झुटा मुद्दामा थुनिएका अभियन्ताहरु थुना मुक्त

हेटौंडा । हेटौंडा अस्पतालमा राखिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्डमाथी हेटौंडा अस्पतालको बोर्ड राखिएको कारण अभद्र व्यवहारको झुटो मुद्दा  लगाई थुनामा राखिएका अभियन्ताहरु थुना मुक्त भएका छन् । बिहीवार थुनामा परेका अभियन्ताहरुलाई शुक्रबार जिल्ला प्रशासन कार्यलयले धरौटीमा रिहा गरेको हो ।

सार्वजनिक सम्पत्ती हेटौंडा अस्पताललाई जीवन्त राख्नुपर्छ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छुट्टै बिकास गर्नुपर्छ भन्दै बिगत लामो समयदेखी नै आन्दोलनरत हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान समितिका संयोजक विशालराज महत सहित ६ जनालाई जिल्ला प्रहरी कार्यलय मकवानपुरले बिहीवार थुनामा राखिएको थियो । राम्रो कार्य गर्दागर्दै चैत्र ३१ गते प्रतिष्ठानको बोर्डमाथी अस्पतालको बोर्ड राख्नु गलत हो भन्दै प्रतिष्ठान र पार्टीको दबाबमा पक्राउ गरिएका अभियन्ताहरुलाई रिहा गर्न माग गर्दै एमाले बाहेक अन्य पार्टी, संघसंस्था र संगठनका सचेत नागरिकहरुले बिहिवार बेलुका चक्काजाम गर्नुका साथै शुक्रबार बिहान सिडियो कार्यलय घेराउ गरेका छन् ।

दिनप्रतिदिन आन्दोलन चर्किँदै जाने भएपछी ५ दिनका लागि म्याद थप गरि थुनामा राखिएका अभियन्ताहरुलाई जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनही रु. ७०० धरौटीमा रिहा गर्न आदेश दिएपछी जिल्ला प्रहरी कार्यलय मकवानपुरले शुक्रबार दिउँसो रिहा गरेको छ । थुनामा राखिएका अभियन्ताहरु थुना मुक्त भएपछी हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानलाई साथ र समर्थन जनाउने सम्पूर्ण पार्टी, संघसंस्था र संगठनका नेतृत्वले खादामाला र अबिर लगाई स्वागत गर्दै बधाई दिएका छन् ।

स्वागत तथा बधाई मन्तव्य राख्दै अभियानले बल्ल एउटा आधिकारिक खुट्किलो पार गरेको छ अब उप्रान्त हेटौंडा अस्पतालबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अलग नभएसम्म जस्तोसुकै कदम चाल्न पनि तयार हुने भनी विभिन्न पार्टीका नेताहरुले प्रतिबद्धता जनाएका छन् । साथै थुना मुक्त भएका अभियन्ताहरुले अभियानलाई निरन्तर जारी राख्ने प्रतिबद्धता सहित साथ दिने सम्पूर्ण पार्टीपंक्ति, संघसंस्था, संगठन र आम नागरिकलाई धन्यवाद दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.