हेटौंडा, कात्तिक २१ गते । स्थायी लेखा नम्बर (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ। आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्डसहित कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट नै उपलब्ध हुने व्यवस्था गरिएको जनाएको छ।
यसअघि करदाता सेवा कार्यालय मार्फत मात्र प्यान कार्ड प्रदान गर्ने व्यवस्था थियो। तर हाल ती करदाता सेवा कार्यालयहरू खारेज गरिएसँगै कर प्रशासनको सेवा स्थानीय तह-मार्फतै सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको विभागले जनाएको छ।
यस कदमले करदातालाई आफ्नै नजिकको स्थानीय तहबाट प्यान कार्ड र अन्य करसम्बन्धी सेवा लिन सहजता मिल्ने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 148














