मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दियो,पछाडि सवार महिलाको मृत्यु

मोरङ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जना महिलाको मृत्यु भएको छ । १ जना पुरुष घाइते भएका छन् ।

झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को १ ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई अहिले केही बेरअघि ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए । उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको छ ।

उदयपुरको बेलका नगरपालिका–४ घर भएकी अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको जानकारी डीएसपी दाहालले दिए ।

दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगरतर्फ पठाइएको डीएसपी दाहालले बताए ।

मृतक र घाइते दिदी–भाइ रहेको प्रहरीको भनाइ छ । दुर्घटनालगत्तै बस र चालक झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय सुमनलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी दाहालले दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दियो,पछाडि सवार महिलाको मृत्यु

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दियो,पछाडि सवार महिलाको मृत्यु

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दियो,पछाडि सवार महिलाको मृत्यु

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दियो,पछाडि सवार महिलाको मृत्यु

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दियो,पछाडि सवार महिलाको मृत्यु

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दियो,पछाडि सवार महिलाको मृत्यु

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.