Breaking News 2

अपरिचित बृद्धको गतिविधीले डुम्रेवासी त्रसित

अपरिचित बृद्धको गतिविधीले डुम्रेवासी त्रसित

उलाबारी। उर्लाबारी नगरपालिका–२ डुम्रे गाँउमा एक अपरिचित बृद्धको हर्कतले गाउलेहरु त्रसित हुदै आएका छन् । झट्ट हेर्दा अन्दाजी ६०/६५ बर्षको जस्तो देखिने वृद्ध मानिस उक्त क्षेत्रमा विगत ३/४ दिन देखी घुमिरहेका छन्। दिनभरी जसो बेतेनी सिमसार क्षेत्र र गाउवरीपरी घुम्दै आएका बृद्ध राति परेपछि स्थानियको घरमा पस्ने गरेका कारण स्थानियहरुमा त्रास छाएको स्थानिय निश्चल ढकालले बताए । गए राति उक्त बृद्ध मानिस स्थानिय एक पोख्रेलको घरमा पसेपछि उनको हर्कतले मानिसहरु त्रसित बनेका छन् । बृद्धको हर्कतले दुख पाईरहेको स्थानियले अस्थायी प्रहरी चौकी मंगलबारेलाई बृद्धको उद्धार गरी सम्वधीत व्याक्तिको जिम्मा लगाईदिन आग्रह गरेपनि प्रहरीले नटेरेको उनिहरुले बताएका छन्।
Read More
सरकारी जग्गा संरक्षणका लागि अभियान समितिले बुझाइयो मुख्यमन्त्री कार्यलय र सिडियो कार्यलयमा ध्यानाकर्षण पत्र

सरकारी जग्गा संरक्षणका लागि अभियान समितिले बुझाइयो मुख्यमन्त्री कार्यलय र सिडियो कार्यलयमा ध्यानाकर्षण पत्र

मकवानपुर । हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान समितिले सिडियो कार्यलय र मुख्यमन्त्री कार्यलयमा पनि ध्यानाकर्षण पत्र बुझाएको छ । हेटौंडा-१ चौकिटोल स्थित राप्तिखोला किनाराको सरकारी जमिन रातारात व्यक्तिको नाममा पास गरि संरचना बनाउने कार्य प्रती सचेत गराउँदै अभियान समितिले ध्यानाकर्षण पत्र बुझाएको हो । विगतमा प्रदेश सरकार, सिडियो कार्यलय र नगरपालिकाको उपस्थितिमा खाली गरि राखिएको जमिन पुन बाँडफाँड गरि, घेराबार लगाउने काम हुँदै गरेकोले उक्त कार्यलाय रोकि सार्वजनिक जमिन सरकारी नै हुनुपर्छ भन्दै अभियान समितिले ध्यानाकर्षण गराएको हो । स्थानीय कानुन तथा नितिलाई मिचेर स्वार्थलिप्त केही समूहले सरकारी जग्गा बाँडफाँड गरि संरचना निर्मान गर्नु कानुन विपरीत भएकोले अभियान समितिले…
Read More
पृथ्बीनगर चाराली सडकखण्डमा सबारी दुर्घटना

पृथ्बीनगर चाराली सडकखण्डमा सबारी दुर्घटना

झापा। झापाको भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-१ पृथ्वीनगर निवासी ३५ वर्षीय दिलीप राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मंगलबार साँझ साढे ७ बजेको समय मेची राजमार्गको बनियानी–भद्रपुर सडक खण्ड अन्तरगत भद्रपुर- २ स्थित हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आई पश्चिमतर्फ मोड्दै गरेको मे १ च ५४४७ नम्बरको पिकअपले ठक्कर दिएको थियो । दुर्घटना परी घाइते भएका मोटरसाइकल चालक राजवंशीलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा राति ८ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । यता प्रहरीले दुवै सवारीसाधनसहित…
Read More
मिक्लाजुङ गाउँपालिकाले गर्यो नयाँ भवनबाट सेवा प्रवाह सुरु

मिक्लाजुङ गाउँपालिकाले गर्यो नयाँ भवनबाट सेवा प्रवाह सुरु

मोरङ। मोरङ जिल्लाको दुर्गम तथा कम विकसित मानिने मिक्लाजुङ गाउँपालिकाले स्थायी प्रशासनिक भवनबाट सेवा प्रवाह थालेको छ। साविकका टाँडी,मधुमल्ला, रमितेखोला र जाँते गाविसका केही वडा मिलाएर बनेको यो गाउँपालिकाले अब व्यवस्थित भवनमार्फत सेवा दिन थालेको हो। शसस्त्र द्वन्द्वको समयमा विद्रोही पक्षले आगजनी गरेर जिर्ण बनाएको साविक मधुमल्ला गाविसको कार्यालय भवन मर्मत गरेर सेवा दिइँदै आएको थियो। स्थानीय तहको अधिकार प्रयोग गर्दै गाउँपालिकाले विकासको गति लिएको भए पनि पर्याप्त कार्यालयको अभावले प्रभावकारी सेवा प्रवाहमा चुनौती आएको थियो । नयाँ भवनले त्यो अभाव पुरा गर्नेमा आफु विश्वस्त रहेको उपाध्यक्ष दिनेश पौडेलले बताए। पुरानो भवन अपर्याप्त भएपछि २०७७ साल फागुन २१ गते जिल्ला…
Read More
उर्लाबारीमा एक ब्याक्तिलाई तिन जनाको ससमुहले  ज्यान मार्ने गरि कुटपिट

उर्लाबारीमा एक ब्याक्तिलाई तिन जनाको ससमुहले ज्यान मार्ने गरि कुटपिट

मोरङ। मोरङको उर्लाबारी नगरपालिका–४ स्थित विशाल चोक नजिकै घनश्याम ढकालका भाई ४३ वर्षीय धनबहादुर ढकालमाथि ज्यान मार्ने नियतले कुटपिट भएको छ। मंगलबार बेलुका करिब ७:३५ बजेको समयमा बाटोमा बोलाई टाउकोमा गम्भीर चोट हुने गरी कुटपिट गरिएको स्थानीयहरुले जानकारी दिएका छन्। प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा उर्लाबारी ४ का २८ वर्षीय रोहित भन्ने भरत रिजाल र २० वर्षीय विशाल पोखरेललाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई ज्यान मार्ने उद्योगअन्तर्गत म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घाइते ढकाललाई गम्भीर अवस्थामा विराटनगरस्थित न्युरो हस्पिटलमा लगिएको हो, जहाँ उनलाई आइसियू कक्षमा राखेर उपचार गरिँदैछ। हालसम्म रोहित भन्ने भरत रिजालले किन ढकालमाथि आक्रमण…
Read More
सरकार र शिक्षक महासंघबीच सहमति,२९ दिन लामो आन्दोलन स्थगित

सरकार र शिक्षक महासंघबीच सहमति,२९ दिन लामो आन्दोलन स्थगित

काठमाडौं। सरकार र नेपाल शिक्षक महासंघबीच बुधबार ९ बुँदे सहमति भएको छ। यससँगै चैत २० गतेदेखि काठमाडौंमा जारी शिक्षकहरूको हड्ताल र प्रदर्शन स्थगित भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको सहमति कार्यान्वयन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले सहमति स्वीकार गरी कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिए। सहमति अनुसार सरकारले शिक्षकहरूको स्वास्थ्य उपचारका लागि काठमाडौंको निजामती अस्पतालमा सहुलियत दिने भएको छ। अस्थायी शिक्षक र बालविकास सहजकर्ताको बिरामी बिदाको रकम सञ्चित गरी अवकाशका बेला एकमुष्ट दिइने भएको छ। त्यस्तै, प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक सरकारले तोकेबमोजिम हुनेछ। आगामी आर्थिक वर्षदेखि…
Read More
खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

काठमाडौं। खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएकी हुन्। केही दिनअघि मात्रै तत्कालीन राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट हटाइएको थियो। उनको स्थानमा गर्बुजालाई नियुक्त गरिएको हो।
Read More
रास्वपाको आपत्ति : रवीन्द्र मिश्रप्रति राज्यको व्यवहार आपत्तिजनक

रास्वपाको आपत्ति : रवीन्द्र मिश्रप्रति राज्यको व्यवहार आपत्तिजनक

काठमाडौँ। प्रतिनिधिसभामा रास्वपा सांसद मनिष झाले राप्रपा सहअध्यक्ष रवीन्द्र मिश्रप्रति राज्यले गरेको दुव्र्यवहार प्रति घोर आपत्ति जनाएका छन्। उनले विचार नमेलिए पनि मिश्रप्रति गरिएको व्यवहार अस्वीकार्य रहेको भन्दै सच्याउन माग गरेका छन्।
Read More
झापाको बिर्तामोडमा राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुने

झापाको बिर्तामोडमा राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुने

बिर्तामोड। झापाको बिर्तामोडमा राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुने भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत आयोजकले उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताु गर्न लागिएको जानकारी दिनुभएको हो। प्रतियोगिता आगामी जेठ २ गतेदेखि ४ गतेसम्म बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन हुने आयोजकले जनाएको छ । बालबालिकाहरुलाई कुलतबाट बचाउन र दिमागको विकास गर्न प्रतियोगिताको आयोजना गरिएको आयोजक बिर्तामोड चेस क्लबका अध्यक्ष नारायण राईले बताउनु भयो । किरात याक्थुङ चुम्लुङ बिर्तामोडको सहआयोजनामा हुन लागेको प्रतियोगितामा १५० जनाभन्दा बढी राष्ट्रिय खेलाडीहरू सहभागी हुने चेस क्लबका खेल डाइरेक्टर ज्वाला इम्बुङले जानकारी दिए। सहआयोजक संस्थाका अध्यक्ष हिमालय कन्दङ्वाका अनुसार प्रतियोगितामा प्रथम हुनेले पुरस्कार ५१ हजार,…
Read More
शिरिषका फूलले सजिन थाल्यो उर्लाबारी ५ को पुष्प नगरी,आउन थाले टिकटक बनाउने युवा युवती

शिरिषका फूलले सजिन थाल्यो उर्लाबारी ५ को पुष्प नगरी,आउन थाले टिकटक बनाउने युवा युवती

उर्लाबारी। वसन्त ऋतुको आगमनसँगै उर्लाबारी ५ को पुष्प नगरी (हाटखोला) मा शिरिषका फूलहरू ढकमक्क फुल्न थालेका छन्। मधुमल्ला सडकखण्डको किनारामा फुलिरहेका यी शिरिषका फूलहरुले बिगत वर्ष झैँ यस वर्ष पनि वसन्तको रङ्गीनता थपेका छन्। उर्लाबारी ५ की बसन्ता देवी फागोको परिवारले रोपेका यि शिरिषका रुखहरू अहिले युवायुवतीहरूको आकर्षणको केन्द्र बनेका छन्। प्रेम र रोमान्सको प्रतीक वसन्त ऋतुमा, फुलिरहेका शिरिषका फूलहरूको छायाँमा तस्वीर खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जाल, विशेष गरी टिकटकमा अपलोड गर्ने युवाको लहर सुरु भएको छ। प्राकृतिक सौन्दर्यको अनुपम नमूना बनेको पुष्प नगरीमा अहिले दैनिक दर्जनौं युवायुवती पुग्न थालेका छन्। यसले स्थानीय पर्यटनलाई पनि टेवा पुर्याएको छ। शिरिषका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.