उपमेयर सुनिता डंगोल को आह्वान: काठमाडौँमा स्तन तथा सर्भाइकल क्यान्सरको निःशुल्क परीक्षण सुरु

काठमाडौँ, चैत १७ गते । काठमाडौँ महानगरपालिकाले स्तन तथा पाठेघरको मुख (सर्भाइकल) क्यान्सरको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ। महानगरपालिकाले महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यो अभियान सञ्चालनमा ल्याएको हो।

महानगरकी उपमेयर सुनिता डंगोल ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै क्यान्सर समयमै पत्ता लागे उपचार सम्भव हुने भएकाले नियमित जाँच गराउन सबै महिलालाई आग्रह गरेकी छन्। विशेषगरी ३० देखि ६० वर्ष उमेर समूहका महिलाले प्रत्येक पाँच वर्षमा कम्तीमा एक पटक परीक्षण गराउनु आवश्यक रहेको उनले उल्लेख गरेकी छन्।

यस कार्यक्रम अन्तर्गत इच्छुक महिलाले आफ्नो वडा स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गई नाम दर्ता गराउन सक्नेछन्। दर्ता पश्चात् तोकिएको मितिमा वीर अस्पतालमा पुगेर निःशुल्क परीक्षण सेवा लिन सकिने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ।

उपमेयर डंगोलले “आफ्नो स्वास्थ्यलाई पछि नपारौँ, सचेत बनौँ र समयमै जाँच गरौँ” भन्ने सन्देश दिँदै क्यान्सर विरुद्धको लडाइँमा सबैको सहभागिता आवश्यक रहेको बताएकी छन्।

महानगरपालिकाको यो पहलले समयमै रोग पहिचान गरी उपचारमा सहजता ल्याउने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उपमेयर सुनिता डंगोल को आह्वान: काठमाडौँमा स्तन तथा सर्भाइकल क्यान्सरको निःशुल्क परीक्षण सुरु

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

उपमेयर सुनिता डंगोल को आह्वान: काठमाडौँमा स्तन तथा सर्भाइकल क्यान्सरको निःशुल्क परीक्षण सुरु

अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु

उपमेयर सुनिता डंगोल को आह्वान: काठमाडौँमा स्तन तथा सर्भाइकल क्यान्सरको निःशुल्क परीक्षण सुरु

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

उपमेयर सुनिता डंगोल को आह्वान: काठमाडौँमा स्तन तथा सर्भाइकल क्यान्सरको निःशुल्क परीक्षण सुरु

बकैया गाउँपालिका–४ मा सडक निर्माणका लागि जुरेली–सिमात खण्ड अनिश्चितकालका लागि बन्द

उपमेयर सुनिता डंगोल को आह्वान: काठमाडौँमा स्तन तथा सर्भाइकल क्यान्सरको निःशुल्क परीक्षण सुरु

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

उपमेयर सुनिता डंगोल को आह्वान: काठमाडौँमा स्तन तथा सर्भाइकल क्यान्सरको निःशुल्क परीक्षण सुरु

राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.