“मकवानपुर राक्सिराङमा २२ वर्षीया चेपाङ सुत्केरी महिलामाथि बलात्कार, दुई महिनाको शिशु बोकेर मानव अधिकारकर्मीको साथमा प्रहरीमा उजुरी”

मकवानपुर, भदौ २९ गते । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–१, इन्द्रुङकी २२ वर्षीया सुत्केरी महिला बलात्कारको शिकार भएकी छन्। गत बिहीबार राति भएको उक्त घटनापछि पीडित महिला आफ्नै दुई महिनाको शिशु बोकेर न्यायको खोजीमा प्रहरीसम्म पुगेकी हुन्।

पीडित महिलाका अनुसार, घटना भएको बेलामा उनका श्रीमान अशक्त अवस्थामा रहेका थिए। उनीहरुलाई बाँधेर आफूलाई जबरजस्ती बलात्कार गरिएको उनले बताएका छन्। असोज ५ गते पहिलो सन्तान जन्माएकी ती महिलाले सुत्केरी अवस्थामा संरक्षण र विश्राम पाउनुपर्ने बेला यस्तो घटना भोग्नुपरेको अवस्था उनले बताएकी छन्।

परिचयपत्रको अभावले उजुरीमा जटिलता

पीडितसँग नागरिकता, जन्मदर्ताजस्ता आधारभूत परिचय कागजात नभएकाले उजुरी प्रक्रियामा जटिलता आएको छ। मानव अधिकारकर्मी र स्थानीय महिलाको रोहबरमा मात्र उनले प्रहरीमा जाहेरी दिन सक्ने अवस्था बनेको हो।

स्थानीय वडाध्यक्षको भनाइ

स्थानीय वडाध्यक्ष बाबुराम मोक्तानका अनुसार घटनामा संलग्न हुनसक्ने शंकास्पद व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ। “शंकास्पद हुलियाका आधारमा अनुसन्धान अघि बढेको छ, दोषी प्रमाणित हुनेमाथि कानुनी कारबाही हुन्छ,” वडाध्यक्ष मोक्तानले बताए।

संरक्षणमा पीडित महिला

हाल पीडित महिला माइती नेपाल मकवानपुरको संरक्षणमा रहेकी छन्। घटनापछि मानसिक र शारीरिक पीडामा परेकी उनलाई आवश्यक सहयोग र उपचार उपलब्ध गराउन प्रयास भइरहेको अधिकारकर्मीहरूले बताएका छन्।

राहत

राक्सिराङ गाउँपालिकाले तत्काल राहतस्वरूप दाल, चामल, नून, लत्ता–कपडा र टहराका लागि त्रिपाल उपलब्ध गराएको छ।

समुदायको पीडा

पीडित महिला चेपाङ समुदायकी हुन्। शिक्षादेखि स्वास्थ्य र रोजगारीसम्ममा पछाडि पारिएको चेपाङ समुदायमा यसरी निरन्तर उत्पीडन र हिंसाका घटनाहरू भइरहँदा राज्य र जिम्मेवार निकायको ध्यान पुग्नुपर्ने देखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.