन्। सामाजिक सञ्जालमा देखिएका भिडियो फुटेजमा स्पष्ट देखिएको छ कि घटनाको क्रममा पत्रकार रजक कोठाभित्र थुनिएको देखिएको छ। भने कुँवर र अर्का एक व्यक्ति भर्याङबाट तल ओलिरहेका देखिन्छन्। कुँवरले घटनाका बेला सबैलाई जानकारी गराउनका निम्ति सामाजिक सञ्जाल फेसबुक लाइभ गर्दै आगलागि बारे जानकारी गराउँदै सो घटनालाई नियन्त्रणका लागि उनले लाइभबाटै गुहार मागेकी बताइन्। परिस्थितिलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.