२०८३ श्रावण २२, शुक्रबार २२:२१
२०८३ श्रावण २२, शुक्रबार २२:२१
हेटौंडा, साउन २२ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकको सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले हत्या भएको आशंकामा विस्तृत अनुसन्धान अघि बढाएको छ। स्थानीयवासी च्याउ टिप्न जंगल गएको क्रममा सेतो बोराभित्र शव रहेको देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर क्षेत्रलाई सुरक्षित बनाएको थियो। त्यसपछि थप अनुसन्धान तथा प्रमाण संकलनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा डग (K-9) तथा SOCO (Scene of Crime Officer) सहितको विशेष टोली घटनास्थलमा परिचालन गरिएको…