२०८२ बैशाख २९, सोमबार १८:०१
२०८२ बैशाख २९, सोमबार १८:०१
लन्डन,बेलायत। बेलायतमा राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको आशंकामा आठ जना पुरुषलाई पक्राउ गरिएको छ, जसमा सात जना इरानी नागरिक रहेका छन्। लन्डनको मेट्रोपोलिटन प्रहरीले आइतबार दुईवटा छुट्टाछुट्टै अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको कुरा पुष्टि गरेको छ। पहिलो घटनामा, शनिबार आतंकवाद विरोधी प्रहरीले लन्डन, स्विन्डन र ग्रेटर म्यानचेस्टर क्षेत्रबाट पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चार जना इरानी नागरिक र एक जना राष्ट्रियता खुल्न बाँकी रहेको व्यक्ति रहेका छन्, उनीहरूलाई “आतंकवादी कार्यको तयारी” गरेको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, दोस्रो घटनामा आतंकवाद विरोधी प्रहरीले लन्डनबाटै ३९,४४ र ५५ वर्षीय तीन इरानी नागरिकलाई राष्ट्रिय सुरक्षा ऐनसम्बन्धी अभियोगमा पक्राउ गरिएको कुरा…