मकवानपुर । ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवाग्राहीलाई अनावश्यक तनाब दिने बचतकर्ताको बचत फिर्ता नगर्ने जस्ता कार्य गरेको पाइएको छ । सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेडसँग एकीकरण गरेको एक वर्ष बित्न पाउँदा नपाउँदै ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा यस्तो समस्या देखा परेको हो ।

सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेड ज्योतिमा मर्च हुनुपूर्व भएका सेवाग्राहीको ऋण मर्च भैसकेपछी बढी देखाएको छ । सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेडको पूर्व सेवाग्राहीलाई पत्र मार्फत समयमै सबै कर्जा चुक्ता नगरे घरजग्गा रोक्का गर्ने, घरको जायजेथा जफत गर्ने भनी ठाडो चेतावनी समेत दिएको पाइन्छ । पत्रमा ऋण, ब्याज र हर्जना केकती छ भन्ने कुरा नखुलाएर सिधै एक हप्ताभित्र चुक्ता नगरे कानुनी रुपमा अघि बढ्ने, पत्रपत्रिकामा नाम प्रकाशन गर्ने भनी डर देखाएको छ । त्यस्तै ज्योति ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आफ्नै सेवाग्राही तथा बचतकर्तालाई बचत फिर्ता नगरेको पाइएको छ । बचत कर्ताले पटकपटक बचत फिर्ताको माग गर्दै अफिस धाउँदा पनि संस्थाले कुनै चासो नदिएको र पछि आउनुस भनी टार्दै गरेको भन्ने बचतकर्ताको गुनासो छ ।

साथै बचत संकलनको लागि आउने कर्मचारी पनि पछिल्लो समयमा नआएको र सम्पर्क विहिन भएको जानकारी पनि बचतकर्ता मार्फत आएको छ । संस्थाका म्यानजरले सेवाग्राहीलाई पटकपटक फोन गरेर डर धम्की दिने र कलब्याक गर्दा फोन अफ गरि सम्पर्क विहिन भएको गुनासो पनि आएको छ । संस्था सन्चालन समितीका अध्यक्ष नारायण आचर्य पनि अफिसमा आएर सेवाग्राहीको माग सम्बोधन गरि मिलाउनेतिर नलागी फोनमा बोलेर मात्रै टार्न खोजिरहेको भनी रिपोर्ट आएको छ । कतै सकेसम्म सेवाग्राहीबाट कर्जा सबै संकलन गर्ने र बचतकर्ताको बचत फिर्ता नगरी कुम्ल्याएर भाग्ने पो हो कि भन्ने आशंका पनि बचतकर्ताले गरेका छन् ।
पत्रको ढाँचा …















