हेटौंडा। ताम्सालिङ राष्ट्रिय समिति जसपा नेपालले गएको वैशाख २ गतेका दिन एक ध्यानाकर्षण पत्र मार्फत प्रथम ऐतिहासिक मकवानपुर जिल्ला अधिवेशनबाट सर्वसहमत निर्वाचित भएका अध्यक्ष उत्तम गोम्जाको नेतृत्वमा रहेको कार्यसमिति नै आधिकारिक भएको जानकारी गराइएको छ।
गएको चैत्र १६ गतेका दिन सम्पन्न भएको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट चुनिएका अध्यक्ष गोम्जाको नेतृत्वमा रहेको कार्यसमिति नै आधिकारिक भएको एक ध्यानाकर्षण पत्र मार्फत राष्ट्रिय ताम्सालिङ समितिले उल्लेख गरेको हो।
गएको चैत्र ३१ गते निज निष्कासित सोमबहादुर घलानले जसपा नेपाल मकवानपुर जिल्ला अध्यक्ष हुँ भन्दै जारी गरेको विज्ञप्तिमा पार्टीको लेटर,प्याड,छाप र झन्डा इत्यादि दुरुपयोग गर्दै विधान विपरीत कार्य गरेको प्रति ताम्सालिङ राष्ट्रिय समिति जसपा नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। साथै पार्टी विधान विपरीत कुनै पनि गैरकानुनी जिम्मेवारी तुरुन्त बन्द गर्न वा सो कार्य नदोहोर्याउन सम्बन्धित व्यक्तिलाई सचेत पनि गराइएको छ।
यदि पार्टीलाई आघात पुर्याउने कुनै पनि क्रियाकलापहरू गरिएमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढ्ने सम्बद्ध व्यक्तिलाई एक ध्यानाकर्षण पत्र मार्फत जानकारी गराईएको छ।
निवर्तमान अध्यक्ष सोमबहादुर घलानलाई यसअघि नै जसपा नेपाल मकवानपुरले साधारण सदस्य पनि नरहने गरी कारबाहीमा पारी पार्टीबाट निष्कासन गरिसकेको छ।
ताम्सालिङ राष्ट्रिय समिति,जसपा नेपालले निकालेको ध्यानाकर्षण पत्र हेर्नुहोस्।
















