२०८२ आश्विन १, बुधबार २२:३१
२०८२ आश्विन १, बुधबार २२:३१
हेटौडा, अशोज १ गते । यही भदौ २४ गते जेन-जी युवा आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण हेटौडा उपमहानगरपालिकाका विभिन्न कार्यालयहरूमा व्यापक क्षति भएको छ। नगर प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष सबिन न्यौपानेका अनुसार नगरपालिकाको राजस्व शाखा, न्यायिक समिति, योजना महाशाखा, सूचना प्रविधि शाखा र स्वास्थ्य शाखा पूर्णरूपमा जलेर नष्ट भएका छन्। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख तथा उपप्रमुखको कार्यकक्षमा समेत तोडफोड र आगजनी भएको छ। नगरपालिकाका करिब ११ वटा साना सवारी साधन, २४ वटा मोटरसाइकल तथा स्कुटर जलेर नष्ट भएका छन्। साथै, एक टिफर, एक जेसीबी र एक सवारी साधनमा क्षति पुगेको छ। हेटौडा उपमहानगरपालिकाअन्तर्गतका वडा…