समाचार

चितवनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न

चितवनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न

भरतपुर, फागुन १२ गते । निर्वाचन प्रक्रियालाई समावेशी र पहुँचयुक्त बनाउने उद्देश्यका साथ चितवनमा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष ‘मतदाता शिक्षा तथा नमुना मतदान’ कार्यक्रम सम्पन्न भएको छ। नेत्रहीन युवा संघ नेपाल चितवन शाखाको आयोजना र जिल्ला निर्वाचन कार्यालय चितवनको प्राविधिक सहयोगमा मंगलबार भरतपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो। ​कार्यक्रमको उद्घाटन गर्दै नेत्रहीन युवा संघ नेपाल चितवन शाखाका अध्यक्ष किरण पन्तले निर्वाचनको महत्त्व, नागरिकको मताधिकार र समावेशी लोकतन्त्रमा अपाङ्गता भएका व्यक्तिको भूमिकाबारे प्रकाश पार्दै प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको भिन्नता र यसमा सहभागी हुनुपर्ने आवश्यकताका विषयमा सहभागीहरूलाई जानकारी दिएका थिए। यस्तै, नेत्रहीन युवा संघ नेपालका प्रमुख सल्लाहकार कलाधर भण्डारीले मतदान…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टी: नयाँ आशा कि योजनाबद्ध राजनीतिक प्रयोग? — बुद्धछिरिङ मोक्तान

राष्ट्रिय स्वतन्त्र पार्टी: नयाँ आशा कि योजनाबद्ध राजनीतिक प्रयोग? — बुद्धछिरिङ मोक्तान

काठमाडौँ, फागुन १२ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले राष्ट्रिय राजनीति र वैचारिक दिशाबारे गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको आफ्नो स्टाटसमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई केवल “नयाँ आशा”को नाममा प्रस्तुत गरिएको राजनीतिक प्रयोग हो कि योजना बद्ध राजनीतिक घोटाला (Scam) हो भन्ने प्रश्न उठाएका हुन्। मोक्तानले इतिहासले देखाइसकेको उदाहरण उल्लेख गर्दै “समाजवाद” भन्ने आदर्श व्यवहारमा धेरै ठाउँमा सत्ताकेन्द्रित संरचना र राजनीतिक घोटालामा रूपान्तरण भएको तर्क गरेका छन्। उनका अनुसार मार्क्सवाद, लेनिनवाद र माओवादजस्ता विचारधाराका प्रयोगहरू अन्ततः सत्ता केन्द्रित व्यवस्थामै सीमित हुन पुगे। उनले अर्कोतर्फ ऐतिहासिक र सभ्यतागत राज्यदृष्टिका विकल्पहरूमध्ये उदारवाद सापेक्ष रूपमा सफल राज्यदृष्टि सावित…
Read More
“दल होइन, व्यक्तिको मूल्यांकन गरौँ : सचेत मतदाता नै साँचो विकल्प” – विशाल राज महत

“दल होइन, व्यक्तिको मूल्यांकन गरौँ : सचेत मतदाता नै साँचो विकल्प” – विशाल राज महत

हेटौँडा, फागुन १० गते । सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले अब राजनीतिक दलको नाम र नारामा होइन, व्यक्तिको विचार, व्यवहार र नैतिकताका आधारमा निर्णय गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा व्यक्त गर्दै उनले नेपाली जनताले पटक–पटक दल र चिन्ह परिवर्तन गरे पनि अवस्था नफेरिएकोप्रति प्रश्न उठाएका छन्। उनका अनुसार यसको मुख्य कारण दललाई प्राथमिकतामा राख्नु र व्यक्तिको वास्तविक कर्म, इतिहास र सार्वजनिक आचरणको मूल्यांकन नगर्नु हो। “हामीले नारामा विश्वास गर्यौँ, तर व्यवहार जाँच्न सकेनौँ,” उनले उल्लेख गर्दै पुराना दलमा अनुहार फेरिए पनि सोच नफेरिएको र नयाँ दलहरू पनि स्पष्ट सामाजिक योगदानबिना…
Read More
जेनजी आन्दोलनको सपना जोगाउन चुनावी संघर्ष : काठमाडौँ–१ बाट अर्जुन शाहीको उम्मेदवारी घोषणा

जेनजी आन्दोलनको सपना जोगाउन चुनावी संघर्ष : काठमाडौँ–१ बाट अर्जुन शाहीको उम्मेदवारी घोषणा

काठमाडौँ, फागुन १० गते । जेनजी आन्दोलनको म्यान्डेटमाथि गम्भीर कुठाराघात भएको आरोप लगाउँदै आन्दोलनका प्रमुख योजनाकार तथा अन्तरिम सरकार गठनका लागि गठित वार्ता समितिका सह–संयोजक अर्जुन शाहीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट जुत्ता चुनाव चिन्ह सहित चुनावी मैदानमा उत्रिने औपचारिक घोषणा गरेको छ। राज्य सत्ताले आन्दोलनको मर्म र सहिदहरूको बलिदानलाई उपेक्षा गर्दै जनआन्दोलनबाट आएको म्यान्डेटलाई बेवास्ता गरेको ठहर गर्दै, “सपनालाई मारिन नदिन आफू बाध्य भएर चुनावमा उत्रिएको” शाहीको स्पष्ट भनाइ छ। उनका अनुसार, जेनजी आन्दोलनले अन्तिम क्षणसम्म पनि संयम, संवाद र सहमतिलाई प्राथमिकता दिँदै मुलुकलाई राजनीतिक निकासतर्फ लैजान प्रयास गरेको थियो। आन्दोलनको केन्द्रीय धारणा ‘निकासपछि मात्र चुनाव’ रहेको उल्लेख…
Read More
काठमाडौँ महानगरपालिकालाई अपाङ्गतामैत्री बनाउने कार्यमा क्रियाशील छौँ: विभागीय प्रमुख समिक्षा निरौला

काठमाडौँ महानगरपालिकालाई अपाङ्गतामैत्री बनाउने कार्यमा क्रियाशील छौँ: विभागीय प्रमुख समिक्षा निरौला

काठमाडौँ, फागुन ९ गते । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागकी प्रमुख समिक्षा निरौलाले महानगरका प्रशासनिक सेवा, सञ्चार प्रणाली र भौतिक संरचनाहरूलाई पूर्ण रूपमा समावेशी र अपाङ्गतामैत्री बनाउन महानगरपालिकाले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएकी छिन्। नेत्रहीन युवा संघ नेपाल उपत्यका शाखाले काठमाडौँमा आयोजना गरेको नेतृत्व विकास कार्यक्रममा बोल्दै उनले महानगरको बजेट र स्रोतलाई अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणमा खर्च गर्ने प्रतिबद्धता जनाएकी छिन्। ​कार्यक्रममा सहभागी बहिरा अपाङ्गता भएका व्यक्तिहरूले अस्पताल, अदालत र आपतकालीन अवस्थामा दोभासे नपाउँदा सञ्चारमा ठूलो अवरोध भोग्नुपरेको सवाल उठाएकामा त्यसलाई सम्बोधन गर्दै उनले आवश्यक परेका बखत तुरुन्तै उपलब्ध हुने गरी बोलाउनासाथ पाइने दोभासे सेवाको कार्यविधि तयार पारेर महानगरले…
Read More
काठमाडौँ,झापा र चितवनमा नेत्रहीन युवा संघको नेतृत्व अभियान: नीति निर्माणको निर्णायक तहमा अपाङ्गता भएका युवालाई पुर्‍याउने लक्ष्य

काठमाडौँ,झापा र चितवनमा नेत्रहीन युवा संघको नेतृत्व अभियान: नीति निर्माणको निर्णायक तहमा अपाङ्गता भएका युवालाई पुर्‍याउने लक्ष्य

काठमाडौँ, फागुन ६ गते । नेत्रहीन युवा संघ नेपालका देशभर रहेका १० वटा शाखाहरूमध्ये 'फन्डेड फर यूथ लिडरसिप' परियोजनाका लागि छनोट भएका तीन जिल्लामा नेतृत्व विकास कार्यक्रमले तीव्रता पाएको छ। काठमाडौँ, झापा र चितवन शाखालाई लक्षित गरी सञ्चालित यस विशेष परियोजना अन्तर्गत अहिले काठमाडौँमा तीन दिने प्रशिक्षण सुरु भएको छ। ​नेत्रहीन युवा संघ नेपाल, उपत्यका शाखाको आयोजनामा सुरु भएको यस कार्यक्रमले अपाङ्गता भएका युवाहरूलाई राज्यको नीति निर्माण र कार्यान्वयनको तहमा पुर्‍याउँदै आफ्ना हक र अधिकारका लागि आफैँ आवाज उठाउन सक्षम बनाउने दीर्घकालीन लक्ष्य राखेको छ। यस प्रशिक्षणमा विभिन्न प्रकृतिका अपाङ्गता भएका १९ जना युवाहरूको सक्रिय सहभागिता रहेको छ। सहभागीहरूमध्ये १०…
Read More
गुरु ट्राभल्स र क्लासिक टेकबीच व्यवसायिक सहकार्य, कर्मचारी र सरोकारवालालाई विशेष छुट

गुरु ट्राभल्स र क्लासिक टेकबीच व्यवसायिक सहकार्य, कर्मचारी र सरोकारवालालाई विशेष छुट

काठमाडौँ, फागुन ६ गते । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेड र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्थापित इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रा.लि. बीच व्यवसायिक सहकार्यका लागि समझदारीपत्र (MOU) मा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा क्लासिक टेक प्रा.लि.का चिफ बिजनेस डेभलपमेन्ट अफिसर रोब्जत भट्टराई र गुरु ट्राभल्स लिमिटेडका चिफ अपरेटिङ अफिसर (COO) अनिल धरेलले हस्ताक्षर गरेका हुन्। उक्त समझदारी आज आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो। सम्झौताअनुसार दुवै संस्थाका कर्मचारी तथा सरोकारवालाहरूले विशेष छुट र सुविधा पाउने व्यवस्था गरिएको छ। यसअन्तर्गत गुरु ट्राभल्सले क्लासिक टेकका कर्मचारी तथा सरोकारवालालाई अन्तर्राष्ट्रिय ट्राभल प्याकेजमा अधिकतम रु. १०,००० सम्म छुट,…
Read More
निर्वाचनमा आचारसंहिता पालना गर्न पत्रकार महासंघको आग्रह

निर्वाचनमा आचारसंहिता पालना गर्न पत्रकार महासंघको आग्रह

काठमाडौँ, फागुन ५ गते । नेपाल पत्रकार महासंघले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आमसञ्चारमाध्यम र पत्रकारहरूलाई पत्रकारिताको सिद्धान्त तथा पत्रकार आचारसंहिताको कडाइका साथ पालना गर्न आग्रह गरेको छ। महासंघले निर्वाचनको समयमा मिथ्या सूचना, अप्रमाणित समाचार र अनुमानमा आधारित सामग्रीले मतदातालाई प्रभावित पार्न सक्ने जोखिम रहने उल्लेख गर्दै यस्ता गतिविधिप्रति गम्भीर चासो व्यक्त गरेको छ। विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै स्वस्थ, स्वतन्त्र, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने वातावरण निर्माणमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने स्पष्ट पारिएको छ। निर्वाचन नजिकिँदै जाँदा केही अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा युट्युबमार्फत प्रवाहित सामग्रीमा पत्रकार आचारसंहिता र…
Read More
फास्टफुड राजनीति कि राज्य–निर्माण? बुद्धछिरिङ मोक्तानको गम्भीर प्रश्न

फास्टफुड राजनीति कि राज्य–निर्माण? बुद्धछिरिङ मोक्तानको गम्भीर प्रश्न

काठमाडौँ, फागुन ४ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले वर्तमान राजनीतिक दलहरूको चुनावी घोषणापत्र र प्रतिवद्धतामाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटसमा उनले राजनीतिक दललाई फास्टफुड स्टलसँग तुलना गर्दै राज्य–निर्माणको मूल प्रश्न ओझेलमा परेको टिप्पणी गरेका हुन्। मोक्तानले लेखेका छन्—राजनीतिक दल फास्टफुड स्टल होइनन्, जहाँ एक भोटको बदलामा के–के पाइन्छ भन्ने हिसाबले राजनीति गरिन्छ। उनका अनुसार राजनीतिक दलहरूको सबैभन्दा ठूलो दायित्व ‘राजनीति’ र ‘अर्थतन्त्र’को सन्तुलन हो, जसलाई उनले “राजनीतिक–अर्थशास्त्र”को संज्ञा दिएका छन्। उनले राजनीतिक आधार नै कमजोर भएको अवस्थामा ‘केक, कोक, पिज्जा र बर्गर’ जस्ता लोकप्रिय नाराले अर्थतन्त्र चल्न नसक्ने तर्क गरेका छन्। साथै, “राजनीति…
Read More
प्रतिनिधिसभा निर्वाचनमा कुनै डर र भ्रम नराखी ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगको आग्रह

प्रतिनिधिसभा निर्वाचनमा कुनै डर र भ्रम नराखी ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ, माघ २६ गते । आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि भ्रम, डर वा आशंका नगरी ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगले मतदातालाई आग्रह गरेको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले मतदाताको मत पूर्ण रूपमा गोप्य हुने भएकाले निसंकोच आफूलाई मनपरेको राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गर्न हार्दिक अपिल गरेका छन्। उनले नेपालको संविधान तथा निर्वाचनसम्बन्धी कानुनअनुसार हरेक मतदाताको मतदान गोप्य हुने स्पष्ट पार्दै, कसैले पनि कसले कसलाई मतदान गर्‍यो भन्ने कुरा थाहा नपाउने व्यवस्था रहेको बताए। “मतदान स्थलमा गोप्य कार्यकक्षको व्यवस्था गरिएको हुन्छ, जहाँ मतदाताले एक्लै मतपत्रमा छाप लगाउने व्यवस्था हुन्छ,”…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.