अदालतमा भएको आगजनि प्रति सर्वोच्चको दुःख, भदौ २९ देखि बन्दी प्रकरण दर्ता र सुनुवाइ हुने

काठमाडौँ, भदौ २६ गते । सर्वोच्च अदालतले हालै भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको सर्वोच्चले न्यायिक संरचनामाथि भएको आगजनि, ढुंगामुढा, तोडफोड र लुटपाटका घटनाप्रति गहिरो चिन्ता र दुःख प्रकट गरेको छ।

सर्वोच्च अदालतसहित देशभरका अदालत भवनमा भएको क्षतिको कारण नेपालका न्यायिक इतिहासका महत्त्वपूर्ण दस्तावेजहरू करिब नष्ट हुन पुगेको उल्लेख गर्दै सर्वोच्चले नागरिकहरूको सम्पत्ति जोगाउन खटिएका न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी, कानुन विद्यार्थी, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई आभार प्रकट गरेको छ।

अदालतका अनुसार विषम परिस्थितिमा पनि संविधानले दिएको दायित्व निर्वाह गर्दै नागरिकको मौलिक हक र न्याय प्राप्त गर्ने अधिकारलाई सुरक्षित राख्ने अडान लिएको छ। सोही क्रममा आगामी भदौ २९ गते आइतबारदेखि बन्दी प्रकरणका निवेदन दर्ता र नियमित सुनुवाइ पुनः सुरु गर्ने निर्णय गरेको सर्वोच्चले स्पष्ट पारेको छ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह रावतद्वारा जारी विज्ञप्तिमा भविष्यमा पनि सबैको निरन्तर सहभागिता अपेक्षा गरिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.