सशान्त तामाङ

384 Posts
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

हेटौंडा,बैशाख २६ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले हेटौंडा क्षेत्रका भूमिहीन तथा सुकुम्बासी नागरिकको विषयमा स्थानीय तह र राजनीतिक दलहरूले तत्काल साझा धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उनले भूमिहीन सुकुम्बासीलाई मानवीय र व्यवहारिक पक्षलाई बेवास्ता गर्दै उठिबास लगाइएको भन्दै आपत्ति जनाएका हुन्। उनले विगतमा विभिन्न प्रयास भए पनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको उल्लेख गर्दै अहिलेको अवस्थाले पीडित नागरिक थप पीडित बन्न पुगेको बताएका छन्। उनले हेटौंडा उपमहानगरपालिकाको तत्काल बैठक बोलाई भूमिहीन, अव्यवस्थित बसोबासी तथा अतिक्रमित क्षेत्रको स्पष्ट वर्गीकरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, कति…
Read More
भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

हेटौंडा,बैशाख २६ गते । हर्क सम्पाङ समक्ष सेवा सहयोग र आवाजमा हामी (SSAH), ले भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा भएको भनिएको गम्भीर अनियमितता, आर्थिक अपारदर्शिता तथा सम्भावित ठगीप्रति ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानबिनको माग गरेको छ। संस्थाका अध्यक्ष विशालराज महतद्वारा जारी ध्यानाकर्षण पत्रमा नेपाल पूर्वाधार विकास कम्पनीमार्फत सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा अघि बढाइएको उक्त परियोजनाले आर्थिक समृद्धि र आकर्षक प्रतिफलको सपना देखाएर देश तथा विदेशमा रहेका नेपाली नागरिकबाट करिब ३४ करोड रुपैयाँ संकलन गरेको उल्लेख गरिएको छ। पत्रमा स्थानीय बासिन्दाले गाईबाख्रा बेचेर, ऋण काटेर तथा जग्गा समेत बिक्री गरेर परियोजनामा लगानी गरेको दाबी गरिएको छ। तर दशकौं बितिसक्दा पनि सुरुङमार्ग निर्माणको ठोस प्रगति…
Read More
विशालराज महतले उठाए हेटौंडा अस्पतालको जीर्ण सडकको विषय : “बिरामीले उपचारभन्दा बढी सडकको पीडा भोगिरहेका छन्”

विशालराज महतले उठाए हेटौंडा अस्पतालको जीर्ण सडकको विषय : “बिरामीले उपचारभन्दा बढी सडकको पीडा भोगिरहेका छन्”

हेटौंडा,बैशाख २५ गते । हेटौंडा अस्पतालमा उपचारका लागि दैनिक करिब १५ सयको हाराहारीमा बिरामी विभिन्न जिल्लाबाट आउने गरेका छन् । इमर्जेन्सी, सर्जरी, अपरेसन तथा डेलिभरीजस्ता संवेदनशील सेवा सञ्चालन भइरहेको अस्पतालसम्म पुग्ने मुख्य सडक वर्षौंदेखि खाल्डाखुल्डी र अस्तव्यस्त अवस्थामा रहेको भन्दै स्थानीयवासी तथा सेवाग्राहीले गुनासो गर्दै आएका छन् । यसै विषयलाई लिएर सामाजिक अभियान्ता तथा “सेवा सहयोग र आवाज” अभियानका अध्यक्ष विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनले अस्पताल पुग्ने सडकको दयनीय अवस्थाका कारण बिरामीहरूले उपचारका क्रममा मात्रै नभई उपचारपछि फर्किने बेलासमेत थप पीडा र जोखिम भोग्नुपरेको उल्लेख गरेका छन् । महतले आफ्नो फेसबुक स्टाटस…
Read More
“सत्ता बाहिर आदर्श, सत्तामा पुगेपछि सुविधा खोज्ने प्रवृत्ति दोहोरो चरित्र” — वडाध्यक्ष फुर्बा दोर्जे लामा

“सत्ता बाहिर आदर्श, सत्तामा पुगेपछि सुविधा खोज्ने प्रवृत्ति दोहोरो चरित्र” — वडाध्यक्ष फुर्बा दोर्जे लामा

हेटौंडा,बैशाख २५ गते । हेटौंडा उपमहानगरपालिका–१० का वडाध्यक्ष फुर्बा दोर्जे लामाले राजनीतिक नेतृत्वमा देखिएको दोहोरो व्यवहारप्रति कटाक्ष गरेका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सत्ता बाहिर हुँदा आदर्शका ठूला कुरा गर्ने नेताहरू जिम्मेवारीमा पुगेपछि व्यवहारमा विपरीत देखिने गरेको टिप्पणी गरेका हुन्। उनले लेखेका छन्, “हिजो प्रधानमन्त्री मन्त्री हुँदा ‘माननीय सांसदको स्वकीय सचिव राख्नु हुँदैन’ भन्नेहरू आज ‘स्वकीय बिना कामै चल्दैन’ भन्दै हिँडिरहेका छन्।” त्यस्तै, “धेरै गाडी र तामझाम चाहिँदैन, जनताको सेवक सादा हुनुपर्छ भन्नेहरू आज गाडी, सुरक्षा र सुविधा बिना एक पाइला हिँड्न नसक्ने अवस्थामा पुगेका छन्,” भन्दै उनले सत्ता र व्यवहारबीचको अन्तर औँल्याएका छन्। वडाध्यक्ष लामाले…
Read More
हेटौंडा–४ मा धमाधम पूर्वाधार विकास : सडक, विद्यालय भवनदेखि जेष्ठ नागरिक आश्रय कक्षसम्मका योजना अघि बढ्दै

हेटौंडा–४ मा धमाधम पूर्वाधार विकास : सडक, विद्यालय भवनदेखि जेष्ठ नागरिक आश्रय कक्षसम्मका योजना अघि बढ्दै

हेटौंडा,बैशाख २४ गते । हेटौंडा उपमहानगरपालिका–४ मा विभिन्न पूर्वाधार विकासका योजना तीव्र रूपमा अगाडि बढिरहेका छन् । वडा अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत वडामा सञ्चालनमा रहेका तथा प्रक्रियामा रहेका योजनाबारे जानकारी गराउँदै विकासलाई साझा विषयका रूपमा लिन आग्रह गरेका छन्। वडा अध्यक्ष सिग्देलले “हामी काममा विश्वास गर्छौं, विकास जनताका लागि हो, विकासमा राजनीति नगरौं” भन्ने सन्देशसहित वडामा शिक्षा, स्वास्थ्य, खेलकुद, भाषा–संस्कृति, महिला, बालबालिका, अपाङ्गता, मुस्लिम, दलित तथा जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर योजनाहरू अघि बढाइएको बताएका छन्। उनका अनुसार रजतजयन्ति सडक निर्माण कार्य हाल निर्माण सामग्री अभावका कारण केही प्रभावित भए पनि…
Read More
सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत कदम तत्काल रोक्नुपर्ने”

सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत कदम तत्काल रोक्नुपर्ने”

काठमाडौं,बैशाख २३ गते । श्रम संस्कृति पार्टीले नेपाल सरकारले सुकुम्बासी व्यवस्थापनका नाममा अघि बढाएको वर्तमान अभियानप्रति गम्भीर आपत्ति जनाउँदै उक्त कदमलाई संविधान विपरीत तथा असंवेदनशील भएको आरोप लगाएको छ। पार्टीका महासचिव आरेन राईद्वारा जारी प्रेस विज्ञप्तिमा काठमाडौँ उपत्यका लगायत देशभर सञ्चालन भइरहेको अभियान हतारमा पर्याप्त अध्ययन तथा सरोकारवालासँग अर्थपूर्ण परामर्शबिना अघि बढाइएको उल्लेख गरिएको छ। यसले राज्यको संवैधानिक दायित्वमाथि नै प्रश्न उठाएको पार्टीको ठहर छ। विज्ञप्तिमा नेपालको संविधानको धारा ३७ अनुसार प्रत्येक नागरिकलाई सम्मानजनक आवासको हक सुनिश्चित गरिएको स्मरण गराउँदै सुकुम्बासी समस्या कुनै सामान्य प्रशासनिक विषय नभई ऐतिहासिक रूपमा भूमि वितरणमा रहेको असमानता, आर्थिक बहिष्कार र राज्यका दीर्घकालीन नीतिगत असफलताको…
Read More
शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको आरोप, सार्वजनिक सुनुवाइको घोषणा

शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको आरोप, सार्वजनिक सुनुवाइको घोषणा

हेटौंडा,बैशाख २३ गते । स्थानीय बासिन्दाले शिवम् सिमेन्ट उद्योगको मापदण्डविपरीत सञ्चालनप्रति गम्भीर आपत्ति जनाउँदै जनस्वास्थ्यमा प्रत्यक्ष असर परेको आरोप लगाएका छन्। सामाजिक अभियान्ता तथा “सेवा सहयोग र आवाज” अभियानका अध्यक्ष विशालराज महतले सामाजिक सञ्जालमार्फत उद्योगविरुद्ध कडा टिप्पणी गर्दै तत्काल सुधारको माग गरेका हुन्। महतले उद्योगले दीर्घकालदेखि वातावरणीय मापदण्ड उल्लङ्घन गर्दै आएको र यसले स्थानीय जनताको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको उल्लेख गरेका छन्। पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी कदम चालिएको नदेखिएको उनको गुनासो छ। केही समयका लागि सुधारको नाटक देखाएर पुनः पुरानै अवस्थामै फर्किने प्रवृत्तिले जनतामाथि धोका भएको उनले बताएका छन्। यसैबीच, समस्या समाधानका लागि शिवम् सिमेन्ट उद्योगका प्रतिनिधि,…
Read More
सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य आतंक’ को आरोप

सुकुम्बासी बस्तीमा डोजर चलाएकोप्रति एमाले मकवानपुरको आपत्ति, ‘राज्य आतंक’ को आरोप

हेटौंडा,बैशाख २१ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी मकवानपुरले सुकुम्बासी तथा भूमिहीन बस्तीमा डोजर चलाइएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कदमलाई ‘राज्य आतंक’को संज्ञा दिएको छ। जिल्ला कमिटीद्वारा जारी प्रेस विज्ञप्तिमा वर्षौंदेखि बसोबास गर्दै आएका दलित सुकुम्बासी तथा भूमिहीन नागरिकलाई वैकल्पिक व्यवस्था नगरी वर्षाको प्रतिकूल मौसममा हटाउने प्रयास अस्वीकार्य भएको उल्लेख गरिएको छ। एमालेले यस्तो कार्यले गरिब तथा विपन्न समुदायको जीवन अझ असुरक्षित र अनिश्चित बनाएको जनाएको छ। विज्ञप्तिमा सरकारको कदमलाई अलोकतान्त्रिक र अपरिपक्व भन्दै आलोचना गरिएको छ। गरिबी हटाउने प्रतिबद्धता जनाएको सरकारले नै गरिब नागरिकलाई विस्थापित गर्ने नीति अपनाएको भन्दै प्रश्न उठाइएको छ। एमाले मकवानपुरले काठमाडौँको थापाथली,…
Read More
इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको आरोप

इन्द्र बानियामाथि छापामारीप्रति कांग्रेस मकवानपुरको आपत्ति, राजनीतिक पूर्वाग्रहको आरोप

हेटौंडा,बैशाख २१ गते । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियामाथि लक्षित गरी गरिएको छापामारीप्रति गम्भीर आपत्ति जनाएको छ। समितिद्वारा जारी प्रेस विज्ञप्तिमा वर्तमान सरकारले राजनीतिक पूर्वाग्रह साँध्ने उद्देश्यले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा सामान्य सूचनाको हकसमेत अवलम्बन नगरी छापा मारिएको उल्लेख गरिएको छ। यस्तो कार्यले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनमाथि प्रश्न उठाएको कांग्रेसको भनाइ छ। विज्ञप्तिमा लामो समयदेखि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध रहेको राजनीतिक नेतृत्वको मर्यादामा आघात पुग्ने गरी गरिएको कदमप्रति आपत्ति जनाउँदै यसलाई तानाशाही र निरंकुश शैलीको व्यवहारको संज्ञा दिइएको छ। कांग्रेस मकवानपुरले अनुसन्धानका नाममा राजनीतिक दलका नेताहरूमाथि गरिएको व्यवहार आपत्तिजनक…
Read More
हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

हेटौंडा बजार फराकिलो बनाउँदा ‘निकास’ बेवास्ता : वडाध्यक्ष सिग्देलको असन्तुष्टि

हेटौंडा,बैशाख २० गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले हेटौंडा बजार फराकिलो बनाउने कार्यमा आवश्यक पूर्वतयारी नगरी अघि बढाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सिग्देलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै विकास कार्य निकाससहित हुनुपर्नेमा जोड दिएका छन्। उनले लेखेका छन्, “विकास निकाससहित हुनुपर्छ, नत्र हेटौंडा बजार भत्काएर छाडेको जस्तै हुन्छ।” उनका अनुसार हेटौंडा बजार फराकिलो बनाउने कार्य आवश्यक र सबैको सहमतिको विषय भए पनि पर्याप्त योजना र व्यवस्थापनबिना संरचना भत्काउँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ। विशेषगरी सडक विस्तारपछि यातायात व्यवस्थापन, ढल निकास, पार्किङ तथा व्यापार सञ्चालनमा देखिएको अव्यवस्था समाधान हुन नसकेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.