Breaking News 3

काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। काठमाडौँ महानगरपालिकामा ढल निर्माणको ठेक्कामा भएको भनिएको अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। यो प्रकरणमा महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक) प्रदीप परियारसहित ७ जनालाई सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा प्रतिवादी बनाइएको छ। अख्तियारले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो। अख्तियारका अनुसार, यो अनियमितता सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण सम्बन्धी ठेक्कामा भएको थियो। यसमा समानान्तर सेवा प्रालिले सबैभन्दा कम मूल्य (करसहित रु. १८ करोड ९ लाख २२ हजार ३२५.६३) कबोल गरे पनि मिलेमतोमा उक्त कम्पनीलाई अयोग्य ठहर गरिएको थियो। त्यसको सट्टा…
Read More
झापाको दोमुखामा मुत्तीनाथ झै १०८ ढुङ्गेधारा निमार्ण हुने

झापाको दोमुखामा मुत्तीनाथ झै १०८ ढुङ्गेधारा निमार्ण हुने

झापा। धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा१०८ वटा मानव निर्मित जलधाराहरु निर्माण गरिने भएको छ। दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाले धार्मिक पर्यटकीय अवधारणा अनुरुप दोमुखालाई विकास र प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार पत्रकार सम्मेलन गरि ८५ लाख लागतमा ढुङ्गेधारा निर्माण गरिने समितिका अध्यक्ष धनप्रसाद लावतीले जानकारी दिए। पूर्वी 'नेपालको झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नं. १० मा अवस्थित दोमुखा पूर्वकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो ।कन्काई माई नदीले यो दोमुखालाई अझ प्राकृतिक रुपमा मनोरम बनाएको छ । ढुङ्गा कुँदेर निर्माण गर्न लागिएको १०८ जलधारा निर्माणका लागि सरकारी सहयोगबाहेक जनसहभागिताका आधारमा निर्माण गर्ने लक्ष्य राखिएको छ ।परिवार वा वंशको नाम राख्ने…
Read More
जसपा नेपाल चितवनले भरतपुर महानगरपालिकाको १४ नम्बर वडामा आफ्नो नगर भेला सम्पन्न गर्यो

जसपा नेपाल चितवनले भरतपुर महानगरपालिकाको १४ नम्बर वडामा आफ्नो नगर भेला सम्पन्न गर्यो

चितवन। जसपा नेपाल चितवनले भरतपुर महानगरपालिकाको १४ नम्बरमा आफ्नो वडा भेला शिवनगरमा सम्पन्न गरेको छ। आज भएको नगर भेलाले महेश देउजाको अध्यक्षतामा १५ सदस्य वडा समिति पनि गठन गर्न सफल भएको छ। त्यस्तै अन्य मनोनित पदीय व्यक्तिहरूमा उपाध्यक्ष पदमा जितेन्द्र बिक,सचिव पदमा विपिन भुजेल,सह-सचिव पदमा अनिता देउजा,कोष अध्यक्ष पदमा विशाल सुनार रहेका छन्। यसैगरी अन्य कार्यसमितिभित्र चुनिएका व्यक्तिहरूमा रामचन्द्र मगर,विवेक भुजेल,प्रतिमा लामा,पृतम विश्वकर्मा लगायतका व्यक्तिहरू रहेका छन्। सम्पन्न नगर भेलामा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य तथा चितवन जिल्ला पार्टीका प्रमुख अभियन्ता तारा विश्वकर्मा,पार्टी जिल्ला संयोजक अनोज जोशी,पाटी जिल्ला सचिवालय सदस्य विपिनचन्द्र रेग्मी र विवस श्रेष्ठ लगायतका नेताहरू उपस्थिति रहेको थियो।…
Read More
गाँजासहित दुई जना व्यक्ति पक्राउ

गाँजासहित दुई जना व्यक्ति पक्राउ

धरान। सशस्त्र प्रहरी बल सुरक्षा बेस चतरा, बराहक्षेत्रबाट १७७ किलो गाँजासहित दुई जना व्यक्ति पक्राउ परेका छन्। चतरा सुरक्षा बेस र सशस्त्र प्रहरी बल नं. ४ गण हेडक्वार्टर, सुनसरीको संयुक्त टोलीले बराहक्षेत्र मन्दिरको पूर्व क्षेत्रमा गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामा धनकुटा जिल्ला, सहिदभूमि गाउँपालिका–१ छिन्ताङका ५७ वर्षीय धनबहादुर राई र सुनसरी, बराहक्षेत्र नगरपालिका–१ शिलापखामा बस्ने ३० वर्षीय दीपक राई रहेका छन्। प्रहरीका अनुसार उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।
Read More
अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह सम्पन्न

अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह सम्पन्न

झापा। झापाको अर्जुनधारा स्थित जलेश्वरधामले बुधबार १९ जोडी नव दुलाह–दुलहीको सामूहिक विवाह सम्पन्न गरेको छ। धामका अध्यक्ष नविन गट्टानीको २५ औं जन्मोत्सव तथा सनातनी धर्मको प्रवर्द्धनका लागि आयोजित उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो। सामूहिक विवाहका प्रमुख अतिथि संघीय सांसद तथा सभामुख देवराज घिमिरे थिए। उनले नवविवाहित जोडीलाई शुभकामना दिँदै मानव जीवनको सुरुवातसँगै आएको महत्वपूर्ण दिनलाई सुनौलो बनाउन प्रेरित गरे। सभामुख घिमिरेले जलेश्वरधामको चौतर्फी विकास आवश्यक रहेको उल्लेख गर्दै यसलाई वैज्ञानिक ढंगबाट अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे। आर्थिक रूपमा कमजोर परिवारलाई विवाहमा सहजता प्रदान गर्न धामको अगुवाइमा अध्यक्ष गट्टानीले विशेष पहल गरेका थिए। मुख्य अर्चक अग्नी सिग्देलका अनुसार केही…
Read More
फिसिङ लिङ्कमार्फत वालेट प्रयोगकर्ताको पैसा चोरी गरेको आरोपमा एक २२ वर्षीय युवा पक्राउ

फिसिङ लिङ्कमार्फत वालेट प्रयोगकर्ताको पैसा चोरी गरेको आरोपमा एक २२ वर्षीय युवा पक्राउ

काठमाडौँ। डिजिटल वालेट मार्फत फिसिङ लिङ्क पठाई ४ हजार प्रयोगकर्ताको १ करोडभन्दा बढी पैसा कुम्ल्याएको आरोपमा कञ्चनपुरका २२ वर्षीय युवा राहुल बुढा पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई कालिमाटीबाट पक्राउ गरेको हो। सर्वसाधारण वालेट प्रयोगकर्ताको एकाउन्टमा समस्या देखाई व्यक्तिगत विवरण राख्न लगाई पैसा चोरी गरेको उनलाई अभियोग छ। उनीमाथि ठगी सम्बन्धी अभियोगमा थप जाँचबुझ र अनुसन्धानका लागि काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कुरा प्रहरीले जनाएको छ। पछिल्लो समयमा एटि अलर्ट द अलर्टका नाममा वालेट प्रयोगकर्ताहरूलाई फिसिङ क्लिङ्क पठाउने क्रम बढेको भन्दै डिजिटल वालेट कम्पनीहरूले पनि प्रयोगकर्ताहरूलाई सचेत गराउँदै आएका छन्, साइबर ब्युरोले पनि…
Read More
श्रीमतीको हत्या गर्ने श्रीमान प्रकाउ

श्रीमतीको हत्या गर्ने श्रीमान प्रकाउ

इलाम। १९ वर्षीय श्रीमती विमला कट्टेलको हत्या गरी गाड्ने फाकफोकथुम गाउँपालिका-३, इलामका २५ वर्षीय उमेश गिरीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। गत फागुन २९ गते राति घरबाट अलि पर श्रीमतीसँगै गएर मुक्का प्रहार गरी श्रीमती लडेपछि घाँटी थिचेर हत्या गरेपछि कच्ची सडकबिचमा खाल्डो खनेर पुरेको बयान दिएका छन् । एक्साभेटर चालक रहेका गिरीले के कारणले पत्नीको हत्या गरे भन्ने विषय खुल्न सकेको छैन । प्रहरीले मृतकको शव निकालेर पोस्टमार्टमको लागि धरानस्थित वी.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको छ ।
Read More
सर्वोच्च अदालतमा कुलमानको रिट दर्ता

सर्वोच्च अदालतमा कुलमानको रिट दर्ता

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई मनमानी गैरकानुनी रुपमा पदमुक्त गरिएको भन्दै बिहीबार सर्वोच्च अदालतमा पेश गरेको रिट दर्ता भएको छ। सरकारले गरेको निर्णय बदर गरी आफ्नो कार्यकाल अवधिभरिसम्म आफूले गरिरहेका संस्थानको कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने माग उनको रहेको छ। अहिले उनले दिएको निवेदन रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,ऊर्जामन्त्री दीपक खड्का एवंम् आफूले सम्हालेको मन्त्रालय नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाखेलाई विपक्षी बनाएका छन्। आफू सोपदमा रहेसम्म जहिले पनि इमानदारीको साथ काम गरिरहेको र बिना गल्ती त्रुटि नगरेको अवस्थामा पनि सरकारको बदनियतका साथ अर्थात् सरकारको स्वार्थअनुसार आफू सो माध्यममा चल्न नसक्दा अनि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.