सशान्त तामाङ

385 Posts
हेटौंडा–१५ भोर्लेमा सार्वजनिक जमिन नामसारी विवाद: २११ सुकुम्बासी घरधुरीको हकदाबी गर्दै मालपोत कार्यालयमा कागजपत्र पेश

हेटौंडा–१५ भोर्लेमा सार्वजनिक जमिन नामसारी विवाद: २११ सुकुम्बासी घरधुरीको हकदाबी गर्दै मालपोत कार्यालयमा कागजपत्र पेश

हेटौंडा, मंसिर २८ गते । हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेमा अवस्थित सार्वजनिक जमिनको नामसारीसम्बन्धी विवाद चुलिँदै गएको छ। सुकुम्बासी तथा सार्वजनिक जमिन संरक्षण समितिका संयोजक बिरु माया दोङको नेतृत्वमा करिब ३० जना स्थानीय व्यक्तिहरूले मालपोत कार्यालय मकवानपुरका प्रमुखलाई सम्बन्धित महत्वपूर्ण कागजातहरू पेश गर्दै आफूहरूले लामो समयदेखि उपयोग गर्दै आएको जमिन आफ्नो नाममा दर्ता गर्न मागदाबी गरेका छन्। स्थानीयका अनुसार हाल उक्त स्थानमा २११ जना सुकुम्बासी घरधुरी बसोबास गर्दै आइरहेका छन्। पुस्तौँदेखि उपयोग हुँदै आएको जमिन केही व्यक्तिहरूको मिलेमतोमा वडा कार्यालयको सिफारिसमार्फत अन्य व्यक्तिहरूको नाममा नामसारी गरिएको जानकारी बाहिरिएपछि सुकुम्बासी तथा स्थानीय बासिन्दाहरू आन्दोलित भएका हुन्। वडा कार्यालयबाट ३५ दिनको सार्वजनिक सूचना जारी…
Read More
हेटौंडाको डम्पिङ साइट आगलागी उपमहानगरको लापरवाहीको परिणाम: सुनुवाइ नभए घेराउ गर्ने चेतावनी

हेटौंडाको डम्पिङ साइट आगलागी उपमहानगरको लापरवाहीको परिणाम: सुनुवाइ नभए घेराउ गर्ने चेतावनी

हेटौंडा, मंसिर २८ गते । हेटौंडा उपमहानगरपालिकाको फोहोर संकलन तथा डम्पिङ स्थलमा हरेक वर्ष दोहोरिँदै आएको आगलागी आकस्मिक नभई उपमहानगरपालिकाको लापरवाही, अदूरदर्शिता र असक्षम फोहोर व्यवस्थापन नीतिको प्रत्यक्ष परिणाम भएको भन्दै कडा आलोचना गरिएको छ। सामाजिक अभियन्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा डम्पिङ स्थलमा बारम्बार हुने आगलागीले धुवाँ, दुर्गन्ध र विषालु ग्यास फैलिँदा पनि जिम्मेवार निकाय मौन बस्नु गम्भीर अपराध भएको उल्लेख गरेका छन्। उनका अनुसार डम्पिङ स्थलमा संकलित फोहोरबाट निस्कने ग्यास तथा प्लास्टिकजन्य पदार्थको खुला आगोका कारण स्थानीय बासिन्दाको स्वास्थ्यमा दीर्घकालीन क्षति पुगिरहेको छ। श्वासप्रश्वाससम्बन्धी रोग, छाला, आँखा तथा बालबालिका र ज्येष्ठ नागरिकमा जटिल स्वास्थ्य समस्या…
Read More
हेटौंडामा २२ किलोभन्दा बढी गाँजा सहित महिला पक्राउ

हेटौंडामा २२ किलोभन्दा बढी गाँजा सहित महिला पक्राउ

हेटौंडा, मंसिर २८ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागू औषध गाँजा २२ किलो ६० ग्रामसहित एक महिलालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार मिति २०८२ साल मङ्सिर २७ गते अपरान्ह ३ बजेर २० मिनेटको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटस्थित पूर्व–पश्चिम सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेकी एक महिलालाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकी महिला मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ४५ की लक्ष्मीमाया गोले रहेको प्रहरीले जनाएको छ। खानतलासीका क्रममा उनले बोकेको जेब्रा झोलाभित्र २२ किलो ६० ग्राम प्रतिबन्धित लागू औषध गाँजा फेला परेको थियो। बरामद लागू औषधसहित लक्ष्मीमाया गोलेलाई नियन्त्रणमा…
Read More
निर्मल माध्यमिक विद्यालयको ५० औँ स्वर्ण जयन्ती पौष ८ गतेदेखि, पौष १२ गतेसम्म विविध कार्यक्रम

निर्मल माध्यमिक विद्यालयको ५० औँ स्वर्ण जयन्ती पौष ८ गतेदेखि, पौष १२ गतेसम्म विविध कार्यक्रम

बस्तीपुर, मंसिर २८ गते । हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तीपुरमा अवस्थित निर्मल माध्यमिक विद्यालयमा ५० औँ स्वर्ण जयन्ती उत्सव पौष ८ गतेदेखि सुरु हुने भएको छ। विद्यालयको स्वर्ण जयन्ती अवसरमा पौष ८ गतेदेखि १२ गतेसम्म निरन्तर शैक्षिक, खेलकुद, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गरिने विद्यालयले जनाएको छ। रेडियो भरोसासँगको संवादमा विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारीले स्वर्ण जयन्तीलाई ऐतिहासिक र स्मरणीय बनाउने उद्देश्यले विविध कार्यक्रम तय गरिएको जानकारी दिएका छन्। उनका अनुसार पहिलो दिन पौष ८ गते विद्यार्थी, टोल विकास समिति र स्काउटको सहभागितामा स्काउट मार्च पास प्रदर्शनी तथा र्‍याली पञ्चेबाजासहित आयोजना गरिनेछ। सोही दिन स्काउट मार्च पास प्रतियोगिता, उद्घाटन समारोह,…
Read More
मकवानपुरमा ४७० किलो गाँजा तथा बोलेरो पिकअप बरामद, चालक फरार

मकवानपुरमा ४७० किलो गाँजा तथा बोलेरो पिकअप बरामद, चालक फरार

भीमफेदी, मंसिर २५ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष प्रहरी टोलीले भीमफेदी गाउँपालिका अन्तर्गत कालिकाटार–नामटार क्षेत्रबाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाका आधारमा निगरानीमा रहेको टोलीले मङ्सिर २५ गते बिहान १ बजे शंका लागेपछि रोक्न खोजिएको बा १७ च ४२ नम्बरको बोलेरो पिकअप गाडी रोक्न नमानेपछि पछ्याउँदै गएको थियो। गाडी चालकमाथि नियन्त्रण स्थापित गर्न खोज्दा पिकअप गाडी भीमफेदी–३ पान्द्राङतर्फको ढुङ्गा खानी जाने भित्री बाटोतिर लैजान पुगिएको र त्यहीँ चालक फरार भएको प्रहरीले जनाएको छ। पछि गरिएको चेकजाँचमा गाडीको पछाडि ढालामा राखिएका १७ बोरा भित्र रातो प्लास्टिकले बाँधिएका ५० पोकामा जम्मा ४७० किलो गाँजा…
Read More
माओवादी केन्द्रका पूर्व मनहरी गाउँ समिति अध्यक्ष आनन्द घलानद्वारा पार्टी त्याग गर्दै नयाँ राजनीतिक यात्राको घोषणा

माओवादी केन्द्रका पूर्व मनहरी गाउँ समिति अध्यक्ष आनन्द घलानद्वारा पार्टी त्याग गर्दै नयाँ राजनीतिक यात्राको घोषणा

मनहरी, मंसिर २५ गते । करिब तीन दशकदेखि माओवादी आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएका माओवादी केन्द्रका नेता तथा मनहरी गाउँ समिति (पूर्व मनहरी गाउँ समिति) का तत्कालीन अध्यक्ष आनन्द घलान (वीरबहादुर) ले पार्टी परित्याग गरेका छन्। उनले मंसिर २५ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को साधारण सदस्यता तथा सबै जिम्मेवारीबाट मुक्त रहँदै स्वतन्त्र राजनीतिक यात्रामा अघि बढ्ने घोषणा गरेका हुन्। घलानले जनयुद्धकालदेखि रूपान्तरणको सम्पूर्ण चरणमा आफूले सक्दो योगदान गरेको उल्लेख गर्दै पार्टीको हालको नीतिहरू जनआकांक्षा र जनयुद्धका मर्मबाट क्रमशः टाढिँदै गएको महसुस भएको बताएका छन्। विचार, सिद्धान्त र व्यवहारबीच बढ्दो दूरीले फरक मार्ग रोज्न बाध्य…
Read More
शिवम् सिमेन्टको धुवाँ–धुलोले हेटौंडामा स्वास्थ्य संकट, विद्यालयले ‘छात्रवृत्ति’ लिएकाे भन्दै अभिभावक आक्रोशित

शिवम् सिमेन्टको धुवाँ–धुलोले हेटौंडामा स्वास्थ्य संकट, विद्यालयले ‘छात्रवृत्ति’ लिएकाे भन्दै अभिभावक आक्रोशित

हेटौँडा, मंसिर २५ गते । हेटौंडा–१६ स्थित शिवम् सिमेन्ट उद्योगबाट निस्कने कालो धुवाँ र धुलोका कारण स्थानीय बस्ती, विद्यालय र कृषि क्षेत्र गम्भीर रूपमा प्रभावित भएको भन्दै जिल्लावासी र सामाजिक अभियन्ताहरूले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जालमा पोस्ट गर्दै उद्योगको प्रभावले लक्ष्मी आधारभूत विद्यालयका बालबालिकाले मुख छोपेर पढ्नुपर्ने, उद्योगको बज्रध्वनीले कक्षा–कक्षामा अवरोध हुने र समग्र बस्तीको स्वास्थ्यमा गम्भीर असर परेको बताए। महतका अनुसार विद्यालयले शिवम् सिमेन्टबाट केही रकम तथा ‘छात्रवृत्ति’ जस्ता आर्कषक प्रस्तावहरू स्वीकार गरेको चर्चा चलेको छ। उनले यस्ता ‘ललिपप’ स्वीकार गर्नु विद्यालयको गल्ती भएको भन्दै आलोचना गर्दै लेखेका छन्, “विद्यार्थीकै स्वास्थ्यभन्दा…
Read More
हेटौडामा खैरो हेरोइनजस्तो लागूऔषधसहित एक जना युवक पक्राउ

हेटौडामा खैरो हेरोइनजस्तो लागूऔषधसहित एक जना युवक पक्राउ

हेटौँडा, मंसिर २४ गते । मकवानपुरमा प्रहरीले खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। गए राति करिब ११:४५ बजे विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय हेटौडाबाट खटिएको टोलीले हेटौडा उपमहानगरपालिका– ९, सिर्जनाटोलबाट एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ऐलानी वडा नम्बर ४ बस्ने ३६ वर्षीय संजोग पौडेलको साथबाट खैरो हेरोइन जस्तो देखिने १ ग्राम ८० मिलिग्राम लागूऔषध फेला परेको थियो। बरामद गरिएको पदार्थसहित पौडेललाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। उक्त घटनामा मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध कसुरमा म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
Read More
मकवानपुरमा अबैध नदीजन्य पदार्थ उत्खननमा संलग्न १३ ट्याक्टर नियन्त्रण

मकवानपुरमा अबैध नदीजन्य पदार्थ उत्खननमा संलग्न १३ ट्याक्टर नियन्त्रण

हेटौँडा, मंसिर २४ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा अबैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार–पसार गर्दै गरेका १३ वटा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाएको छ। मंगलबार गरिएको अभियानका क्रममा ढुंगा–बालुवा जस्ता नदीजन्य पदार्थ अनधिकृत रूपमा उत्खनन तथा ढुवानी भइरहेको सूचनाको आधारमा गरिएको चेकजाँचमा तल उल्लेखित नंम्बरका ट्याक्टर नियन्त्रणमा लिइए: १. ना.५ त ७१८६ २. प्रदेश २–०३–००१ त ४१०८ ३. ना.६ त ३५६६ ४. ना.६ त ९८९९ ५. ना.७ त १३३ ६. ना.४ त ४०४९ ७. प्र २–०३–००१ त ६४८० ८. बा.प्र.०३–००१ त ३९९…
Read More
जेन जि फोर्स मकवानपुरद्वारा ‘एकतर्फी दमन’ तत्काल रोक्न तथा गिरफ्तार युवाहरूको रिहाइको माग

जेन जि फोर्स मकवानपुरद्वारा ‘एकतर्फी दमन’ तत्काल रोक्न तथा गिरफ्तार युवाहरूको रिहाइको माग

हेटौँडा, मंसिर २४ गते । समाजवादी जेन्जी फोर्स मकवानपुरले हालै जारी गरेको प्रेस विज्ञप्तिमा जेन जि आन्दोलनमा सहभागी युवामाथि भइरहेको ‘एकतर्फी दमन’ तत्काल रोक्न माग गरेको छ। संस्थाले महान जेन जि आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूलाई सम्मान व्यक्त गरेको छ। विज्ञप्तिमा जेन्जी आन्दोलनको बलिदानका आधारमा बनेको संगठन भ्रष्टाचाररहित सुशासनका पक्षमा सधैं दृढ रहेको उल्लेख गर्दै, आन्दोलनका क्रममा भएका घटनाहरूलाई संस्थागत रूपमा सम्हाली नरसंहारकारी अपराधीलाई कानूनी प्रक्रियामा ल्याउन आग्रह गरिएको छ। जेन जि फोर्सले आन्दोलनमा संलग्न भएको आरोपमा गरिएका गिरफ्तारीलाई अन्यायपूर्ण भन्दै जघन्य अपराध बाहेकका सबै कैदीबन्दी जेन जि समर्थकलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गरेको छ। २०८२ भदौ २४…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.