जसपा नेपाल मकवानपुरले पूर्व अध्यक्ष घलानलाई पार्टी विरोधी कार्य नगर्न सचेत

हेटौडा। जनता समाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरले आफ्नो प्रथम ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने र समर्थन रहने पार्टी निकट केन्द्रीय समिति,प्रदेश समिति,तामसालिङ राष्ट्रिय समिति,जिल्ला स्थानीय तह,जनवर्गीय संगठनहरू साथै जिल्लागत रूपमा निर्वाचित कार्यसमितिमा रहेका सम्पूर्ण सदस्यहरूलाई प्रेस विज्ञप्ति मार्फत धन्यवाद ज्ञापन गरेको छ।

जसपा नेपाल मकवानपुरले आज एक प्रेस विज्ञप्ति मार्फत आफ्नो प्रथम ऐतिहासिक जिल्ला अधिवेशनलाई सम्पन्न गर्न सहयोग गर्ने सबै व्यक्ति र पार्टी निकटम सबैलाई एक प्रेस विज्ञप्ति मार्फत धन्यवाद ज्ञापन गरेको हो।

साथै जिल्ला अधिवेशन पश्चात पनि पूर्व अध्यक्ष सोमबहादुर घलानले पार्टीमा गम्भीर आघात पुर्याउने षड्यन्त्रका साथ निरन्तर रुपमा सामाजिक सञ्जाल मार्फत शीर्ष केन्द्रीय सचिवालय नेताहरूको मानमर्यादा,पार्टीको झण्डा,ब्यानर,छाप र लेटर प्याड दुरुपयोग गर्ने जस्ता अत्यन्तै गैर जिम्मेवारी अझ भनौं पार्टीको विधान विपरीत गतिविधिहरू निरन्तर गर्दै आइरहेको कुरामा जिल्ला पार्टी मकवानपुरले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

जिल्ला पार्टी मकवानपुरले विनम्रता अनुरोध पनि गरेको छ कि अब देखि कुनै पनि किसिमका अमर्यादित पार्टी विपरीत कार्यहरू नगर्न नगराउन सम्बन्धित व्यक्तित्वलाई अर्थात् पूर्व अध्यक्ष घलानलाई सचेत पनि गराएको छ। यदि पार्टीलाई आघात पुग्ने गैर जिम्मेवारी कार्यहरू कुनै पनि गरिएमा वा विधान विरोधी गैरकानुनी कुनै पनि गतिविधिलाई जसपा नेपाल मकवानपुरले पार्टीको विधानको रक्षाको लागि जस्तोसुकै कानुनी प्रक्रिया चाल्ने विषयमा अघि बढ्ने कुरा प्रेस विज्ञप्ति मार्फत सम्बद्ध सम्बन्धित व्यक्तिलाई विशेष सूचीत गरेको छ।

जसपा नेपाल मकवानपुरका पूर्व अध्यक्ष घलानलाई पार्टी विपरीत गैरकानुनी गतिविधि गरेको भनी यस अघि नै जिल्ला मकवानपुरको साधारण सदस्य नै नरहने गरी पार्टीबाट निलम्बन गरिएको थियो।

जसपा नेपाल मकवानपुरको प्रेस विज्ञप्ति हेर्नुहोस्। 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जसपा नेपाल मकवानपुरले पूर्व अध्यक्ष घलानलाई पार्टी विरोधी कार्य नगर्न सचेत

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

जसपा नेपाल मकवानपुरले पूर्व अध्यक्ष घलानलाई पार्टी विरोधी कार्य नगर्न सचेत

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

जसपा नेपाल मकवानपुरले पूर्व अध्यक्ष घलानलाई पार्टी विरोधी कार्य नगर्न सचेत

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

जसपा नेपाल मकवानपुरले पूर्व अध्यक्ष घलानलाई पार्टी विरोधी कार्य नगर्न सचेत

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

जसपा नेपाल मकवानपुरले पूर्व अध्यक्ष घलानलाई पार्टी विरोधी कार्य नगर्न सचेत

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

जसपा नेपाल मकवानपुरले पूर्व अध्यक्ष घलानलाई पार्टी विरोधी कार्य नगर्न सचेत

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.