पेट्रोलियम पदार्थको मूल्य घट्यो,हवाई इन्धनमा पनि राहत

काठमाडौं। आम उपभोक्तालाई राहत हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले हिजो एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा फेर बदल गरिएको जानकारी दिएको हो।

बिहीबारदेखि लागू हुनेगरी पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले कमी आएको छ। यसैगरी, डिजेल र मट्टितेलको मूल्यमा पनि प्रतिलिटर १/१ रुपैयाँले घटाइएको छ। हवाई इन्धनको मूल्यमा पनि निगमले उल्लेख्य कटौती गरेको छ। आन्तरिक उडानका लागि हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंको लागि प्रति किलोलिटर २९ अमेरिकी डलरले मूल्य घटेको छ। निगमले पोखरा र भैरहवाका लागि हवाई इन्धनको बिक्री मूल्य ब्रेक इभन प्वाइन्टमा कायम गरिएको जनाएको छ।

यद्यपि, खाना पकाउने ग्यास (एलपिजी) को खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले स्पष्ट पारेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावलाई मध्यनजर गर्दै निगमले यो निर्णय लिएको हो। मूल्य घटेपछि उपभोक्ताले केही हदसम्म राहत महसुस गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.