हेटौंडा,जेठ १५ गते। हेटौंडा उपमहानगरपालिका–७ स्थित तासिर अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक विद्यार्थी शिक्षकको कुटपिटपछि गम्भीर घाइते भएको घटना सार्वजनिक भएको छ।
स्थानीयका अनुसार १२ वर्षीय सबिर भुजेल विद्यालयका सामाजिक विषय शिक्षक अच्युत ओझाबाट कुटपिट भएको भनिएको घटनापछि गम्भीर घाइते भएका हुन्। जेठ ७ गते विद्यालयबाट घर फर्किएपछि उनलाई टाउको दुख्ने समस्या देखिएको र अवस्था बिग्रिँदै गएपछि उनी थला परेको बताइएको छ।
घटनापछि बालकको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि परिवारले उनलाई उपचारका लागि अस्पताल पुर्याएको बुझिएको छ। घटनाबारे विद्यालय प्रशासन तथा सम्बन्धित पक्षबाट आधिकारिक जानकारी आउन बाँकी छ।
प्रतिकृया दिनुहोस्
Post Views: 37














