सशान्त तामाङ

384 Posts
हेटौंडा–४ मा डुबान समस्या समाधानतर्फ उन्मुख : आलोचनाभन्दा काम हेर्न वडाध्यक्ष सिग्देलको आग्रह

हेटौंडा–४ मा डुबान समस्या समाधानतर्फ उन्मुख : आलोचनाभन्दा काम हेर्न वडाध्यक्ष सिग्देलको आग्रह

हेटौडा,जेठ ३ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले वडा क्षेत्रमा देखिएका डुबान तथा पानी जम्ने समस्यालाई क्रमशः समाधान गर्दै लगिएको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै सिग्देलले आफूहरू स्थानीय नेतृत्वमा आउनुअघि नै धेरै स्थानमा पानी जम्ने, सडक डुबान हुने तथा खोलाजस्तो अवस्था रहेको उल्लेख गरेका छन्। उनले गर्दोही क्षेत्रको सडक पहिले खोलो र पोखरीजस्तै रहेको, गिरीटोल डुबानको समस्यामा परेको तथा ब्रम्हदिक अगाडि, दाजुभाइ अगाडि र पारिजातपथ क्षेत्रमा समेत वर्षायाममा पानी बग्ने समस्या रहेको स्मरण गराउँदै अहिले तीमध्ये धेरै समस्या समाधान गरिएको दाबी गरेका छन्। सिग्देलले…
Read More
उज्यालो नेपाल पार्टी मकवानपुरद्वारा हेटौंडा–१२ मा ११ सदस्यीय स्थायी वडा समिति गठन

उज्यालो नेपाल पार्टी मकवानपुरद्वारा हेटौंडा–१२ मा ११ सदस्यीय स्थायी वडा समिति गठन

हेटौडा,जेठ ३ गते । आज हेटौंडा उपमहानगरपालिका वडा नं. १२ मा उज्यालो नेपाल पार्टी मकवानपुरको आयोजनामा ११ सदस्यीय स्थायी वडा समिति गठन कार्यक्रम सम्पन्न भएको छ। अगम सिंह रुम्बाको अध्यक्षतामा गठित उक्त वडा समिति विशेष कार्यक्रमका बीच घोषणा गरिएको हो। कार्यक्रममा पार्टीका मकवानपुर संरक्षक ओम घलानको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला तथा नगर तहका विभिन्न पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले स्थानीय तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताका समस्या समाधान र विकास निर्माणका कार्यमा सक्रिय रूपमा लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए। साथै नवगठित समितिले वडा स्तरमा संगठन विस्तार तथा जनसेवालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको…
Read More
हेटौंडा–१३ मा हाईमास्ट लाइट जडान, उज्यालो र सुरक्षित सहर निर्माणतर्फ अर्को कदम

हेटौंडा–१३ मा हाईमास्ट लाइट जडान, उज्यालो र सुरक्षित सहर निर्माणतर्फ अर्को कदम

हेटौडा,जेठ ३ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा आधुनिक प्रविधियुक्त हाईमास्ट लाइट जडान गरिएको छ। उक्त बत्तीको उद्घाटन वडा अध्यक्ष पेम्बा लामाले नारियल फोरेर विधिवत् रूपमा शुभारम्भ गरेका हुन्। स्थानीय तहको पहल र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा जडान गरिएको हाईमास्ट लाइट सञ्चालनमा आएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। आधुनिक प्रविधिअनुसारको उज्यालो व्यवस्थाले वडाको सौन्दर्य बढ्नुका साथै सुरक्षा व्यवस्थामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। हेटौंडा उपमहानगरपालिकाले नगरलाई “उज्यालो, सुरक्षित र सुन्दर सहर” का रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न स्थानमा विशेष प्राथमिकताका साथ यस्ता बत्ती जडान गर्दै आएको जनाएको छ। खासगरी रातिको समयमा हुन सक्ने सम्भावित अपराधिक गतिविधि…
Read More
हेटौंडा–५ पिप्ले सडक विस्तारमा गुणस्तरमाथि प्रश्न : केही महिनामै खाल्टाखुल्टी, सामाजिक अभियन्ता विशालराज महतको आक्रोश

हेटौंडा–५ पिप्ले सडक विस्तारमा गुणस्तरमाथि प्रश्न : केही महिनामै खाल्टाखुल्टी, सामाजिक अभियन्ता विशालराज महतको आक्रोश

पिप्ले,जेठ १ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने पिप्ले क्षेत्रमा केही समयअघि विस्तार गरिएको सडकमा अहिले नै खाल्टाखुल्टी देखिन थालेपछि स्थानीयवासीले सडकको गुणस्तरमाथि प्रश्न उठाउन थालेका छन्। नगर प्रमुख मिना लामाको उपस्थितिमा सडकको गुणस्तर मापन तथा अनुगमन गर्दै रातारात सडक विस्तार गरिएको उक्त सडक छोटो समयमै बिग्रिन थालेपछि स्थानीयस्तरमा आलोचना चुलिएको हो। सडक विस्तारको क्रममा जनप्रतिनिधि तथा सम्बन्धित निकायले गुणस्तरीय निर्माणको प्रतिबद्धता जनाए पनि अहिले सडकमा खाल्टा, धुलो तथा जोखिम बढ्दै गएको स्थानीयहरूको गुनासो छ। दैनिक रूपमा उक्त सडक प्रयोग गर्ने सर्वसाधारणले सवारी साधन सञ्चालनमा समस्या भोग्नुपरेको बताएका छन्। यसै विषयलाई लिएर सेवा सहयोग र आवाजमा हामी…
Read More
सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति मनहरी गाउँपालिकाको आपत्ति, सिमेन्ट सहयोग सामाजिक उत्तरदायित्वअन्तर्गत भएको स्पष्ट

सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति मनहरी गाउँपालिकाको आपत्ति, सिमेन्ट सहयोग सामाजिक उत्तरदायित्वअन्तर्गत भएको स्पष्ट

रजैया,जेठ १ गते । मनहरी गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधिलाई निजी क्षेत्रको रिद्धिसिद्धि सिमेन्ट उद्योग सँग जोडेर सामाजिक सञ्जालमा फैलाइएका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा एकतर्फी र आधारहीन विषयवस्तु राखी कर्मचारी तथा जनप्रतिनिधिमाथि आक्षेप लगाइएको भन्दै आपत्ति प्रकट गरेको हो। गाउँपालिकाद्वारा जारी विज्ञप्तिअनुसार रिद्धिसिद्धि सिमेन्ट उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मनहरी क्षेत्रका सार्वजनिक निर्माण कार्य तथा आर्थिक अवस्था कमजोर भएका केही परिवारलाई सिमेन्ट सामग्री सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। सो सहयोगका लागि गाउँपालिकाबाट आवश्यक सिफारिस हुने गरेको स्पष्ट पारिएको छ। विज्ञप्तिमा गाउँपालिकाका जनप्रतिनिधि वा कर्मचारीले गाउँपालिकाको नाममा उद्योगसँग सिमेन्ट मागेर व्यक्तिगत…
Read More
हेटौंडा–४ लाई कच्ची सडक, खाल्टाखुल्टी र ढुवानमुक्त बनाउने अभियान तीव्र, विभिन्न सडक स्तरीकरणका लागि बोलपत्र आह्वान

हेटौंडा–४ लाई कच्ची सडक, खाल्टाखुल्टी र ढुवानमुक्त बनाउने अभियान तीव्र, विभिन्न सडक स्तरीकरणका लागि बोलपत्र आह्वान

हेटौडा,जेठ १ गते । हेटौंडा उपमहानगरपालिका–४ मा सडक तथा ढल व्यवस्थापनलाई प्राथमिकतामा राख्दै वडालाई कच्ची सडक, खाल्टाखुल्टी र ढुवानमुक्त बनाउने अभियान अघि बढाइएको छ । वडाध्यक्ष नवीन सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै २०८४ सालसम्म वडालाई व्यवस्थित र स्तरीय पूर्वाधारयुक्त क्षेत्र बनाउने लक्ष्यसहित विभिन्न योजना अघि बढाइएको बताएका छन् । उनले “काम गर्नेलाई नै आलोचना हुन्छ, झटारो पनि फलेकै बृक्षमा हानिन्छ” भन्दै विकास निर्माणका कामलाई निरन्तरता दिइने उल्लेख गरेका छन् । वडाध्यक्ष सिग्देलका अनुसार विभिन्न सडक स्तरीकरण तथा ढल निर्माण योजनाका लागि बोलपत्र आह्वान गरिएको छ । जसअन्तर्गत सूर्यचोक–कर्राचोक (पृथ्वीपथ) क्षेत्रमा ढल तथा सडक निर्माण, सृजना टोलमा ढल निर्माण,…
Read More
मूल्य समायोजन नगरे देशभरका निर्माण कार्य बन्द हुने निर्माण व्यवसायी सङ्घ मकवानपुरको चेतावनी

मूल्य समायोजन नगरे देशभरका निर्माण कार्य बन्द हुने निर्माण व्यवसायी सङ्घ मकवानपुरको चेतावनी

हेटौँडा,बैशाख ३१ गते । निर्माण व्यवसायी सङ्घ मकवानपुरले निर्माण सामग्री तथा इन्धनको अस्वाभाविक मूल्यवृद्धिका कारण निर्माण व्यवसाय धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारलाई तत्काल मूल्य समायोजनको व्यवस्था गर्न माग गरेको छ। सङ्घले जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौंलाई ज्ञापनपत्र बुझाउँदै मूल्य समायोजनको व्यवस्था नगरिए मुलुकभर सञ्चालित सम्पूर्ण निर्माण कार्य स्वतः बन्द हुने चेतावनी दिएको हो। सङ्घका अध्यक्ष बालगोपाल कँडेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा निर्माण उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको तथा देशको कुल ग्राहस्त उत्पादनमा करिब १३ प्रतिशत योगदान पुर्‍याउँदै आएको उल्लेख गरिएको छ। ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय परिस्थितिका कारण डिजेल, बिटुमिन…
Read More
सिवम सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध जेठ ३ गते सार्वजनिक सुनुवाइ, ‘जनताको स्वास्थ्यमा खेलवाड स्वीकार्य छैन’

सिवम सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध जेठ ३ गते सार्वजनिक सुनुवाइ, ‘जनताको स्वास्थ्यमा खेलवाड स्वीकार्य छैन’

हेटौँडा,बैशाख ३१ गते । हेटौंडा–१७ स्थित शिवम सिमेन्ट उद्योगबाट निस्कने धुलो, धुवाँ तथा प्रदूषणका कारण स्थानीय नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिने भएको छ। “जनताको पक्षमा न्यायको आवाज” अभियान अन्तर्गत सामाजिक अभियान्ता तथा अभियानका अध्यक्ष विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै उद्योगबाट फैलिएको प्रदूषणका कारण विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भइरहेको बताएका छन्। उनले जनताको स्वास्थ्यभन्दा उद्योगको पहुँच ठूलो हुन नसक्ने उल्लेख गर्दै नागरिक बिरामी भइरहँदा सम्बन्धित निकाय मौन बस्नु दुःखद र आपत्तिजनक भएको बताएका छन्। यसै विषयलाई लिएर आउँदो जेठ ३ गते दिउँसो १ बजे हेटौंडा–६ स्थित सिटी पार्टी प्यालेस मा…
Read More
हेटौंडा उपमहानगरपालिका–१३ स्थित श्री कालिका आधारभूत विद्यालयको १२ कोठे नयाँ भवन शिलान्यास

हेटौंडा उपमहानगरपालिका–१३ स्थित श्री कालिका आधारभूत विद्यालयको १२ कोठे नयाँ भवन शिलान्यास

ठूलोथली,बैशाख ३१ गते । ठूलोथली स्थित श्री कालिका आधारभूत विद्यालयको नयाँ विद्यालय भवन निर्माण कार्यको आज औपचारिक रूपमा शिलान्यास गरिएको छ। भवनको शिलान्यास पूर्व माननीय सांसद तथा पूर्व जलस्रोत राज्यमन्त्री दिपक बहादुर सिंहले प्रमुख अतिथिका रूपमा गरेका हुन्। कार्यक्रममा बोल्दै उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै गुणस्तरीय शिक्षाका लागि आधुनिक र व्यवस्थित भवन आवश्यक रहेको बताए। आर्थिक वर्ष २०८२/८३ मा पूर्व राज्यमन्त्री सिंहको पहल र सहयोगमा संघीय सरकारले विनियोजन गरेको ३ करोड रुपैयाँको बजेटबाट विद्यालयको १२ कोठे नयाँ भवन निर्माण हुन लागेको हो। आवश्यक प्रक्रिया पूरा गरी टेन्डर आह्वान भइसकेपछि निर्माण व्यवसायीले कार्यादेशसहित…
Read More
मकवानपुरका १३ ‘४ जीपीए’ विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिका द्वारा सम्मान

मकवानपुरका १३ ‘४ जीपीए’ विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिका द्वारा सम्मान

हेटौंडा,बैशाख ३१ गते । हेटौंडा उपमहानगरपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्दै ४ जीपीए ल्याउने मकवानपुर जिल्लाका १३ जना विद्यार्थीलाई सम्मान गरेको छ। उपमहानगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई जनही ६ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताले मकवानपुरको शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरिएको थियो। सम्मानित विद्यार्थीहरूमा नवोदय शिक्षा सदनका वृष्टि जयस्वाल, परजन्य कुशवाह र पूर्णता गोर्खाली, जी.एस. निकेतनका एलेक्स घिमिरे, समीक्षा यादव र रौनक भण्डारी, बालजागृति अंग्रेजी माध्यम विद्यालयका देविना सञ्जेल र रेनिसा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.