हेटौँडा, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी साधन सञ्चालनमा कडाइ गरेको छ।
आज मिति २०८२ साल फागुन २१ गते भइरहेको निर्वाचनका क्रममा अत्यावश्यक सेवा तथा सहरी अनुमति प्राप्त सवारी साधनहरू बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। मतदान कार्य सम्पन्न भएपछि मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलसम्म पुर्याउन सहज बनाउन मध्यराति १२ बजेसम्म उक्त व्यवस्था लागू रहने जनाइएको छ।
जिल्ला सुरक्षा समितिले अत्यावश्यक सेवा तथा सवारी अनुमति प्राप्त सवारी साधनहरू बाहेक अन्य कुनै पनि सवारी साधन सञ्चालन नगर्न तथा नगराउन सबैलाई अनुरोध गरेको छ। प्रशासनले निर्वाचन सुरक्षामा सहयोग गर्न सर्वसाधारणको सहकार्य अपरिहार्य रहेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी सुचना यस्तो छ हेर्नुहोस् !















