शैक्षिक संस्थामा दुर्व्यवहारविरुद्ध ‘शून्य सहनशीलता’ नीति: सस्मित पोखरेलद्वारा विशेष गुनासो संयन्त्र घोषणा

काठमाडौँ,चैत २५ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार तथा शोषणविरुद्ध ‘शून्य सहनशीलता’ (Zero Tolerance) नीति अङ्गीकार गरिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री पोखरेलले विद्यार्थीहरूले भोग्नुपरेका उत्पीडन तथा दुर्व्यवहारका घटनालाई गम्भीरतापूर्वक लिइने उल्लेख गरेका छन्। यस्ता घटनामा प्रत्यक्ष रूपमा गुनासो सुन्ने र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अघि बढाउने उद्देश्यले विशेष संयन्त्र सञ्चालनमा ल्याइएको उनले बताएका छन्।

मन्त्री पोखरेलका अनुसार गुनासो गर्ने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिनेछ। यसका लागि विद्यार्थीहरूलाई निर्धक्क भएर उपलब्ध गराइएको अनलाइन लिंकमार्फत आफ्नो विवरण पेश गर्न आह्वान गरिएको छ।

सुरक्षित, मर्यादित र भयरहित शैक्षिक वातावरण निर्माण गर्ने सरकारको अभियानमा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.