प्रधानमन्त्री बालेनको भारत भ्रमणमा राष्ट्रघात भएको माओवादीको आरोप, आन्दोलनमा उत्रिन आह्वान

काठमाडौं, मंसिर ११ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो भारत भ्रमणका क्रममा नेपालको राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएको लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा मौन बसेको भन्दै आपत्ति जनाएको छ। पार्टीले प्रधानमन्त्रीको उक्त मौनतालाई राष्ट्रघातको संज्ञा दिँदै त्यसविरुद्ध सशक्त आन्दोलनमा उत्रिन युवा, विद्यार्थी, मजदुर तथा किसानलाई आह्वान गरेको छ।

पार्टीका महासचिव क. गौरवद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा लिपुलेक र लिम्पियाधुरामाथि नेपालको दाबीलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न नसकेको आरोप लगाइएको छ। विज्ञप्तिमा भारतीय पक्षले लिपुलेक क्षेत्र भारत र चीनबीचको सीमा रहेको तथा त्यहाँ नेपालको कुनै विवाद नरहेको दाबी गरिरहेको अवस्थामा प्रधानमन्त्री शाहले यस विषयमा स्पष्ट धारणा राख्न नसकेको उल्लेख गरिएको छ।

लिपुलेक र लिम्पियाधुरा नेपाल र भारत दुवैको प्रशासनिक नक्सामा रहेको विषयलाई स्मरण गराउँदै माओवादीले सीमा विवादलाई दुई देशबीचको कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिप्रति पनि पार्टीले असन्तुष्टि जनाएको छ। विज्ञप्तिमा प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धलाई हिमालझैँ अटल र महासागरझैँ विशाल भन्दै भगवान् श्रीराम र माता जानकीको प्रसङ्गमार्फत ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धको चर्चा गरे पनि नेपालको सार्वभौमिकता र सीमा विवादको विषयलाई प्राथमिकतामा नराखेको आरोप लगाइएको छ।

देशको सार्वभौमिकतासँग जोडिएको विषयमा सम्बन्धित देशको भ्रमणकै क्रममा प्रधानमन्त्री मौन रहनु सामान्य विषय नभएको माओवादीको ठहर छ। कूटनीतिमा मौनताको पनि अर्थ हुने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘भारतमा कुनै र्‍यापर होइन, नेपालको प्रधानमन्त्री गएका थिए। गम्भीर विषयमा मौन बस्ने पनि र्‍यापर होइन, नेपालको प्रधानमन्त्री हुन्।’

त्यस्तै, भारतसँगको आर्थिक सहयोग, रेल सञ्चालन, ऊर्जा व्यापार तथा विकास साझेदारीले नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन सक्ने भए पनि आर्थिक तथा प्राविधिक सहयोगका नाममा देशको भूभागसँग सम्झौता गर्न नसकिने पार्टीको धारणा छ।

प्रधानमन्त्री शाहको मौनताले विभिन्न आशङ्का उत्पन्न गराएको उल्लेख गर्दै माओवादीले आर्थिक तथा प्राविधिक सहयोगको लोभमा लिपुलेक र लिम्पियाधुराको भूभागसँग सम्झौता गरिएको हो कि भन्ने प्रश्न उठाएको छ। विज्ञप्तिमा यसलाई राष्ट्रघातको संज्ञा दिँदै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको भनिएको व्यवहारप्रति गम्भीर आपत्ति जनाइएको छ।

माओवादीले प्रधानमन्त्री शाहको उक्त कदमविरुद्ध सशक्त आन्दोलनमा सहभागी हुन सम्पूर्ण युवा, विद्यार्थी, मजदुर तथा किसानलाई हार्दिक अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा राष्ट्रघात भएको माओवादीको आरोप, आन्दोलनमा उत्रिन आह्वान

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा राष्ट्रघात भएको माओवादीको आरोप, आन्दोलनमा उत्रिन आह्वान

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा राष्ट्रघात भएको माओवादीको आरोप, आन्दोलनमा उत्रिन आह्वान

हेटौँडा–१० मा स्ट्रीट फुड क्षेत्र निर्माण अन्तिम चरणमा, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा राष्ट्रघात भएको माओवादीको आरोप, आन्दोलनमा उत्रिन आह्वान

हेटौंडामा ट्रकको चक्काले किच्दा मोटरसाइकलमा सवार ६४ वर्षीया महिलाको मृत्यु, श्रीमान् घाइते

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा राष्ट्रघात भएको माओवादीको आरोप, आन्दोलनमा उत्रिन आह्वान

विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही निर्वाचित, युवा नेतृत्व र सामाजिक रूपान्तरणलाई प्राथमिकता

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा राष्ट्रघात भएको माओवादीको आरोप, आन्दोलनमा उत्रिन आह्वान

हेटौंडाको द डोर होटलमा मध्यराति आगलागी, ४३ लाख रुपैयाँ बराबरको क्षति

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा राष्ट्रघात भएको माओवादीको आरोप, आन्दोलनमा उत्रिन आह्वान

माओवादी मकवानपुरद्वारा १२औँ पार्टी पुनर्गठन दिवस र २६औँ जनमुक्ति सेना स्थापना दिवस मनाइयो, आश्रमलाई सहयोग हस्तान्तरण

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.