सशान्त तामाङ

385 Posts
संघको चुनाव नजिकिँदै जाँदा आर्थिक चलखेल हुन सक्ने भन्दै आम नागरिकलाई चनाखो रहन सुन्दर लामाको आग्रह

संघको चुनाव नजिकिँदै जाँदा आर्थिक चलखेल हुन सक्ने भन्दै आम नागरिकलाई चनाखो रहन सुन्दर लामाको आग्रह

हेटौंडा, पुस १० गते । देशभर संघको चुनावको तयारी तीव्र बन्दै गएको बेला सम्भावित आर्थिक चलखेल र भोट किनबेचप्रति सचेत रहन श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले आम नागरिकलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस सार्वजनिक गर्दै लामाले अहिले विभिन्न राजनीतिक दलको नाममा अवसरवाद हावी हुँदै आर्थिक चलखेलमार्फत मत प्रभावित पार्ने प्रयास हुन सक्ने खतरा औँल्याएका हुन । उनले यस्तो गतिविधि देखिए वा त्यसबारे सूचना प्राप्त भएमा सार्वजनिक गर्न सबैसँग अनुरोध गरेको छ । लामाले भ्रष्टाचारलाई राष्ट्रको शत्रुको संज्ञा दिँदै यस्ता गतिविधि देख्दा पनि मौन बस्नु राष्ट्रघाती कार्य हुने उल्लेख गरे्को छ । अबको…
Read More
शिक्षा र खेलकुद प्रवर्द्धन लक्ष्यसहित हेटौंडा–४ मा तेस्रो खेलकुद महोत्सव भोलिदेखि सुरु

शिक्षा र खेलकुद प्रवर्द्धन लक्ष्यसहित हेटौंडा–४ मा तेस्रो खेलकुद महोत्सव भोलिदेखि सुरु

हेटौंडा, पुस ९ गते । “हाम्रो अभियान शिक्षा र खेलकुदको प्रवर्द्धन” भन्ने मूल नाराका साथ हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयद्वारा आयोजित तेस्रो खेलकुद महोत्सव २०८२ भोलिदेखि सुरु हुने भएको छ । महोत्सव अन्तर्गत नगरस्तरीय ७ ‘ए’ साइड फुटबल प्रतियोगिता २०८२ साल पौष १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताले विद्यार्थी तथा युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ । खेलकुद महोत्सवको व्यवस्थापन शैक्षिक गुणस्तर सुधार समिति–४ ले गर्दै आएको छ भने सह–व्यवस्थापकको रूपमा श्री श्रमिक माध्यमिक विद्यालय, हेटौंडा–४ रहेको छ । नगरभित्रका विभिन्न टिमहरूको सहभागिता रहने उक्त प्रतियोगितामार्फत स्थानीय खेल प्रतिभा पहिचान…
Read More
हेटौंडामा आदिवासी जनजाति महिला–किशोरीका अधिकारबारे प्रदेशस्तरीय दुईदिने तालिम सुरु

हेटौंडामा आदिवासी जनजाति महिला–किशोरीका अधिकारबारे प्रदेशस्तरीय दुईदिने तालिम सुरु

हेटौंडा, पुस ९ गते । आदिवासी जनजाति महिला तथा किशोरीमाथि हुने हिंसा र भेदभाव अन्त्यका लागि केन्द्रित दुईदिने प्रदेशस्तरीय तालिम बुधबारदेखि हेटौंडामा सुरु भएको छ। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीईडिएडब्ल्यू) तथा आधारभूत सिफारिस नम्बर ३९ का प्रावधानबारे जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो। राष्ट्रिय महिला जनजाति महासंघ नेपालद्वारा आयोजित कार्यक्रमको अध्यक्षता महासंघकी अध्यक्ष निमि शेर्पाले गरेकी छन् भने पूर्व मन्त्री शन्त बहादुर चेपाङ प्रमुख अतिथिका रूपमा सहभागी छन्। बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका महिला अधिकारकर्मी, सामाजिक अभियन्ता र सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको छ। तालिमको उद्देश्यबारे जानकारी दिँदै अध्यक्ष शेर्पाले सीईडिएडब्ल्यू अन्तर्गत राज्यको…
Read More
देश र जनताको पक्षमा अडिग रहने प्रतिबद्धता, हर्क साम्पाङले राष्ट्रको मुहार फेरे मेरो राजनीतिक यात्रा टुंगिन्छ : सुन्दर लामा

देश र जनताको पक्षमा अडिग रहने प्रतिबद्धता, हर्क साम्पाङले राष्ट्रको मुहार फेरे मेरो राजनीतिक यात्रा टुंगिन्छ : सुन्दर लामा

हेटौंडा,पुस ६ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले पदभन्दा देश ठूलो भएको स्पष्ट गर्दै भ्रष्टाचार, बेथिति र विसंगतिको विरुद्ध सदैव निस्पक्ष रूपमा अडिग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै लामाले विगतदेखि नै जनताको मुद्दामा आवाज बुलन्द गर्दै विभिन्न अभियानमार्फत सक्रिय भूमिका निभाउँदै आएको कुरा उल्लेख गरेका हुन। “मेरो निम्ति पद ठूलो होइन, देश ठूलो हो,” भन्दै उनले देश र जनताको हितविपरीत हुने कुनै पनि कार्यको विरोधमा निरन्तर उभिने बताउएको हो। उनले हाल चर्चामा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको विचार, दृष्टिकोण र राष्ट्र नेतृत्व गर्ने चाहनाप्रति समेत आफ्नो…
Read More
जेन जि मकवानपुरद्वारा भोलि हुने कुनै पनि विरोध गतिविधिमा सहभागी नहुन सार्वजनिक अपिल

जेन जि मकवानपुरद्वारा भोलि हुने कुनै पनि विरोध गतिविधिमा सहभागी नहुन सार्वजनिक अपिल

हेटौंडा, पुस ६ गते । जेन जि मकवानपुर परिषद्ले भोलि मिति पौष ७ गते जिल्लाका विभिन्न स्थानमा आयोजना हुन सक्ने कुनै पनि प्रकारका विरोध प्रदर्शन तथा गतिविधिमा सहभागी नहुन सम्पूर्ण जेन जि साथीहरूलाई सार्वजनिक अपिल गरेको छ। भदौ २३ र २४ गते सम्पन्न जेन जि आन्दोलन पश्चात् जिल्ला स्तरका जेन जि प्रतिनिधिहरूको सहभागितामा चयन गरिएको जेन जि समिति मकवानपुर नै जिल्लामा आधिकारिक रूपमा गठित र मान्य संस्था रहेको विषय यथावत रहेको स्पष्ट पार्दै परिषद्ले उक्त अपिल जारी गरेको हो। अपिलमा भनिएको छ, वर्तमान राष्ट्रिय परिवेशमा देशको प्रमुख आवश्यकता भनेको तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु, जेन जि आन्दोलनलाई संस्थागत, अनुशासित तथा…
Read More
मकवानपुरमा जेन जि नामको दुरुपयोगप्रति आधिकारिक संस्थापक जेन्जीको ध्यानाकर्षण, शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता घोषणा

मकवानपुरमा जेन जि नामको दुरुपयोगप्रति आधिकारिक संस्थापक जेन्जीको ध्यानाकर्षण, शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता घोषणा

हेटौंडा, पुस ६ गते । जेन–जी अगुवाहरूको सर्वसम्मत निर्णयअनुसार मिराज ढुङ्गानालाई जेन–जी नेताका रूपमा स्वीकृत गर्दै देशव्यापी संयोजक तोकिएको विषय सर्वविदित रहेको संस्थापक जेन–जी मकवानपुरले स्पष्ट पारेको छ। सोही निर्णयअनुरूप मिराज ढुङ्गानालाई संस्थापक जेन–जीका रूपमा स्वीकार गरिएकोमा कुनै दुई मत नरहेको पनि जनाइएको छ। उक्त निर्णयअनुसार मकवानपुर जिल्लामा संस्थापक जेन–जी जिल्ला कमिटी संयोजक सुबिन खत्रीको संयोजनमा गठन भई विभिन्न सामाजिक तथा समसामयिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै समाज रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी गराइएको छ। यसैबीच मकवानपुरमा जेन–जीको नाम दुरुपयोग गर्दै केही व्यक्ति तथा समूहले सामाजिक सञ्जालमार्फत अनधिकृत विज्ञप्ति जारी गरी भ्रम फैलाइरहेकोप्रति संस्थापक जेन–जी मकवानपुरको गम्भीर ध्यानाकर्षण…
Read More
शिवम् सिमेन्टको धुलो–धुवाँबाट बस्ती र विद्यालय प्रभावित, समाधान नहुँदासम्म संघर्ष जारी रहने चेतावनी

शिवम् सिमेन्टको धुलो–धुवाँबाट बस्ती र विद्यालय प्रभावित, समाधान नहुँदासम्म संघर्ष जारी रहने चेतावनी

हेटौंडा, पुस ५ गते । शिवम् सिमेन्ट उद्योगबाट निस्कने धुलो र धुवाँका कारण आसपासका बस्ती तथा विद्यालय गम्भीर रूपमा प्रभावित भएका छन्। साना बालबालिकासहित स्थानीय बासिन्दामा श्वासप्रश्वास सम्बन्धी समस्या बढ्दै गएको भन्दै स्थानीयले कडा आपत्ति जनाएका छन्। सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा उद्योगका कारण जनताको मौलिक अधिकार नै कुल्चिएको उल्लेख गरेका छन्। उनले जनताको भोटबाट निर्वाचित जनप्रतिनिधिहरू मौन बसेको र सरकार निरीह देखिएको आरोप लगाएका छन्। “मापदण्ड मिचेर उद्योग चलिरहँदा प्रश्न उठ्छ—राज्य कमजोर हो कि सेटिङ बलियो?” भन्दै महतले उद्योगप्रति राज्यको उदासीनतामाथि गम्भीर प्रश्न उठाएका छन्। समाधान नहुँदासम्म…
Read More
सहकारी ठगी प्रकरणमा रबिको संलग्नता देखिएको दाबी गर्दै माओवादी नेता राम सीको कडा आलोचना

सहकारी ठगी प्रकरणमा रबिको संलग्नता देखिएको दाबी गर्दै माओवादी नेता राम सीको कडा आलोचना

हेटौंडा, पुस ५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम सीले सहकारीमा जनताको पैसा हिनामिना गरिएको प्रकरणमा रबिको संलग्नता रहेको दाबी गर्दै कडा आलोचना गरेका छन्। सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गर्दै नेता राम सीले सहकारी ठगी प्रकरणमा रबिको हात रहेको कुरा धरौटी बिगो दुई करोड ७४ लाख रुपैयाँले स्पष्ट देखाउने बताएका छन्। उनले रबि अझै पनि अदालतको अनुसन्धानको दायराभित्र नै रहेको उल्लेख गर्दै जेलबाट छुट्नु रबिको व्यक्तिगत जीवनका लागि सुखद भए पनि आम जनताका लागि दुःखद पक्ष भएको टिप्पणी गरेका छन्। उनले सहकारी ठगको पछाडि लाग्ने मानिसहरूको कमी नरहेको उल्लेख गर्दै देश र…
Read More
कैलाश गाउँपालिकामा क्रिसमस डेको अवसरमा तीन दिन सार्वजनिक बिदा

कैलाश गाउँपालिकामा क्रिसमस डेको अवसरमा तीन दिन सार्वजनिक बिदा

कैलाश गाउँपालिका,पुस ४ गते । कैलाश गाउँपालिका, कालिकाटारले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस डेको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै गाउँपालिकाभित्र तीन दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानद्वारा जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरिएको छ। साथै यस्ता धार्मिक चाडपर्वले समुदायमा आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र भातृत्वको भावना अभिवृद्धि गर्दै शान्त, समुन्नत र समृद्ध कैलाश निर्माणमा प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ। यसै अवसरमा कैलाश गाउँपालिकाले मिति २०८२ साल पौष १०, ११ र १२ गते (तदनुसार सन् २०२५ डिसेम्बर…
Read More
राज्य विधिको शासनमा नचलेको आरोप, ‘श्रम संस्कृति पार्टीलाई योजनाबद्ध रूपमा कमजोर पार्ने प्रयास भइरहेको’ सुन्दर लामाको दाबी

राज्य विधिको शासनमा नचलेको आरोप, ‘श्रम संस्कृति पार्टीलाई योजनाबद्ध रूपमा कमजोर पार्ने प्रयास भइरहेको’ सुन्दर लामाको दाबी

हेटौंडा, पुस ४ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले नेपालमा हालसम्म राज्य विधिको शासनअनुसार नचलेको आरोप लगाउँदै शक्तिकेन्द्रको डिजाइनअनुसार राजनीति सञ्चालन भइरहेको दाबी गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक स्टाटसमा उनले पछिल्लो समय चर्चामा रहेका राजनीतिक घटनाक्रमप्रति गहिरो प्रश्न उठाएका छन्। उनले रवि लामिछानेलाई लामो समयसम्म देशभर रातको १२ बजेसम्म घुमाइएको घटनालाई उल्लेख गर्दै “अहिले कुन र कहाँको शक्तिले सजिलै बाहिर ल्यायो ?” भन्ने प्रश्न उठाएका छन्। यस्तै, उनले पूर्व नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति संकेत गर्दै उज्यालो नेपाल पार्टी दर्ताबारे अघिसम्म आफू अनभिज्ञ रहेको र कुनै पनि दल खोल्ने पक्षमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.