वैदेशिक रोजगार विभागको नयाँ सुविधा : अब जन्ममिति र पासपोर्ट जारी मितिबाटै FEIMS पासपोर्ट रिसेट गर्न सकिने

काठमाडौं,जेठ १ गते । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीहरूको सहजताका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा नयाँ सुविधा थप गरेको जनाएको छ। विभागका अनुसार श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिने क्रममा धेरै सेवाग्राहीले आफ्नो पासपोर्ट विवरण बिर्सिएर प्रोफाइलमा लगइन गर्न समस्या भोग्दै आएका थिए।

उक्त गुनासोलाई सम्बोधन गर्दै अब सेवाग्राही स्वयंले आफ्नो जन्ममिति (Date of Birth) र राहदानी जारी मिति (Passport Issue Date) प्रयोग गरी “Passport Reset” गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

त्यस्तै, सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै गन्तव्य मुलुकको कम्पनीको नाम समेत आफैंले प्रणालीमा थप (Company Adding) गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ। विभागले कम्पनीको नाम थप गर्दा वैदेशिक रोजगारीसँग सम्बन्धित आधिकारिक कागजातमा उल्लेख भएको कम्पनीको नाम मात्र प्रयोग गर्न अनुरोध गरेको छ।

विभागले आफ्नो प्रोफाइल सुरक्षित राख्न राहदानी (Passport) को फोटो अन्य व्यक्तिलाई उपलब्ध नगराउन समेत आग्रह गरेको छ। साथै प्रणालीको दुरुपयोग हुन नदिन व्यक्तिगत विवरण गोप्य राख्न सेवाग्राहीलाई सचेत गराइएको छ।

FEIMS प्रणालीमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरूले श्रम स्वीकृतिसम्बन्धी सेवा अनलाइनबाट प्राप्त गर्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

वैदेशिक रोजगार विभागको नयाँ सुविधा : अब जन्ममिति र पासपोर्ट जारी मितिबाटै FEIMS पासपोर्ट रिसेट गर्न सकिने

वैदेशिक रोजगार विभागको नयाँ सुविधा : अब जन्ममिति र पासपोर्ट जारी मितिबाटै FEIMS पासपोर्ट रिसेट गर्न सकिने

वैदेशिक रोजगार विभागको नयाँ सुविधा : अब जन्ममिति र पासपोर्ट जारी मितिबाटै FEIMS पासपोर्ट रिसेट गर्न सकिने

हेटौंडा–५ पिप्ले सडक विस्तारमा गुणस्तरमाथि प्रश्न : केही महिनामै खाल्टाखुल्टी, सामाजिक अभियन्ता विशालराज महतको आक्रोश

वैदेशिक रोजगार विभागको नयाँ सुविधा : अब जन्ममिति र पासपोर्ट जारी मितिबाटै FEIMS पासपोर्ट रिसेट गर्न सकिने

सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति मनहरी गाउँपालिकाको आपत्ति, सिमेन्ट सहयोग सामाजिक उत्तरदायित्वअन्तर्गत भएको स्पष्ट

वैदेशिक रोजगार विभागको नयाँ सुविधा : अब जन्ममिति र पासपोर्ट जारी मितिबाटै FEIMS पासपोर्ट रिसेट गर्न सकिने

हेटौंडाका विद्यालयमा अब शनिबार र आइतबार बिदा, अन्य दिन नियमित पठनपाठन सञ्चालन हुने

वैदेशिक रोजगार विभागको नयाँ सुविधा : अब जन्ममिति र पासपोर्ट जारी मितिबाटै FEIMS पासपोर्ट रिसेट गर्न सकिने

हेटौंडा–४ लाई कच्ची सडक, खाल्टाखुल्टी र ढुवानमुक्त बनाउने अभियान तीव्र, विभिन्न सडक स्तरीकरणका लागि बोलपत्र आह्वान

वैदेशिक रोजगार विभागको नयाँ सुविधा : अब जन्ममिति र पासपोर्ट जारी मितिबाटै FEIMS पासपोर्ट रिसेट गर्न सकिने

मूल्य समायोजन नगरे देशभरका निर्माण कार्य बन्द हुने निर्माण व्यवसायी सङ्घ मकवानपुरको चेतावनी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.