राप्ती खबर

1257 Posts
उर्लाबारीमा खानेपानी सेवा सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

उर्लाबारीमा खानेपानी सेवा सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मोरङ। उर्लाबारी नगरपालिका, मोरङमा खानेपानी सेवा सुधार तथा सरसफाइ व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा नगर प्रमुख, खानेपानी कार्यालयका प्रतिनिधि, सरोकारवाला निकायहरू, उपभोक्ता समितिका सदस्यहरू, स्थानीय बासिन्दा, तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा खानेपानीको गुणस्तर, वितरण प्रणाली, स्रोत संरक्षण, तथा उपभोक्ताको गुनासो समाधानका विषयमा छलफल भएको थियो। उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्षले खानेपानी सेवाको गुणस्तर सुधार गर्नका लागि उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले भने, "खानेपानी सेवा सुधारका लागि उपभोक्ताको सुझाव र गुनासोलाई प्राथमिकतामा राखेर योजना बनाइनेछ।" नगर प्रमुखले खानेपानी सेवा सुधारका…
Read More
देशभर कक्षा १२ को परीक्षा भोलिदेखि, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुने

देशभर कक्षा १२ को परीक्षा भोलिदेखि, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुने

काठमाडौँ। भोलि आइतबारदेखि देशभर कक्षा १२ को परीक्षा सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी हुनेछन्। नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ। देशभरका ५ हजार २ सय २ वटा विद्यालयका विद्यार्थीहरूका लागि १ हजार ५ सय ९१ वटा परीक्षा केन्द्र तोकिएका छन्। विशेषगरी, जापानस्थित एभरेस्ट स्कुलका ३८ जना विद्यार्थीले त्यहीँको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ। ७७ जिल्लामध्ये सबैभन्दा कम परीक्षार्थी मनाङमा रहेका छन्, जहाँ जम्मा ४५…
Read More
जसपा नेपाल चितवनले भरतपुर महानगरपालिकाको १४ नम्बर वडामा आफ्नो नगर भेला सम्पन्न गर्यो

जसपा नेपाल चितवनले भरतपुर महानगरपालिकाको १४ नम्बर वडामा आफ्नो नगर भेला सम्पन्न गर्यो

चितवन। जसपा नेपाल चितवनले भरतपुर महानगरपालिकाको १४ नम्बरमा आफ्नो वडा भेला शिवनगरमा सम्पन्न गरेको छ। आज भएको नगर भेलाले महेश देउजाको अध्यक्षतामा १५ सदस्य वडा समिति पनि गठन गर्न सफल भएको छ। त्यस्तै अन्य मनोनित पदीय व्यक्तिहरूमा उपाध्यक्ष पदमा जितेन्द्र बिक,सचिव पदमा विपिन भुजेल,सह-सचिव पदमा अनिता देउजा,कोष अध्यक्ष पदमा विशाल सुनार रहेका छन्। यसैगरी अन्य कार्यसमितिभित्र चुनिएका व्यक्तिहरूमा रामचन्द्र मगर,विवेक भुजेल,प्रतिमा लामा,पृतम विश्वकर्मा लगायतका व्यक्तिहरू रहेका छन्। सम्पन्न नगर भेलामा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य तथा चितवन जिल्ला पार्टीका प्रमुख अभियन्ता तारा विश्वकर्मा,पार्टी जिल्ला संयोजक अनोज जोशी,पाटी जिल्ला सचिवालय सदस्य विपिनचन्द्र रेग्मी र विवस श्रेष्ठ लगायतका नेताहरू उपस्थिति रहेको थियो।…
Read More
मजदुर दिवसको उपलक्ष्यमा रक्तदान

मजदुर दिवसको उपलक्ष्यमा रक्तदान

हेटौंडा। हेटौंडामा रक्तदान कार्यक्रम गरि बिश्व मजदुर दिवस मनाइएको छ। एकीकृत ट्रेडयुनियन महासङ्घ नेपाल समाजवादी मकवानपुरले हेटौंडा १० स्थित बसपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल समाजवादी मकवानपुरका अध्यक्ष दिपक बस्नेतको सभाध्यक्षता र एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल समाजवादीका केन्द्रिय इन्चार्ज ललित बस्नेतको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रम मा १९ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामा,नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य यादव गजुरेल,जिल्ला इन्चार्ज मुनु सिग्देल , जिल्ला अध्यक्ष बिष्णु दाहाल लगायत नेताहरूको उपस्थिति रहेको थियो। यसैगरी ब्लड डोनर्स एशोसिएसन नेपाल मकवानपुर शाखाले पनि मजदुर दिवसको उपलक्ष्य मा हेटौंडाको बुद्ध चोकमा रक्तदान…
Read More
जेष्ठ नागरिक एकता समन्वय केन्द्रको आठौं वार्षिक  उत्सव तथा चुनावी सभा सम्पन्न

जेष्ठ नागरिक एकता समन्वय केन्द्रको आठौं वार्षिक उत्सव तथा चुनावी सभा सम्पन्न

उर्लाबारी । जेष्ठ नागरिक एकता समन्वय केन्द्र नेपाल, उर्लाबारी वडा नं. ६ ले आफ्नो आठौं वार्षिक उत्सव तथा चुनावी सभा बिहीवार भब्य रुपमा सम्पन्न गरेको छ। उर्लाबारी ६ स्थित महारुद्र शिवालय मन्दिरको सभा हलमा भएको सभालाई सम्बोधन गर्दै कार्यक्रका प्रमुख अतिथि तथा वडा नं ६ का वडा अध्यक्ष चिन्तामणि पौडेलले जेष्ठ नागरिकहरूको अनुपस्थितिमा कुनै पनि सभा वा समारोह अधुरो र अपूरो हुने भन्दै सबैले उनीहरूलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे। अध्यक्ष पौडेलले कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा वडाबाट प्राप्त रकम उल्लेख नभएको प्रति गुनासो गर्दै आर्थिक प्रतिवेदन पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए। अध्यक्ष धर्म भण्डारी अस्वस्थ भएका कारण उपाध्यक्ष दिलकुमारी शाक्यको…
Read More
मकवानपुरगढीमा रुखले च्यापिएर एक मजदुरको मृत्यु

मकवानपुरगढीमा रुखले च्यापिएर एक मजदुरको मृत्यु

हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा बिहीबार दिउँसो रुखले च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थायी ठेगाना भई हाल मकवानपुरगढी–७ सुकौरामा डेरा गरी बस्ने ३१ वर्षीय राम राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, राम राई स्थानीय रामबहादुर मोक्तानको बारीमा रहेको रुख ढाल्ने क्रममा अचानक रुख लडेर च्यापिएका थिए। गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि हेटौंडास्थित मकवानपुर सहकारी अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
Read More
१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस: इतिहासको स्मरण,वर्तमानमा शास्ती नै शास्ती

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस: इतिहासको स्मरण,वर्तमानमा शास्ती नै शास्ती

हेटौंडा। हिजो मे १ तारिख, विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस धुमधामका साथ मनाइयो। यो दिन संसारभरका श्रमजीवी वर्गले आफ्नो हकअधिकार र सम्मानका लागि गरेको सङ्घर्षको सम्झना गर्ने दिन हो। १३५ वर्षअघि अमेरिकाको शिकागो सहरमा आठ घण्टे कार्यदिनको माग गर्दै भएको आन्दोलनको स्मरणमा यो दिवस मनाउन थालिएको हो। सन् १८८६ मा भएको त्यो ऐतिहासिक आन्दोलनले विश्वभरका श्रमिकहरूलाई आफ्नो अधिकारका लागि लड्न प्रेरित गर्‍यो। नेपालमा पनि हिजो विभिन्न कार्यक्रम गरी यो दिवस मनाइयो। तर, यी सबै कार्यक्रमका बीच एउटा कटु सत्य भने अझै जीवन्त छ - नेपालका लाखौं मजदुरहरूको अवस्थामा खासै सुधार आउन सकेको छैन। अहिले पनि धेरै नेपाली श्रमिक चर्को घाम होस् या…
Read More
उडिसाकै केआईआईटीमा अर्की नेपाली छात्रा मृत फेला

उडिसाकै केआईआईटीमा अर्की नेपाली छात्रा मृत फेला

भारत। भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) विश्वविद्यालयमा बिहीवार साँझ फेरि अर्को नेपाली छात्रा मृत भेटिएकी छन् । कीट विश्वविद्यालयमा बीटेक सिएसईको पहिलो वर्षमा अध्ययनरत छात्रा १९ वर्षीया प्रिशा साह विश्वविद्यालयकै `क्यु सि ४´ छात्रवासको कोठामा बिहीवार साँझ झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्। साह वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा निवासी श्याम साहकी छोरी हुन् । साहको स्थायी घर भने सर्लाहीको मलंगवा हो।मृतक प्रिशाका भाइ गौरव साहले बिहीवार राति ९ बजेतिर कलेज प्रशासनले घरमा फोन गरेर प्रिशाको मृत्यु बारे जानकारी दिएको बताए । गौरबका अनुसार बिहीबार दिउँसो ३ बजेतिर कलेजबाट प्रिशाले घरमा फोन गरेर आफू…
Read More
राप्रपाको नगर अधिवेशनले तातियो उर्लाबारी,अध्यक्ष पदमा देवी दाहाल बलियो प्रतिस्पर्धी

राप्रपाको नगर अधिवेशनले तातियो उर्लाबारी,अध्यक्ष पदमा देवी दाहाल बलियो प्रतिस्पर्धी

मोरङ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उर्लाबारी नगर समितिको दोस्रो नगर अधिवेशनले उर्लाबारीको राजनीतिक वातावरणमा तातो सरगर्मी ल्याएको छ। शनिबार उर्लाबारी–५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बाको सभाहलमा हुने अधिवेशनमा अध्यक्ष पदका लागि तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। अध्यक्ष पदमा देवीप्रसाद दाहाल, जनक खड्का र प्रतिक आचार्यले उम्मेदवारी दिएका छन्। तीमध्ये पनि पूर्व नगर अध्यक्ष भइसकेका र हाल राप्रपाका क्षेत्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका देवीप्रसाद दाहालको पल्ला भारी देखिएको छ। समाजसेवामा सक्रिय, लोकप्रिय युवा नेता दाहाललाई स्थानीय कार्यकर्ताहरूले पुनः नेतृत्वमा ल्याउने चर्चा चुलिएको छ। दाहाल उर्लाबारी–४ का स्थायी बासिन्दा हुन्। उनले विगतमा पार्टी र समाजका विभिन्न गतिविधिमा उल्लेखनीय योगदान गर्दै आएका छन्। पार्टीभित्रका अग्रज…
Read More
पेट्रोलियम पदार्थको मूल्य घट्यो,हवाई इन्धनमा पनि राहत

पेट्रोलियम पदार्थको मूल्य घट्यो,हवाई इन्धनमा पनि राहत

काठमाडौं। आम उपभोक्तालाई राहत हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले हिजो एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा फेर बदल गरिएको जानकारी दिएको हो। बिहीबारदेखि लागू हुनेगरी पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले कमी आएको छ। यसैगरी, डिजेल र मट्टितेलको मूल्यमा पनि प्रतिलिटर १/१ रुपैयाँले घटाइएको छ। हवाई इन्धनको मूल्यमा पनि निगमले उल्लेख्य कटौती गरेको छ। आन्तरिक उडानका लागि हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंको लागि प्रति किलोलिटर २९ अमेरिकी डलरले मूल्य घटेको छ। निगमले पोखरा र भैरहवाका लागि हवाई इन्धनको बिक्री मूल्य ब्रेक इभन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.