२०८२ पुष १२, शनिबार १९:१३
२०८२ पुष १२, शनिबार १९:१३
हेटौंडा,पुस १२ गते । हेटौंडा मानसचोकस्थित डाँफे पार्टी प्यालेसमा आज आयोजित पत्रकार सम्मेलनमार्फत दागाची (Dagachi) एपबारे विशेष जानकारी गराइएको छ। उक्त पत्रकार सम्मेलनमा नेपालका लागि दागाची एपका प्रतिनिधि माधव सापकोटाले एपको उद्देश्य, विशेषता तथा दीर्घकालीन योजनाबारे उपस्थित पत्रकारहरूलाई विस्तृत जानकारी गराएका थिए। सापकोटाका अनुसार दागाची एप एआई (Artificial Intelligence) प्रविधिमा आधारित बहुभाषिक सूचना तथा सञ्चार प्लेटफर्म हो। यस एपको मुख्य उद्देश्य कोरियामा कार्यरत तथा भविष्यमा कोरिया जाने तयारीमा रहेका विदेशी नागरिकहरूले भाषागत अवरोधबिना सही, विश्वसनीय र सूचना–आधारित जानकारी सहज रूपमा प्राप्त गर्न सकून् भन्ने रहेको छ। वर्तमान अवस्थामा कोरियामा रहेका विदेशी कामदार, विद्यार्थी तथा नवागन्तुकहरूले भाषागत समस्या, सरकारी सूचना र…