ईतिहासमै पहिलो रेकर्ड बिश्वका खेलाडीसंग प्रतिस्पर्धा गर्न मलेसिया उडे अनाथ बालबालिका

काठमाडौं। ईतिहासमैपहिलो पटक विश्वका खेलाडीहरुसंग प्रतिस्पर्धा गर्न अनाथ बालबालिका मलेसिया प्रस्थान गरेका छन । उर्लाबारी ७ नमुना बालगृहका भाईबैनीहरु १६ औ अन्तर्राष्ट्रिय योग खेल्कुद प्रतियोगितामा भाग लिन बिहिबार मलेसिया प्रस्थान गरेका हुन ।

गत फागुन १० गते काठमाडौको टोखामा भएको छैटौं राष्ट्रिय योग प्रतियोगितामा चम्किएर देशको गौरव बढाएका बालगृहका पाँच अनाथ बालबालिकाहरू विश्वस्तरको प्रतिस्पर्धामा भाग लिन मलेसिया प्रस्थान गरेका हुन । बिहिवार उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विशेष शुभकामनासहित बिदाइ गरेका थिए ।

छैटौं राष्ट्रिय योग प्रतियोगितामा २ स्वर्ण, ३ रजत र १ कांस्य पदक जितेका यी भाईबहिनीहरू अब मलेसियाको क्वालालम्पुरमा चैत्र २६ र २७ गते आयोजना हुने १६औं विश्व योग खेलकुद प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छन । उनीहरू बिहीबार अपरान्ह ४:३० बजेको उडानबाट मलेसिया प्रस्थान गरेका हुन्।

उनीहरूलाई बिदाई गर्दै मुख्यमन्त्री कार्कीले बालबालिकाहरूको आत्मविश्वास,क्षमता र अनुशासनप्रति प्रशंसा व्यक्त गर्नुको साथै सफलताको शुभकामना दिएका थिए।

सामान्यतया आर्थिक अभावका कारण आफ्नो प्रतिभा अन्तर्राष्ट्रिय स्तरमा देखाउन नसक्ने बालबालिकाहरूलाई यसपटक भने उर्लाबारी नगर हङकङ परिवार र विभिन्न सामाजिक संस्था तथा सहयोगी मनहरूले साथ दिएका छन्। उनीहरूको अथक मेहनत, लगनशीलता र आत्मविश्वासलाई हेर्दा प्रतियोगिताबाट ऐतिहासिक सफलता हासिल हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.