२०८२ पुष ४, शुक्रबार १६:५१
२०८२ पुष ४, शुक्रबार १६:५१
हेटौंडा, पुस ४ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा गरिएको लागू औषध गाँजा तथा अफिम खेती फडानी गरी नष्ट गरेको छ। प्रेस विज्ञप्ति अनुसार मिति २०८२ साल पौष ३ गते बिहान ९:४५ बजे इलाका प्रहरी कार्यालय पशुपतिनगर, बागमती प्रदेश प्रहरी गण हेटौडा तथा सशस्त्र प्रहरी बल १४ नम्बर गण हे.क्वा. मकवानपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त कारबाही गरेको हो। प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ र १६ अन्तर्गत पर्ने चिप्लेरी, बंगेली काँसघारी, शक्तिखोला खानेखेत तथा दिले खोलाको आसपास क्षेत्रमा अवैध रूपमा गरिएको लागू औषध गाँजा तथा अफिम खेती करिब १० बिगहा क्षेत्रफलमा फडानी गरी पूर्ण रूपमा…