सशान्त तामाङ

385 Posts
देशसेवामा पदलाई ‘लाइफ प्याकेज’ बनाउने प्रवृत्ति रोक्न जरुरी : विशाल राज महत

देशसेवामा पदलाई ‘लाइफ प्याकेज’ बनाउने प्रवृत्ति रोक्न जरुरी : विशाल राज महत

हेटौंडा, माघ १ गते । समाजसेवी तथा अध्यक्ष विशाल राज महतले हालै आफ्ना सामाजिक सञ्जालमार्फत चेतावनी जारी गर्दै देशसेवामा पदलाई केवल सुविधा र लाभको माध्यम बनाउने प्रवृत्ति रोक्नुपर्ने बताएका छन्। महतले भने, "आजकल माननीय पद कुनै जिम्मेवारी होइन, लाइफ सेटलमेन्ट प्याकेज जस्तो देखिन थालेको छ। पढाइ सकियो, जागीर खाइरहेको छ, अनुभव छैन, समाज चिनेको छैन तर आत्मविश्वास चुलिएको छ। यसले देशको प्रगतिमा बाधा पुर्याउन सक्छ।" उनले आफ्नो भनाइमा जोड दिएका छन् कि माननीय पद सेवा र जिम्मेवारीको प्रतीक हुनुपर्छ, न कि कुर्सी, गाडी, पावर र प्रोटोकलको स्वाद लिनको सर्टकट। महतले भने, "पद पाएपछि मात्र देश बचाउन सकिन्छ भन्ने सोच गलत…
Read More
हेटौडामा आठौँ थारु माघी संक्रान्ति महोत्सव सम्पन्न, थारु संस्कृतिको संरक्षण र सामाजिक एकताको सन्देश

हेटौडामा आठौँ थारु माघी संक्रान्ति महोत्सव सम्पन्न, थारु संस्कृतिको संरक्षण र सामाजिक एकताको सन्देश

हेटौडा, माघ १ गते । थारु समुदायको मौलिक पर्व माघी संक्रान्तिको अवसरमा हेटौडा–४ स्थित श्री भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा आठौँ थारु माघी संक्रान्ति महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ। थारु कल्याणकारी सभाको आयोजनामा सम्पन्न महोत्सवले थारु भाषा, कला र संस्कृतिको संरक्षणसँगै सामाजिक एकता र समावेशी विकासको सन्देश दिएको छ। महोत्सवमा थारु समुदायका सहभागीहरू मौलिक भेषभूषा, सांस्कृतिक झाँकी र परम्परागत परिकारसहित उपस्थित हुँदा कार्यक्रम उत्सवमय बनेको थियो। कार्यक्रमको औपचारिक उद्घाटन हेटौडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले पानसमा दीप प्रज्वलन गर्दै तथा थारु समुदायको पहिचान झल्किने काठको ढिकी चलाएर गरेको थियो। उद्घाटन समारोहमा बोल्दै मेयर लामाले नेपाल बहुभाषिक, बहुजातीय र बहु-सांस्कृतिक…
Read More
१३ बुँदे मागसहित नेकपा माओवादीको समाजवादी युवा जागरण अभियान हेटौंडामा समापन

१३ बुँदे मागसहित नेकपा माओवादीको समाजवादी युवा जागरण अभियान हेटौंडामा समापन

हेटौडा, पुस ३० गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)द्वारा सञ्चालन गरिएको समाजवादी युवा जागरण अभियान हेटौंडामा आयोजित जागरण सभासँगै सम्पन्न भएको छ। पश्चिम कञ्चनपुरबाट पुष २० गते सुरु भएको अभियान विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा आएर समापन गरिएको हो। पत्रकार सम्मेलनमा नेकपा माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम सीले सर्वपक्षीय अन्तरिम सरकार गठनलगायत १३ बुँदे मागसहित अभियान सुरु गरिएको जानकारी दिए। अभियानका संयोजक तथा केन्द्रीय सदस्य प्रेम सीले कञ्चनपुरदेखि हेटौंडासम्म ४४ वटा विभिन्न कार्यक्रम आयोजना गरिएको बताए। केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम सीले हिजो हेटौंडा–१९ बस्तीपुरमा जनजागरण अभियान टोलीलाई स्वागत गरिएको उल्लेख गर्दै देश…
Read More
“पारदर्शिता माग्नु विरोध होइन, जनताको अधिकार हो” — हेटौंडा मेलाप्रति विशाल राज महतको प्रश्न

“पारदर्शिता माग्नु विरोध होइन, जनताको अधिकार हो” — हेटौंडा मेलाप्रति विशाल राज महतको प्रश्न

हेटौंडा, पुस २९ गते । हेटौंडा — हेटौंडा उपमहानगरपालिकामा सञ्चालन हुँदै आएका मेलाको प्रक्रिया, उद्देश्य र आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उठ्दै आएका छन्। सोही सन्दर्भमा सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले मेला सम्बन्धी निर्णयप्रति जनआवाज उठाएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा मार्फत महतले मेला सञ्चालनको स्वीकृति प्रति होइन, स्वीकृति दिने प्रक्रिया, मापदण्ड र पारदर्शिता प्रति प्रश्न रहेको स्पष्ट पारेका छन्। उनका अनुसार पछिल्लो समय ४–५ वटा संस्थाले मेला सञ्चालनका लागि निवेदन दिएको चर्चा चलेको बेला खेलकुद विकास समितिलाई मात्र स्वीकृति दिनु स्वाभाविक भए पनि त्यसको आधार सार्वजनिक नहुनु चिन्ताको विषय हो। “आजसम्म…
Read More
थाहा नगरका सडक स्तरिकरणका लागि २५ करोड बजेट सुनिश्चित, स्थानीयवासी उत्साहित

थाहा नगरका सडक स्तरिकरणका लागि २५ करोड बजेट सुनिश्चित, स्थानीयवासी उत्साहित

थाहा नगर, पुस २९ गते । थाहा नगरबासीका लागि खुसीको खबर आएको छ। मकवानपुरको चित्लाङ–बज्रबाराही–कुन्छाल सडक खण्डको विस्तार तथा स्तरिकरणका लागि एकमुष्ट रूपमा २५ करोड रुपैयाँ स्रोत व्यवस्थापन गर्ने निर्णय भएको छ। चित्लाङ बज्रबाराही कुन्छाल सडक अन्तर्गत बज्रबाराही दुप्चे बजार हुँदै कुन्छाल भञ्ज्याङसम्मको सडक विस्तार तथा स्तरिकरण गर्न र चित्लाङदेखि लिलाखेलसम्म आवश्यक स्थानमा सडक स्तरिकरण कार्य सम्पन्न गर्न उक्त बजेट विनियोजन गरिएको हो। नेकपा एमालेका नेता महेश बर्तौलाले सामाजिक सञ्जालमार्फत यस निर्णयका लागि संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बद्ध सम्पूर्ण अधिकारीहरूलाई आवश्यक सहयोग र सहजीकरण गरेकोमा धन्यवाद व्यक्त गरेका छन्। उनका अनुसार बिपद्का समयमा अन्य सडक मार्ग अवरुद्ध हुँदा…
Read More
बाघझोरा खहरेमा पुल निर्माणका लागि १० करोड बजेट सुनिश्चित, मकवानपुरबासीलाई दीर्घकालीन राहत

बाघझोरा खहरेमा पुल निर्माणका लागि १० करोड बजेट सुनिश्चित, मकवानपुरबासीलाई दीर्घकालीन राहत

हेटौंडा, पुस २९ गते । मकवानपुर जिल्लावासीलाई खुसीको खबर प्राप्त भएको छ। त्रिभूवन राजमार्गअन्तर्गत भैसे–हेटौंडा सडक खण्डमा पर्ने बाघझोरा खहरे खोलामा पुल निर्माणका लागि प्रारम्भिक रूपमा १० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित भएको छ। नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, बाघझोरा खहरेका कारण हरेक वर्ष हजारौं यात्रुले भोग्दै आएको सास्तीलाई अन्त्य गर्न दीर्घकालीन समाधान खोजिएको बताएका छन्। उनका अनुसार, ओभरपास वा अण्डरपासमध्ये कुन विकल्प उपयुक्त हुने भन्ने विषयमा प्राविधिक अध्ययनसहित निर्माण प्रक्रिया अघि बढाइनेछ। बर्तौलाका अनुसार, आफू प्रतिनिधिसभा सदस्य रहँदा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री…
Read More
जन्मदिनले मानवसेवा र जिम्मेवारीप्रति थप उर्जा दिएको छ : मेयर मिना लामा

जन्मदिनले मानवसेवा र जिम्मेवारीप्रति थप उर्जा दिएको छ : मेयर मिना लामा

लाम्सुरे धाप, पुस २८ गते । हेटौंडा उपमहानगरपालिका मेयर मिना लामाले आफ्नो जन्मदिनका अवसरमा शुभेच्छुकबाट प्राप्त माया, स्नेह र सम्मानले आफूलाई मानवसेवा र सामाजिक उत्तरदायित्वप्रति अझ उर्जावान बनाएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत भावनात्मक सन्देश व्यक्त गर्दै मेयर लामाले हरेक वर्ष पुस २८ ले आफूलाई असंख्य शुभेच्छुकको प्रेम बोकेर आउने गरेको उल्लेख गरेकी छन्। जन्मदिनका अवसरमा उनले विशेष रूपमा आफ्ना बुबाआमा, विशेषगरी आमाको सम्झना गर्दै विगतका संघर्षपूर्ण दिनहरूलाई आत्मसात् गरेको उल्लेख गरेकी छन्। ठूलाठूला उपलब्धि हासिल गर्ने अपेक्षा नराखे पनि साना दुःखबाट पीडित मानिसलाई सक्दो सहयोग गर्ने चाहना र प्रयास निरन्तर जारी रहेको उनको भनाइ छ। उमेर उकालो लागिरहेको अवस्थामा पनि…
Read More
प्रतिबद्धता बिना भोट हुँदैन : मकवानपुरमा सचेत मतदाता निर्माणका लागि जनजागरण अभियान घोषणा

प्रतिबद्धता बिना भोट हुँदैन : मकवानपुरमा सचेत मतदाता निर्माणका लागि जनजागरण अभियान घोषणा

हेटौँडा, पुस २८ गते । व्यापक भ्रष्टाचार, अनियमितता र जिम्मेवारीविहीन नेतृत्वका कारण जनजीवन झनै दयनीय बन्दै गएको तितो यथार्थलाई ध्यानमा राख्दै सेवा, सहयोग र आवाज संस्थाले मकवानपुरभरि सचेत मतदाता निर्माणका लागि जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। संस्थाका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार अब मकवानपुरवासीले झुटा आश्वासन र आकर्षक नाराभन्दा माथि उठेर तथ्य, पात्रको इमानदारी, कर्म र जनसेवामा गरेको योगदानको आधारमा प्रतिनिधि छनोट गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। उनले पटक–पटक फरक–फरक दललाई जिताएर पठाउँदा पनि जनजीवन र देशको अवस्था सुधार हुन नसक्नुको मुख्य कारण उत्तरदायी नेतृत्वको अभाव रहेको उल्लेख गरेका छन्।…
Read More
हेटौंडाको जनहित, सुशासन र दिगो विकासलाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा दिभेष शाक्य

हेटौंडाको जनहित, सुशासन र दिगो विकासलाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा दिभेष शाक्य

हेटौंडा, पुस २७ गते । भैरव समूहका संयोजक दिभेष शाक्यले हेटौंडाको जनहित, सुशासन र दिगो विकासलाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेको संकेत गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा हेटौंडावासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक अभिवादन गर्दै आफ्नो राजनीतिक यात्राबारे धारणा राखेका हुन्। शाक्यले सार्वजनिक जीवनमा पूर्ण निर्दोष व्यक्ति नहुने यथार्थलाई विनम्रतापूर्वक स्वीकार गर्दै, अनुभव, सिकाइ र सुधारका अवसरलाई आत्मसात गरेर अझ जिम्मेवार, पारदर्शी र उत्तरदायी भूमिकामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो यात्रालाई कुनै दबाब वा विवादले होइन, जनताबाट प्राप्त माया, भरोसा र विश्वास तथा स्पष्ट एजेन्डाले प्रेरित गरेको उल्लेख गरेका छन्। उनले…
Read More
हेटौंडालाई साहित्यिक केन्द्र बनाउने प्रतिबद्धता : मेयर मिना लामाद्वारा सडक सार्वजनिक निःशुल्क पुस्तकालय निर्माणको घोषणा

हेटौंडालाई साहित्यिक केन्द्र बनाउने प्रतिबद्धता : मेयर मिना लामाद्वारा सडक सार्वजनिक निःशुल्क पुस्तकालय निर्माणको घोषणा

हेटौंडा, पुस २६ गते । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले हेटौंडालाई नेपाली साहित्यको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। ३९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित साहित्य सङ्गम मकवानपुर तथा तेस्रो राष्ट्रिय पर्याकविता उत्सव–२०८२ का सन्दर्भमा आफ्नो सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गर्दै उनले साहित्य, कविता र स्रष्टाप्रति गहिरो सम्मान प्रकट गरेकी हुन्। मेयर लामाले कविता साहित्यको सबैभन्दा जेठो विधा मात्र नभई आजको समयमा सबैभन्दा बढी लेखिने र पढिने विधा भएको उल्लेख गर्दै कविताले जीवन, समाज, देश र भविष्यलाई समग्र रूपमा प्रतिबिम्बित गर्न सक्नुपर्ने धारणा राखेकी छन्। सरलताका नाममा मनलाग्दी र अटिलताका नाममा अर्थहीन कविता लेखिनु साहित्यका लागि भ्रम सिर्जना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.