मकवानपुरमा ३० बिगाहाभन्दा बढी क्षेत्रफलमा अवैध गाँजा खेती फडानी

मकवानपुर, कात्तिक २१ गते । मकवानपुर जिल्लाको उत्तरी भेगका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजाको खेती प्रहरीले फडानी गरेको छ।

Photo by Jilla prahari karyalaya Makawanpur

जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेटौडा मकवानपुरबाट संयुक्त रूपमा खटिएको १०२ जनाको टोलीले यहि असोज १७ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको विशेष अभियान मार्फत उक्त फडानी गरेको हो।

Photo by Jilla prahari karyalaya Makawanpur

प्रहरीका अनुसार राक्सीराङ गाउँपालिका अन्तर्गतका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाका सातकन्या, खैरेनी, लागु, जोइटी तथा भिमफेदी गाउँपालिकाका भदौरे, ज्यार्बु लगायतका विभिन्न वडाहरूमा गरी करिब ३० बिगाहा १० कठ्ठा क्षेत्रफलमा लगाइएका गाँजाका बोट र बेर्ना फडानी गरी नष्ट गरिएको हो।

Photo by Jilla prahari karyalaya Makawanpur

प्रहरीले गाँजाको खेती नियन्त्रणमा कडाइका साथ कारबाही अभियान निरन्तर जारी रहने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.