सशान्त तामाङ

385 Posts
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

हेटौंडा,बैशाख २० गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले हेटौंडा बजार फराकिलो बनाउने कार्यमा आवश्यक पूर्वतयारी नगरी अघि बढाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सिग्देलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै विकास कार्य निकाससहित हुनुपर्नेमा जोड दिएका छन्। उनले लेखेका छन्, “विकास निकाससहित हुनुपर्छ, नत्र हेटौंडा बजार भत्काएर छाडेको जस्तै हुन्छ।” उनका अनुसार हेटौंडा बजार फराकिलो बनाउने कार्य आवश्यक र सबैको सहमतिको विषय भए पनि पर्याप्त योजना र व्यवस्थापनबिना संरचना भत्काउँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ। विशेषगरी सडक विस्तारपछि यातायात व्यवस्थापन, ढल निकास, पार्किङ तथा व्यापार सञ्चालनमा देखिएको अव्यवस्था समाधान हुन नसकेको…
Read More
“विकासका लागि कठोर निर्णय आवश्यक: सुकुमबासी व्यवस्थापनसहित संरचित शहर निर्माणमा सरकारको जोड”

“विकासका लागि कठोर निर्णय आवश्यक: सुकुमबासी व्यवस्थापनसहित संरचित शहर निर्माणमा सरकारको जोड”

हेटौडा,बैशाख २० गते । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले हाल देशभर चर्चामा रहेको सुकुम्बासी बस्ती हटाउने विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै विकासका लागि कहिलेकाहीँ कठोर निर्णय आवश्यक हुने बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत व्यक्त गरेको विचारमा विकासको प्रारम्भ क्रूर देखिन सक्ने भए पनि अन्ततः त्यसले सुन्दर र दीर्घकालीन संरचना निर्माण गर्ने उल्लेख गरेकी छन्। उनले सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरिँदा देखिएको पीडा र नागरिकको क्रन्दनप्रति संवेदनशीलता व्यक्त गर्दै यस्तो प्रक्रिया मानवीय रूपमा पीडादायी भए पनि दीर्घकालीन विकासको दृष्टिले आवश्यक हुन सक्ने बताइन्। उनका अनुसार भग्नावशेषपछि निर्माण हुने पार्क, सडक विस्तार तथा नदी किनारको व्यवस्थापनले शहरलाई व्यवस्थित र…
Read More
सुकुम्बासी बस्तीमा ‘डोजर आतंक’ विरुद्ध एमाले बागमतीको कडा आपत्ति, वैकल्पिक आवासको तत्काल माग

सुकुम्बासी बस्तीमा ‘डोजर आतंक’ विरुद्ध एमाले बागमतीको कडा आपत्ति, वैकल्पिक आवासको तत्काल माग

हेटौडा,बैशाख १९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले हालैका दिनहरूमा बालेन्द्र नेतृत्वको सरकारद्वारा सुकुम्बासी बस्तीहरूमा गरिएको डोजर प्रयोगप्रति गम्भीर आपत्ति जनाएको छ। दलले पर्याप्त पूर्व सूचना बिना नै घर भत्काउने कार्यलाई “अमानवीय” र “गैरजिम्मेवार” व्यवहारको संज्ञा दिएको छ। नेता जगन्नाथ थपलियाद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले कतै एक–दुई दिन मात्र, कतै त एक घण्टामै सूचना दिएर भूमिहीन सुकुम्बासीका बस्तीहरूमा डोजर चलाएको आरोप लगाइएको छ। यसले गर्दा धेरै परिवार जबरजस्ती आवासविहीन बन्न पुगेका छन्। विज्ञप्तिमा उल्लेख भएअनुसार, व्यवस्थापनका लागि तोकिएको दशरथ रंगशाला लगायतका स्थानहरूमा पनि खान र बस्नको पर्याप्त व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गरिएको छ। यस अवस्थाले…
Read More
शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब सहिन्न” — विशालराज महत

शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब सहिन्न” — विशालराज महत

हेटौडा,बैशाख १८ गते । शिवम् सिमेन्ट उद्योगबाट निस्कने धुवाँ–धुलोका कारण स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सामाजिक अभियान्ता तथा सेवा सहयोग र आवाज अभियानका अध्यक्ष विशालराज महतले कडा विरोध जनाउँदै आन्दोलनको घोषणा गरेका छन्। महतले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको आफ्नो धारणा मार्फत उद्योगको ज्यादती दिनानुदिन बढ्दै गएको आरोप लगाएका छन्। पटक–पटक आवाज उठाउँदा पनि समस्या समाधान हुन नसकेको र जनताको आन्दोलनलाई कमजोर बनाउन विभिन्न बहानाहरू प्रयोग गरिएको उनले उल्लेख गरेका छन्। १७ नम्बर वडाध्यक्षको संयोजकत्वमा गठन गरिएको समिति पनि समस्या समाधानभन्दा जनतालाई झुक्याउने उद्देश्यले बनाइएको अहिले स्पष्ट भएको महतको दाबी छ। समिति बनेपछि पनि उद्योगबाट निरन्तर धुवाँ–धुलो…
Read More
मनहरी गाउँपालिकामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि कार्यक्रम सञ्चालन हुँदै

मनहरी गाउँपालिकामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि कार्यक्रम सञ्चालन हुँदै

मनहरी गाउँपालिका,बैशाख १८ गते । मनहरी गाउँपालिकाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक (LGBTIQ+) समुदायलाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको १७औँ गाउँसभाबाट स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उक्त समुदायका व्यक्तिहरूका लागि विनियोजित बजेट मार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको हो। गाउँपालिकाले सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्र स्थायी बसोबास गर्ने लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। सूचना प्रकाशन भएको मितिले सात दिनभित्र सम्बन्धित व्यक्तिहरूले आफ्नो विवरण दर्ता गराउनुपर्ने उल्लेख गरिएको छ। विवरण दर्ताका लागि मनहरी गाउँपालिकाको सामाजिक विकास शाखामा प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ। साथै, यस क्षेत्रमा काम गर्दै आएको संस्था ‘फ्रेन्डस् हेटौडा, मकवानपुर’ (हेटौडा–४) मार्फत…
Read More
बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१ गते सार्वजनिक विदा

बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१ गते सार्वजनिक विदा

थाहा नगरपालिका,बैशाख १७ गते । थाहा नगरपालिका, मकवानपुरले ऐतिहासिक बज्रबाराही अजिमा जात्राको अवसरमा आगामी वैशाख २१ गते (सोमबार) नगर क्षेत्रभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। नगर कार्यपालिकाको वैशाख १६ गते बसेको बैठकले हरेक तीन वर्षमा मनाइने यस महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक जात्रालाई सम्मान गर्दै उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलद्वारा जारी सूचनामा नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरूमा विदा लागू हुने जनाइएको छ। बज्रबाराही अजिमा जात्रा थाहा नगरपालिकाको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। यस अवसरमा स्थानीयवासीहरू परम्परागत रूपमा पूजा, जात्रा र विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै…
Read More
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

हेटौडा,बैशाख १६ गते । हेटौडास्थित यातायात व्यवस्था कार्यालयमा सञ्चालन हुँदै आएको सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षा प्रणालीप्रति असन्तुष्टि जनाउँदै सामाजिक संस्था “सेवा सहयोग र आवाजमा हामी (SSAH)” ले श्रम, रोजगार तथा यातायात मन्त्रालयसमक्ष ध्यानाकर्षण पत्र पेश गरेको छ। संस्थाका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महत नेतृत्वको टोलीले आज उक्त पत्र बुझाउँदै ट्रायल परीक्षामा पारदर्शिता अभाव, सेवाग्राहीलाई अनावश्यक झन्झट र केही व्यवस्थाहरू अन्यायपूर्ण रहेको उल्लेख गरेको छ। पत्रमा विशेषगरी ट्रायल परीक्षा स्थलमा जडान गरिएका सिसी क्यामेराको फुटेज कर्मचारीमै सीमित हुनु र सेवाग्राहीलाई हेर्न शुल्क लिनु पर्ने व्यवस्था प्रति आपत्ति जनाइएको छ। नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी…
Read More
इन्द्रसरोवर गाउँपालिका ५ मा उज्यालो नेपाल पार्टीको संगठन विस्तार, ३९ सदस्यीय समिति गठन

इन्द्रसरोवर गाउँपालिका ५ मा उज्यालो नेपाल पार्टीको संगठन विस्तार, ३९ सदस्यीय समिति गठन

चखेल,बैशाख १५ गते । इन्द्रसरोवर गाउँपालिका–५ चखेलमा उज्यालो नेपाल पार्टीले आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ। आज आयोजित कार्यक्रममा ३९ सदस्यीय नयाँ समिति गठन गरिएको हो। एलोन वाइबाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीको स्थानीय संगठनलाई सुदृढ बनाउने उद्देश्यले समिति विस्तार गरिएको बताइएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय उपमहासचिव जितराम वाइबा उपस्थित रहेका थिए। त्यसैगरी, प्रदेश अध्यक्ष प्रविन बल, जिल्ला अध्यक्ष सुरेन्द्र लामा लगायत अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले संगठन विस्तारसँगै जनताको आवाजलाई अझ प्रभावकारी रूपमा उठाउने र पार्टीलाई तल्लो तहसम्म सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उत्साहजनक सहभागितासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न…
Read More
“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

हेटौंडा,बैशाख १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित जनप्रतिनिधिहरू यतिबेला “जनताको मुद्दा सुन्ने” अभियानअन्तर्गत सार्वजनिक सुनुवाइमा व्यस्त देखिएका छन्। सामाजिक सञ्जालहरूमा पनि “माननीयको निर्देशन अनुसार…” भन्ने भावनाले भरिएका पोस्टहरू व्यापक रूपमा साझा भइरहेका छन्। यसले जनप्रतिनिधिहरूप्रति अपेक्षा र आशा दुवै बढाएको देखिन्छ। तर यही सन्दर्भमा सामाजिक अभियन्ता तथा “सेवा सहयोग र आवाज” अभियानका अध्यक्ष विशालराज महतले कडा खबरदारी गरेका छन्। उनले आफ्नो फेसबुक स्टाटसमार्फत सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति प्रश्न उठाउँदै यसलाई “सुनुवाइ कि अभिनय?” भन्ने रूपमा टिप्पणी गरेका छन्। महतका अनुसार जनताको मुद्दा सुन्नु अघि राजनीतिक दलहरूले आफ्नै पार्टीभित्रको अनुशासन, नैतिकता र उत्तरदायित्व सुनिश्चित गर्नुपर्छ। उनले आफ्नै पार्टीका स्थानीय…
Read More
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

हेटौंडा.बैशाख १५ गते । हेटौंडा उपमहानगरपालिका–२ अन्तर्गत रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा १३ महिनादेखि व्यवस्थापन समिति गठन नभएको विषय सार्वजनिक भएको छ। सेवा सहयोग र आवाजमा नेपालका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे गम्भीर प्रश्न उठाउँदै लापरबाहीको रहस्य उजागर गरेका छन्। उनका अनुसार २०८१ साल वैशाख १५ गते विद्यालय व्यवस्थापन समिति विघटन भएयता अहिलेसम्म नयाँ समिति गठन हुन सकेको छैन। विद्यालय जस्तो संवेदनशील संस्थालाई लामो समयसम्म नेतृत्वविहीन बनाइ राख्नु केवल प्रशासनिक कमजोरी मात्र नभई शैक्षिक प्रणालीमाथिको प्रत्यक्ष अन्याय भएको उनले बताएका छन्। महतले राजनीतिक भागबन्डा नमिल्दा समिति गठन प्रक्रिया अवरुद्ध हुनु अत्यन्तै अस्वीकार्य भएको उल्लेख गरेका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.