नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि खुलामञ्चमा बस्ने

काठमाडौं, असोज १८ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि असोज १९ गते काठमाडौंको खुलामञ्चमा बस्ने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन बीपीनगर ललितपुरले जारी गरेको सूचनाअनुसार बैठक बिहान ठीक १० बजे पार्टीको १५औँ महाधिवेशन स्थल खुलामञ्चमा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेका हुन्। बैठकमा पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित विषयलगायत समसामयिक सांगठनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.